Advertisement

निजामती सेवामा व्यावसायिकताका समस्या: अनुशासन र आचारणयुक्त बनाउनका गरिएका प्रयास

प्रश्न. नेपालको निजामती सेवामा व्यावसायिकताका सन्दर्भमा देखिएका समस्याबारे उल्लेख गर्दै निजामती सेवालाई अनुशासन र आचारणयुक्त बनाउनका निम्ति गरिएका प्रयासहरूबारे चर्चा गर्नुहोस्। (४+६ =१०)

विषय प्रवेश

कुनै खास पेसा वा व्यवसायमा आबद्ध व्यक्तिहरूको उक्त पेसाका निम्ति आवश्यक हुने विज्ञता, सक्षमता, सीप तथा अपेक्षित व्यवहार र नैतिक आचरणको समग्रतालाई व्यावसायिकता भनिन्छ। अनुशासन र आचरणयुक्त प्रशासन संयन्त्रबाट मात्रै व्यावसायिकता प्रदर्शन हुनसक्ने भएकाले यसमा विद्यमान समस्याको खोजी गरी निजामती सेवालाई पूर्ण अनुशासन र आचारणयुक्त बनाउन भएका प्रयासहरूको विश्लेषण हुनु अपरिहार्य छ।

नेपालको निजामती सेवामा व्यावसायिकताका सन्दर्भमा देखिएका समस्याहरू

राज्य संयन्त्र प्रभावकारी सञ्चालन हुनका लागि निजामती सेवा व्यावसायिक बन्नु अपरिहार्य रहेको सन्दर्भमा यसमा विद्यमान समस्याहरूलाई देहायअनुसार प्रस्तुत गरिएको छ:

  • उचित जिम्मेवारी र कार्यविभाजन नहुनु
  • सही समय र स्थानमा सही व्यक्तिको पदस्थापन नहुनु
  • रचनात्मक र उत्साहवद्र्धक कार्य वातावरण नहुनु
  • गतिशील नेतृत्वको अभाव हुनुका साथै सबल नेतृत्वको समेत सही मूल्यांंकन नहुनु
  • कार्यसम्पादन मूल्यांकन वस्तुनिष्ठ नहुनु
  • जवाफदेहिता र उत्तरदायित्वको पक्ष कमजोर हुनु
  • कर्मचारीमा उत्प्रेरणा र मनोबलको अभाव देखिनु
  • अनुशासन र आचरणको पक्ष कमजोर हुनु
  • दण्ड र पुरस्कारको प्रणाली वस्तुपरक तथा प्रभावकारी नहुनु
  • सकारात्मक र नवप्रवर्तनकारी कार्यलाई उचित प्रोत्साहन नहुनु
  • तालिम तथा क्षमता विकासका कार्यक्रमहरू बढी सैद्धान्तिक हुने
  • राजनीतिक दबाब र प्रभावमा कार्य गर्नु पर्ने अवस्था रहनु।

निजामती सेवालाई अनुशासन र आचारणयुक्त बनाउनका निम्ति गरिएका प्रयासहरू

व्यावसायिक निजामती सेवाको विकासका लागि अनुशासन र आचरण अपरिहार्य भएको सन्दर्भमा यस सेवालाई अनुशासन र आचारणयुक्त बनाउन गरिएका प्रयासहरू देहायअनुसार रहेका छन्:

संवैधानिक व्यवस्था

  • प्रस्तावनामा नै कानूनी राज्यको अवधारणा र सुशासनप्रतिको प्रतिबद्धता
  • निर्देशक सिद्धान्तमा अनुशासन र मर्यादामा आधारित सामाजिक सांस्कृतिक मूल्यहरूको विकास गर्ने उद्देश्य

कानूनी व्यवस्था

  • निजामती सेवा ऐन, २०४९ र नियमावली २०५० मा भएको कर्मचारीको आचारसंहिताको व्यवस्था र दण्ड, सजायको व्यवस्था
  • भ्रष्टचार निवारण ऐन, २०५९
  • सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ र नियमावली २०६५
  • निजामती सेवाका कर्मचारीको आचारणसम्बन्धी नियमावली, २०६५
  • सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक कर्मचारीको आचारसंहिता, २०६८
  • संसद् सेवा, स्वास्थ्य सेवा, न्याय प्रशासन, सुरक्षा निकाय, शिक्षक सेवालगायतका सार्वजनिक प्रशासनका विभिन्न क्षेत्रमा तत्तत् क्षेत्रलाई व्यवस्थित गर्नका लागि आचारसंहिताको निर्माण गरिएको।

संस्थागत व्यवस्था

  • आचारसंहिता र अनुशासनविपरीत कार्य गर्ने कर्मचारीहरूलाई कारबाही गर्नका लागि प्रशासकीय अदालत, सैनिक अदालत तथा अन्य न्यायिक निकायहरू
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोग, म.ले.प, लोक सेवा आयोग
  • राज्य व्यवस्था तथा सुशासन समितिलगायत संसदीय समितिहरू
  • राष्टिय सर्तकता केन्द्र
  • सार्वजनिक खरिद अनुगमन कार्यालय
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मन्त्रालय, विभाग
  • विभिन्न तहका अनुगमन, मूल्यांकन समिति तथा शाखाहरू।

अन्य व्यवस्थाहरू

  • अनुशासन र आचारसंहिताको पालनालाई सुदृढ गराउन निजामती पुरस्कारको व्यवस्था
  • अध्ययन, तालिम, गोष्ठिका अवसर प्रदान गरी उत्प्रेरित गर्ने प्रयास
  • अनुशासन र आचारसंहिताको उल्लंघन गर्नेलाई दण्डको व्यवस्था।

निष्कर्ष

नेपालको निजामती सेवामा व्यावसायिकताका सन्दर्भमा माथि प्रस्तुत गरिएकालगायत समस्याहरू विद्यमान रहेका सन्दर्भमा अनुशासन र आचारसंहितामा प्रवद्र्धन गर्न उल्लेखित प्रयासहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी व्यावसायिक र जनमैत्री निजामती प्रशासन आजको अपरिहार्यता हो।

Post a Comment

0 Comments