Advertisement

मध्यमकालीन खर्च संरचनाको महत्त्व

प्रश्न. मध्यमकालीन खर्च संरचनाको महत्त्वबारे उल्लेख गर्नुहोस्? (३+७)

"वित्तीय अनुशासनका लागि मध्यमकालीन खर्च संरचना"

योजनालाई बजेट र कार्यसम्पादनसँग जोड्ने औजार मध्यमकालीन खर्च संरचना हो। यो खर्चको अग्रिम योजना पनि हो। नेपालमा आर्थिक वर्ष २०५९/२०६० बाट यो अवधारणा कार्यान्वयनमा आएको हो। मध्यमकालीन खर्च संरचनामा चक्रिय हिसाबले प्रत्येक वर्ष तीन वर्षको बजेटको आंकलन गर्नुपर्ने हुन्छ। यसलाई विकासको आवश्यकत्ता, आयोजना कार्यान्वयनको अवस्था, राजस्व र वैदेशिक सहायताको अनुमान समेतको आधारमा प्रत्येक वर्ष परिमार्जन गर्नुपर्ने हुन्छ। खर्चमा पारदर्शीता कायम गरी खर्च गर्ने निकायलाई जिम्मेवार र जवाफदेही बनाउन यो अवधारणा अगाडि आएको हो।

मध्यमकालीन खर्च संरचनाको महत्त्व

  •  योजना कार्यक्रम र वजेटबीच तालमेल मिलाउन,
  •  न्यूनतम स्रोतको अधिकतम उपयोग गरी विकासको प्रतिफल हासिल गर्न,
  •  आयोजनको वर्गीकरण र प्राथमिकीकरण गरी श्रोतको व्यवस्था गर्न,
  •  सार्वजनिक खर्च प्रणालीका कमजोरी हटाई वित्तीय अनुशासन कायम गर्न,
  •  सरकारलाई प्राप्त हुने मध्यम अवधिको आन्तरिक र बाहय स्रोतको वास्तविक अनुमान गरी बजेट लाइ यथार्थपरक बनाउन,
  •  सरकारको विकास योजना र प्राथमिकताको क्षेत्रमा लगानी सुनिश्चित गर्न,
  •  सार्वजनिक खर्चलाई बढी प्रभावकारी र कुशल बनाई लक्षित प्रतिफल प्राप्त गर्न,
  •  सम्बन्धित मन्त्रालयको बजेट अनुमानलाई वास्तविक र वस्तुनिष्ठ गराउन,
  •  आर्थिक पारदर्शिता र जवाफदेहिताको प्रर्वद्धन गर्न,
  •  कार्यक्रम बजेटलाई व्यवहारिक रूपमा लागू गर्न,
  •  बजेटलाई सार्वजनिक वित्त व्यवस्थापनको महत्त्वपूर्ण औजारको रूपमा स्थापित गर्न,
  •  सरकारी राजस्व , आन्तरिक क्रण र वैदेशिका सहायताको आर्थिक खाका निर्धारण गर्न,
  •  सार्वजनिक स्रोत साधनको प्रभावकारी र अतिउत्तम परिचालन गर्न,
  •  बजेट तर्जुमा प्रक्रियालाई यथार्थपरक र वस्तुनिष्ठ बनाउन,
  •  विकासको आवश्यकत्ता र आयोजना कार्यान्वयनको अवस्था बारे जानकारी लिन,
  •  समष्टिगत आर्थिक स्थायित्व र वित्तीय सुशासन कायम गर्न,

यसरी,

मध्यमकालीन खर्च संरचना सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनको लागि लाग्ने खर्चको अनुमान गरी विकासको आवश्यकता र प्राथमिकता आधारमा कार्यप्रणालीलाई अगाडि बढाउने विधि हो । यसबाट आर्थिक पारदर्शिता र आर्थिक स्थायित्व कायम हुने भएकाले हरेक क्षेत्रबाट यसको सफल कार्यान्वयनको लागि पहल गर्नु र अपेक्षीत नतिजा हासिल गर्नु अपरिहार्य देखिन्छ ।

Post a Comment

0 Comments