प्रश्न. लेखाका आधारभूत सिद्धान्तहरू प्रस्तुत गर्दै नेपालको वर्तमान लेखा प्रणालीमा गर्नु पर्ने सुधारका बारेमा लेख्नुहोस। (५+ ५ =१०)
विषय प्रवेश
कुनै पनि व्यक्ति वा संस्थाले आफ्नो उद्देश्य पूरा गर्न सञ्चालन गर्ने व्यवस्थापकीय तथा आर्थिक क्रियाकलापको अभिलेख राख्ने कार्य नै लेखा हो। लेखा सम्बन्धी विभिन्न सिद्धान्तहरू प्रतिपादित भएका छन्। प्रतिपादित सिद्धान्तहरूमध्ये नेपालको सार्वजनिक प्रशासनमा कार्यान्वययोग्य र उपयुक्त सिद्धान्तको अनुशरण गर्दै विद्यमान विभिन्न समस्याको पहिचान समेत गरी वर्तमान लेखा प्रणालीमा सुधार गरिनु आजको अपरिहार्यता हो।
लेखाका आधारभूत सिद्धान्तहरू
विभिन्न विद्धान्हरूले लेखाका विभिन्न सिद्धान्तहरू प्रतिपादन गरेका छन्। ती विविध सिद्धान्तहरूमध्ये आधारभूत सिद्धान्तलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ:
- व्यवसायिक अस्तित्वको सिद्धान्त: व्यवसायको आर्थिक कारोबारबाट व्यक्तिगत आर्थिक कारोबारहरू अलग राख्नुपर्छ भन्ने सिद्धान्त।
- भौतिक मानदण्डको सिद्धान्त: भौतिक मूल्यमा व्यक्त गर्ने वा नाप्न सकिने आर्थिक कारोबारको मात्र लेखामा अभिलेख राख्नुपर्छ भन्ने सिद्धान्त।
- परल मूल्यको सिद्धान्त: परल मुल्यमा नै ह्रास कट्टि गरी हिसाब राख्नुपर्ने सिद्धान्त।
- निरन्तरताको सिद्धान्त: संस्था निरन्तर रुपमा चालु रहन्छ भन्ने अवधारणामा पुँजीगत र चालु खर्च विभाजन गरी लेखा राख्ने सिद्धान्त।
- मूल्य स्थिरताको सिद्धान्त: स्थिर मुल्यको आधारमा लेखा राख्ने सिद्धान्त ।
- प्रोदभावी सिद्धान्त: नगद आएको र गएको मात्र लेखा नराखी सबै आर्थिक कारोबारको लेखा राख्नुपर्छ भन्ने सिद्धान्त।
- आर्थिक वर्षको सिद्धान्त: एक आर्थिक वर्षको आर्थिक स्थिति झल्काउने गरी लेखा राख्नु पर्ने सिद्धान्त।
- द्वैधात्मक सिद्धान्त: प्रत्येक आर्थिक कारोबारले दुईवटा खातामा असर गर्छ भन्ने सिद्धान्त।
- त्यसका साथै, नियमितताको सिद्धान्त, स्थिरताको सिद्धान्त, सचेतताको सिद्धान्त, बिधिको एकरूपताको सिद्धान्त, स्पष्टताको सिद्धान्त, असल नियतको सिद्धान्त लगायतका सिद्धान्तहरू कायम रहेका छन्।
नेपालको वर्तमान लेखा प्रणालीमा गर्नु पर्ने सुधार
नेपालको लेखा प्रणालीमा विविध समस्याहरू विद्यमान छन्। तिनीहरुको पहिचान गरी विधिसम्मत समाधानका उपायहरू खोजी गरिनु पर्छ। वर्तमान सन्दर्भमा नेपालको लेखा प्रणालीमा गरिनु पर्नै मुख्य सुधारहरू देहाय अनुसार रहेका छन:
- प्रविधिको प्रयोगलाई उच्च महत्व दिइ विद्यमान कम्प्युटर प्रणालीमा आवद्ध लेखा प्रणालीको विकास गर्ने।
- मानव संशासन र संगठन क्षमतालाई प्रविधिमैत्री दक्ष र क्षमतावान र उत्प्रेरित बनाउने।
- लेखा उत्तरदायी अधिकृतको रुपमा सम्पूर्ण जिम्मेवारी सचिवलाई प्रदान गरिएको विद्यमान सन्दर्भमा राजनैतिक नेतृत्व आर्थिक प्रणालीप्रति पूर्ण जिम्मेवार नदेखिएको सन्दर्भमा उनीहरूलाई कुनै न कुनै रुपमा जिम्मेवार बनाउने।
- जिन्सी व्यवस्थापनलाई पनि कम्प्युटर प्रणालीमा आवद्ध गर्ने र खरिद प्रणालीलाई अझै पारदर्शी र जवाफदेही बनाउने प्रणालीको विकास गर्ने।
- लेखाको कर्मचारीको दोहोरो उत्तरदायित्व समाप्त गरी कार्यरत सम्बन्धित निकायप्रति मात्रै उत्तरदायी बनाउने।
- वैदेशिक सहायता र स्रोतको लेखा प्रणालीलाई अझ व्यवहारिक बनाउन विभागस्तरसम्म मात्रै लेखा राख्ने प्रणाली निर्माण गर्ने।
- प्रतिवेदन प्रणालीलाई प्रविधिमा आधारित र सञ्चालित बनाउने।
- म.ले.नि.का.को लेखा राख्ने केन्द्रीय सफ्टवेयरको सुरक्षामा विशेष सजग रहने।
- आर्थिक प्रशासनको मूल गन्तव्य र सुशासनमा आधारित शासन व्यवस्थाको मर्मअनुरूप लेखा प्रणालीमा पर्याप्त र सारयुक्त सुधार गर्ने।
निष्कर्ष
नेपालको सार्वजनिक लेखा प्रणालीमा लेखाका सर्वमान्य सिद्धान्तको अबलम्बन गरिएको छ। तर पनि नेपालको लेखा प्रणालीम व्यापक समस्या रहेको जनगुनासो व्याप्त रहेको सन्दर्भमा प्रविधिमा आधारित नवीन शैली र अन्तराष्ट्रिय मानदण्डमा आधारित लेखा प्रणालीको विकास गरिनु अपरिहार्य छ।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.