Advertisement

नेपाल समाचारपत्र वस्तुगत, १ असोज २०८०

१. "संयुक्त राष्ट्रसंघ मान्छेलाई स्वर्ग लैजान निर्माण गरिएको होइन। तर, मान्छेलाई नर्कबाट बचाउनका लागि भने हो' यो भनाइ कसको हो?

  • संयुक्त राष्ट्रसंघका दोस्रो महासचिव ड्याग ह्यामर्सोल्ड

२. संयुक्त राष्ट्रसंघको सदस्य बन्न नेपालले गरेको प्रस्ताव कहिले अस्वीकार भएको थियो?

  • सन् १९४९ सेप्टेम्बर ७

३. नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता नदिन भिटो प्रयोग गर्ने मुलुक कुन हो?

  • सोभियत संघ

४. संयुक्त राष्ट्रसंघ (यूएन) को ७८ औं महासभाको नारा के रहेको छ?

  • विश्वासलाई पुनःस्थापित गर्ने र विश्वव्यापी एकतालाई फेरि जागृत गर्दै सन् २०३० को एजेन्डा र दिगो विकासका लक्ष्यहरूलाई शान्ति, समृद्धि, प्रगति र दिगोपनका लागि गति बढाउँदै लैजाने काम गर्ने।
  • “Rebuilding trust and reigniting global solidarity: Accelerating action on the 2030 Agenda and its Sustainable Development Goals towards peace, prosperity, progress and sustainability for all."
५. सीमान्तीकृत राजवंशी समुदायका पहिलो न्यायाधीश को हुन्?
  • पूर्णप्रसाद राजवंशी
६. काठमाडौं तराई / मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को ललितपुरको खोकनादेखि बाराको निजगढसम्मको दूरी कति रहेको छ?
  • ७० दशमलव ९७७ किमि ( कूल ६ वटा सुरुङको दुरी १० दशमलव ०५५ किमि, उक्त मार्गमा ८९ स्थानमा निर्माण हुने पुलको लम्बाइ १२ दशमलव ८५५ किमि र सडकको मात्र दूरी भने ४८ दशमलव ०६७ किमि रहने, महादेवटार, धेद्रे, लेनडाँडा, देवीचौर, सिसौटार र चन्द्राम भीरमा सुरुङ निर्माण हुने)
७. निसिमुरा पुच्छ्रेतारालाई एकपटक सूर्यको परिक्रमा गर्न कति समय लाग्छ?
  • करिब ४ सय ३५ वर्ष (जापानी फोटोग्राफर हिडेओ निसिमुराले पहिलोपटक यो पुच्छ्रेतारा पत्ता लगाएको)
८. तेल निर्यात गर्ने देशहरूको संगठन ओपेकका सदस्यता प्राप्त मुलुकहरू कुन-कुन हुन्?
  • इराक, इरान, कुवेत, साउदी अरब र भेनेजुएला (५ संस्थापक राष्ट्र) तथा अल्जेरिया, अंगोला, कंगो, इक्वेटोरियल गिनी, ग्याबोन, लिबिया, नाइजेरिया र संयुक्त अरब इमिरेट्स (जम्मा १३ राष्ट्र)
९. HPV खोप कुन रोगसँग सम्बन्धित रहेको छ?
  • पाठेघरको मुखको क्यान्सर ( धुम्बाराहीकी १४ वर्षीया किशोरी आइरिस मानन्धरलाई पहिलो एचपीभी खोप लगाइएको)
  • Human Papilloma Virus विरुद्ध दिइने।
१०. नेपाल क्षेत्रफलको आधारमा विश्वको कति औं ठूलो मुलुकमा पर्दछ?
  • ९३औं
११. The Truths We Hold: An American Journey कसको जीवनीमा आधारित भएर तयार पारिएको पुस्तक हो?
  • अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस (उनी अमेरिकाको पहिलो महिला उपराष्ट्रपति तथा पहिलो अश्वेत उपराष्ट्रपति पनि हुन् ।)
१२. प्रसिद्ध टाइम म्यागजिनले तयार पारेको सय जना उदयीमान व्यक्तिको सूचीमा सूचीकृत नेपाली नेता को हुन्?
  • बालेन्द्र शाह
१३. राष्ट्रिय शिक्षा दिवस २०८० को नारा के रहेको छ?
  • समावेशी र सीपमूलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा
१४. प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा कतिवटा देशसँग कूटनीतिक सम्बन्ध कायम भएको थियो?
  • १६ वटा
१५. मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ?
  • भदौ २० गते
१६. अमेरिकाको संविधानको मस्यौदा पारित कहिले पारित भएको थियो?
  • सन् १७८७ सेप्टेम्बर १७
  • १७८७ मे २५ देखि सेप्टेम्बर १७ सम्म फिलाडेल्फिया सम्मेलन चलेको
  • १३ राज्यका ५५ प्रतिनिधि सहभागी भएको मस्यौदामा ३९ सदस्यले हस्ताक्षर गरेको
  • सम्मेलनले पारित गरेको संविधान ९ राज्यले अनुमोदन गरेपछि लागू हुने व्यवस्था रहेको
  • १७८८ जुन ११ देखि अमेरिकामा संविधान लागु भएको 
  • अमेरिकामा हालसम्म २७ पटक संविधान संशोधन भएको।

Post a Comment

0 Comments