Advertisement

नेपाल समाचारपत्र वस्तुगत, १८ भदौ २०८०

१. भारतले सूर्यको अध्ययन गर्नका लागि प्रक्षेपण गरेको अन्तरिक्षयान कुन हो? 

आदित्य एल-१

२. विश्व बौद्धिक सम्पत्ति संगठनले सन् २०२२ मा प्रकाशन गरेको विश्व नवप्रवर्तन सूचकांकमा नेपाल कति औ स्थानमा पर्दछ? 

१११औं

३. सैनिक कूद्वारा नजरबन्दमा परेका अफ्रिकन देश ग्याबोनका निर्वाचित राष्ट्रपति को हुन? 

अलि बोगो

४. नेपालमा बनाइएको पहिलो विद्युतीय मोटरसाइकल कुन हो?

यात्री

५. जी-२० मा आबद्ध भएका सदस्य राष्ट्रहरु कुन-कुन हुन्?

अमेरिका, बेलायत, रूस, चीन, भारत, फ्रान्स, जर्मनी, इटली, जापान, साउदी अरब, अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, युरोपियन यूनियन, इन्डोनेसिया, मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र टर्की

६. मिसन मुनाल केसँग सम्बन्धित रहेको छ?

भू-उपग्रह

७. बहुचर्चित अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन गर्न कहिलेदेखि शुरू गरिएको छ?

२०८० साल भदौ १३ गते (२०७४ भदौ २९ मा सरकार र एमसीसी प्रतिनिधिबीच सम्झौता भएको, २०७८ फागुन १५ मा प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन भएको)

८. नेपालमा पहिलोपटक गणित पार्क कहाँ स्थापना गरिएको छ?

बूढानीलकण्ठ, काठमाडौं

८. सबै मान्छेले ईश्वरमाथि विश्वास गरिरहेका हुन्छन् भन्ने छैन, सबैले मानवअधिकारमाथि पनि विश्वास गरिरहेका देखिन्नन र सबै मानिस राष्ट्रवादमा पनि विश्वास गर्दैनन् । तर सबै मानिसले मुद्रा (रूपियाँ) मा भने अटुट विश्वास गर्छन्। यो भनाइ कसको हो?

युवल नोह हरारी (स्यापिएन्सः अ ब्रिफ हिस्ट्री अफ हयुमनकाइन्ड, २०११)

१०. पानामा रोग (टीआर-४) कुन खेतीसँग सम्बन्धित रहेको छ?

केरा

११. नेपालले दक्षिण एसियाको कति प्रतिशत क्षेत्रफल ओगटेको छ?

२ दशमलव ८२ प्रतिशत

१२. सिंहलीला पर्वत कुन जिल्लामा पर्दछ?

ताप्लेजुङ

१३. मानव विकास सूचकांकको प्रतिपादन गर्ने अर्थशास्त्री को हुन?

महबूब उल हक

१४. चन्द्रमाबाट सबैभन्दा नजिक पर्ने चुचुरो कुन हो?

माउन्ट चिम्बोराजोको

१५. सोही योजनाको अवधारणापत्र अनुसार सोही योजनाले तय गरेको सोच के हो ?

सुशासन, सामाजिक न्याय र समृद्धि


Post a Comment

0 Comments