Advertisement

नेपाल समाचारपत्र वस्तुगत, २५ भदौ २०८०

१. कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर-परिवारमध्ये कति प्रतिशत कृषक परिवार रहेको तथ्यांक रहेको छ?

६२ प्रतिशत

  • पहिलो कृषि गणना - २०१८ साल
  • कृषियोग्य जमिन - २२ लाख हेक्टर
  • कृषि बीमा गर्ने कृषक - ४ प्रतिशत
  • सरकारी अनुदान लिने कृषक - ७ प्रतिशत
  • मुख्य कृषक महिला- ३२ दशमलव ४ प्रतिशत(पुरुष ६७ दशमलव ६ प्रतिशत )
  • सिँचाइ सुविधा उपयोग भएको कृषकको जग्गा- ५४ दशमलव ५ प्रतिशत
  • कृषि उत्पादन गरेर वषैभर खान पुग्ने परिवारको संख्या- ४५ प्रतिशत
  • कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गर्ने परिवार- २६ प्रतिशत
  • आफूले उत्पादन गरेका सबै कृषि उपज बिक्री गर्ने कृषक - १ प्रतिशत
  • उन्नत बीउ लगाउने कृषक परिवार - २२ दशमलव २ प्रतिशत
  • विषादीको प्रयोग गर्ने कृषक परिवार - २६ दशमलव ७ प्रतिशत
  • बाली सघनता दर -१९ दशमलव १
  • जलवायु परिवर्तन बारे थाहा पाउने किसान-४३ दशमलव ७ प्रतिशत

२. नेपाल सरकारले लैङ्गिक उत्तरदायी बजेट प्रणालीको अवलम्बन कहिलेदेखि गरेको हो?

  • आव २०६४/०६५

३. नेपाली सेनाको परमाधिपति को हुने संवैधानिक व्यवस्था रहेको छ?

  • राष्ट्रपति

४. चीनद्वारा निर्मित कृत्रिम सूर्यलाई के भनिन्छ?

  • जी-२

५. आर्थिक सर्वेक्षणका अनुसार सामुदायिक विद्यालयमा आधारभूत तहका महिला शिक्षिकाको संख्या कति प्रतिशत रहेको छ?

  • ४७ दशमलव २ प्रतिशत

६. नेपालले विकासशील मुलुकमा स्तरोन्नति हुनका लागि पूरा गरेका मापदण्ड कुन-कुन हुन्?

  • मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांक

७. नेपालमा होमस्टे सेवा कहिलेदेखि शुरू भएको हो?

  • विसं २०६७ भदौ १

८. पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान कहिले भएको हो?

  • २०८० साल भदौ २३

९. निजामती सेवा दिवस कहिलेदेखि मनाउन थालिएको हो?

  • २०६१

१०. कुख्येन फालक ताल कुन जिल्लामा पर्दछ?

  • डोल्पा

११. जापानद्वारा प्रक्षेपण गरिएको चन्द्रयान कुन हो?

  • मुन स्नाइपर (Moon Sniper)

१२. जी-२० को लोगोमा कुन फूलको प्रयोग गरिएको छ?

  • कमल

१३. आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल सेमिफाइनलमा नेपाल कुन देशसँग पराजित भएको हो?

  • थाइल्यान्ड

१४. पीपी प्रसाई लाइफटाइम अचिभमेन्ट अवार्ड-२०८० उपाधि विजेता को हुन्?

  • आङ छिरिङ शेर्पा

Post a Comment

0 Comments