Advertisement

सार्वजनिक व्यवस्थापन र प्रशासनबीचको भिन्नता

प्रश्न. सार्वजनिक व्यवस्थापनका कार्यक्षेत्र उल्लेख गर्दै सार्वजनिक व्यवस्थापन र सार्वजनिक प्रशासनबीचका भिन्नता औंल्याउनुहोस्?

सार्वजनिक प्रशासनको नवीन अवधारणाः सार्वजनिक व्यवस्थापन

संगठनको निर्धारित उद्देश्य हासिल गर्नका लागि स्रोत र साधनको व्यवस्थित ढंगले परिचालन गर्न आवश्यक व्यवस्था मिलाउने रणनीतिक प्रक्रियालाई सार्वजनिक व्यवस्थापन भनिन्छ। परम्परागत प्रशासनमा हुने गरेका निर्णयमा ढिलासुस्ती, अपारदर्शी कार्यप्रणाली शासक र शासितको सोच, अनुत्तरदायीपना, अनावश्यक गोपनीयताजस्ता कमजोरी निवारण गर्दै प्रशासनमा निजी व्यवस्थापनका राम्रा गुणहरु अवलम्बन गर्ने सुधार अभियानस्वरूप सन् १९८० मा सार्वजनिक व्यवस्थापनको अवधारणा आएको हो।

सार्वजनिक व्यवस्थापनको कार्यक्षेत्र

क. आधारभूत व्यवस्थापन

  • सार्वजनिक क्षेत्रको नियमन र नियन्त्रण
  • सार्वजनिक विकासको व्यवस्थापन
  • सार्वजनिक सेवा प्रवाह व्यवस्थापन

ख. नीतिगत व्यवस्थापन

  • सार्वजनिक कानून तथा नीतिहरुको तर्जुमा विश्लेषण कार्यान्वयन र अनुगमन तथा मूल्यांकन

ग. योजना व्यवस्थापन

  • जनताको माग र आवश्यकताको आधारमा योजनाको तर्जुमा छनोट र कार्यान्वयन

घ. संगठन व्यवस्थापक

  • छरितो विकेन्द्रित र आधुनिक प्रविधियुक्त संगठनको निर्माण गर्ने

ङ. मानव स्रोत व्यवस्थापन

  • मानव स्रोत व्यवस्थापनसम्बन्धी योजना संगठन नियन्त्रण निर्देशन व्यवस्थापन

च. आर्थिक व्यवस्थापन

  • राजस्व संकलन तथा परिचालन गर्ने
  • वैदेशिक सहायता तथा ऋण व्यवस्थापन
  • आर्थिक लेखा प्रणाली

सार्वजनिक व्यवस्थापन र सार्वजनिक प्रशासनबीचको भिन्नता

यसरी,

सार्वजनिक व्यवस्थापन सार्वजनिक प्रशासनमा आएको नवीनतम् अवधारणा हो। यो group efforts सँग गाँसिएको systematic  क्रियाकलाप हो। सार्वजनिक प्रशासनमा रहेका पुराना मूल्य र मान्यतालाई विस्थापित गर्दै नवीन अवधारणाको प्रयोग र विकासमा सार्वजनिक व्यवस्थापन क्रियाशील रहने भएकाले यसको सफल अभ्यासमार्फत संगठनात्मक लक्ष्य उद्देश्य हासिल गर्नु जरुरी हुन्छ।

Post a Comment

0 Comments