Advertisement

आर्थिक समाजिक असमानता तथा सीमान्तीकरणले ल्याएका समस्या र समाधान

प्रश्न. नेपाली समाजमा विद्यमान आर्थिक सामाजिक असमानता र सीमान्तीकरणबारे विश्लेषण गर्दै यसले सिर्जना गरेको द्वन्द्व पहिचान गरी समस्या समाधान गर्न के गर्नुपर्ला? लेख्नुहोस। (1+1+8)

“आर्थिक सामाजिक र सीमान्तीकरण द्वन्द्वको आधार”

सीमान्तीकरण राज्य संयन्त्रको हरेक पाटोमा नेतृत्व वर्ग तथा तिनका आसेपासेले मात्र अवसर लिनु हो। असमानता समावेशीकरणको सारभूत अर्थलाई बुझ्न नसकी गरिने उच्चो निच्चो व्यवहार हो। स्रोत साधनको वितरणमा भएको विभेदपूर्ण अवस्था र व्यवहार हो, असमानता। राज्यको आर्थिक, सामाजिक, भौतिक स्रोतसाधन जनता को access कायम हुन नसकेको र social benefits बाट सीमापार वा सीमान्तकृत भएको अवस्था हो सीमान्तीकरण। यसको अन्त्य गरी समावेशी सहभागितामूलक सरकार र समाज निर्माण आजको खाँचो हाे।

आर्थिक र सामाजिक असमानता र सीमान्तीकरणको विद्यमान अवस्थ:

  • समाजमा आर्थिक र सामाजिक असमानता र कमजोरीका कारणले राज्यको मूलधारमा आउन नसक्ने अवस्था सीमान्तीकरण हो।
  • गरिब, तल्लो जाति वा वर्गको व्यक्ति समुदाय शिक्षा स्वास्थ्य आवास रोजगारीबाट वञ्चित रहेको छ।
  • तराईमा बसोबास गर्ने दलित सबैभन्दा बढी गरिब छन् । जो राज्यको स्रोत साधनको पहुँचभन्दा बाहिर रहेका छन्।
  • पहाडमा छुवाछुतको कारणले नागरिकले सम्मानित सेवा उपभोग गर्न पाएका छैनन्।
  • १८.७५ मानिस अझै गरिबीको रेखामुनि रहेका छन्।
  • परिवारमा महिलाको निर्णय प्रकृयामा सहभागिता न्यून छ।
  • शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा गरिब, किसान, महिला पिछडिएको क्षेत्र, दलित, मधेशी समुदायको पहुँच कमजोर रहेको छ।

आर्थिक सामाजिक असमानता र सीमान्तकरणले र सिर्जना गरेका द्वन्द्वहरू:

  •  समाजमा मनमुटाव र वैमनस्यता रहेको छ।
  •  एकअर्कामा सहयोग हुन छाडेको छ।
  •  राजनीतिक द्वन्द्व र अस्वस्थ्य प्रतिस्पर्धा बढेको छ।
  •  सरकारप्रति वैमनस्यता बढेको छ।
  •  आन्दोलन हडताल बढ्दै गएको छ।
  •  चोरी, हत्या, चन्दा आतंक बढेको छ।
  •  राज्यविरूद्ध कृयाकलाप बढेको छ।
  •  समाजमा अशान्ति सृजना बढेको छ।
  • नागरिकमा भयको वातावरण सिर्जना भएको छ।

द्वन्द्व समाधानका उपायहरू:

  •  सरकारका प्रत्येक क्रियाकलापमा नागरिक सहभागिता बढाउने।
  •  विद्यमान असमानता र विभेदको अन्त्य गर्ने।
  •  सार्वजनिक सेवा विस्तारता र प्रतिफल वितरणमा नागरिकको पहुँच पढाउने।
  •  स्रोत, साधन वितरणमा सामाजिक न्याय र समाजिक समानता कायम गर्ने।
  •  नागरिकमैत्री सेवा प्रवाह गर्ने।
  • समावेशीकरण, आरक्षणजस्ता कार्यक्रमलाई प्रतिफलयुक्त बनाई लक्षित वर्गलाई वितरण गर्ने।
  •  जनसहभागितामूलक विकास क्रियाकलाप सञ्चालन गर्ने।
  •  उत्तरदायी, पारदर्शिक, निष्पक्ष, प्रतिस्पर्धी राजनीति र प्रशासनिक संरचनाको निर्माण गर्ने।
  •  स्थानीय शासनलाई सशक्त बनाइने।
  • VIR of People प्रवर्द्धन गर्ने।
  •  सेवाको गुणस्तरियताको ग्यारेन्टी गर्ने।

अन्त्यमा 

नेपालको विकासको बाधक आर्थिक सामाजिक असमानता र सीमान्तकरण हो। आर्थिक सामाजिक र असमानता सीमान्तकरणको विद्यमानताले नेपालमा विगतमा माओवादी द्वन्द्व भयो। स्रोत पहुँच सेवाको गुणस्तरता र ग्यारेन्टी गरी विकास प्रतिफल वितरणमा न्याय कायम गरी विद्यमान आर्थिक सामाजिक असमानता र सीमान्तकरण हटाई दिगो समावेशी विभेदरहित सामाजिक न्यायसहितको नेपाली समाज निर्माण आजको माग हो।

Post a Comment

0 Comments