Advertisement

राष्ट्र निर्माण र राज्य निर्माणको फरकका साथै सीमान्तकृत समुदायलाई मूल प्रवाहमा समाहित गर्ने रणनीति

प्रश्न. राष्ट्र निर्माण र राज्य निर्माणको फरक प्रस्तुत गर्दै राज्यको मूल प्रवाहबाट सीमान्तकृत भएका समुदायलाई मूल प्रवाहमा समाहित गर्न अपनाइने राजनीतिक, सामाजिक–सांस्कृतिक तथा प्रशासनिक रणनीतिहरुलाई बुँदागत रूपमा उल्लेख गर्नुहोस। (५+५ =१०)

विषय प्रवेश:

एउटै भाषा, धर्म, संस्कृति, ऐतिहासिकता, उत्पादन प्रणाली र गर्वमा आवद्ध समुदाय राष्ट्र हो भने निश्चित भूभाग, जनसंख्या, सरकार, सम्प्रभुता र अन्तर्राष्ट्रिय मान्यताले युक्त शक्तिले निर्माण गरेको प्रणाली राज्य हो। यसरी हेर्दा राष्ट्र सामाजिक–सांस्कृतिक अवधारणा हो भने राज्य शासकीय अवधारणा हो। राज्य व्यवस्थाभित्र विभिन्न राष्ट्रहरू हुन सक्छन् भन्ने मान्यता राखिन्छ। एउटा शक्तिशाली समुदायले शासन सञ्चालन गर्र्याे भने साना साना धेरै समुदायहरू उक्त राज्यमा सीमान्तकृत हुन सक्छन। तर विद्यमान लोकतान्त्रिक प्रणालीमा सांस्कृतिक बहुलवादलाई अवलम्बन गर्दै सबै समुदायलाई राज्यको मूल प्रवाहमा आवद्ध गराइनु पर्छ भन्ने मान्यता राखिन्छ।

राष्ट्र निर्माण र राज्य निर्माणबीचको फरक

राष्ट्र निर्माण र राज्य निर्माणबीचको फरकलाई देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छः

राष्ट्र निर्माण 

  • जनसंख्याको भावनासँग सम्बधित विषय हो।
  • beyond the state सँग पनि अन्तरसम्बन्धित विषय हो । जस्तोः Diaspora ,NRN
  • यसको क्षेत्र व्यापक छ।
  • यसको उद्देश्य भावनात्मक एकता हो।
  • राष्ट्र निर्माणको अर्थ राजनीतिक बिकासको सामाजिक,सांस्कृतिक एवं मनोवैज्ञानिक पाटो हो।
  • साना साना क्षेत्रहरु, जातजातीहरु, भाषाभाषीहरू संस्कृतिमा आवद्ध हुनेहरु सवैले आफ्नाे विश्वास र प्रतिबद्धतालाई राष्टिय प्रणालीको आस्थामा आबद्धता जनाउँछन्।
  • राजनीतिक संस्कार सहित राजनीतिक प्रणालीप्रति जनताको मनोवैज्ञानिक अपनत्व, ममत्व र स्वामित्व बोध भएको तथा राष्ट्र र राष्ट्रिय चिनारीहरू प्रति गर्व, सम्मान, र खुशीको अभिव्यक्ति दर्शाउँछ।
  • सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली… राष्ट्र निर्माणको धारणासँग सम्बन्धित छ। ता कि राष्ट्रिय धून बज्दा गौरवको अनुभूति होस्। देशप्रेमको भावनाले मन ओतप्रोत होस्।

राज्य निर्माण

  • Territory सँग सम्बधित विषय हो।
  • राज्यको सीमाभित्र बाँधिएको हुन्छ।
  • यसको क्षेत्र सिमित छ।
  • यसको उद्देश्य शासकीय एकता हो।
  • राज्य निर्माणको अर्थ राज्यको सवलीकरण,सशक्तिकरण एवं सक्षमता अभिवृद्धि हो। यो राजनीतिक र कानूनी अवधारणासँग नजिक छ।
  • राज्यले विकास र समृद्धि हासिल गर्नु, राज्यशक्ति सुदृढ गर्नु, राज्यप्रति सवै नागरिकले सम्मान,स्वामित्व र अपनत्वबोध गर्ने अवस्थाको सिर्जना गर्दछ।
  • नेपाल दुई ढुङ्गा बीचको तरुल हो …राज्य निर्माणको धारणासँग सम्बन्धित छ।

सीमान्तकृत भएका समुदायलाई मूल प्रवाहमा समाहित गर्न अपनाइने रणनीतिहरू

राज्यको मूल प्रवाहबाट सीमान्तकृत भएका समुदायलाई मूल प्रवाहमा समाहित गर्न अपनाइने राजनीतिक, सामाजिक सांस्कृतिक र प्रशासनिक रणनीतिहरु देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ:

राजनीतिक रणनीतिहरू

  • एकीकरण(Integration)
  • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली(proportional representation election system)
  • सहमतीय भिटो प्रणाली (Consensus-Veto system) उदाहरण देशहरू: Netherland, Belgium, Switzerland
  • विभाजन (Division)।

सामाजिक सांस्कृतिक रणनीतिहरू

  • विलय (Amalgamation): ठूलो संस्कृतिमा सानो संस्कृतिलाई विलय गराउनु
  • मिश्रण (Assimilation): ठूलो संस्कृति र सानो संस्कृतिलाई मिश्रण गराउनु र मिल्दोजुल्दो बनाउनु
  • छुट्याउनु (Segregation): समान संष्कृति भएकाहरू सँगै रहने गरी छुट्ट्याउनु,
  • बहुलवाद (Pluralism): सबैले सबैको अस्तित्वलाई स्वीकार गरि सहअस्तित्व कायम गर्नु।

प्रशासनिक रणनीतिहरू

  • सांस्कृतिक सचेत कर्मचारीतन्त्र (Culturally competent bureaucracy)
  • विविधताको व्यवस्थापन (Diversity management)
  • सकरात्मक विभेद (Affirmative action)
  • प्रतिनिधिमूलक कर्मचारीतन्त्र (Representative bureaucracy)
  • आरक्षण (Reservation)।

निष्कर्ष:

राष्ट्र सामाजिक सम्बन्धमा आधारित संयन्त्र हो भने राज्य शक्तिले निर्माण गरेको शासकीय प्रणाली हो। माथि उल्लेखित राजनीतिक, सामाजिक तथा सांस्कृतिक र प्रशासनिक रणनीतिलाई आवश्यकता अनुसार अबलम्बन गरी सांस्कृतिक बहुलवादलाई अँगाल्दै सबै धर्म, संस्कृति, भाषालाई सम्मान गर्दै आवश्यकता अनुसार संरक्षण गर्न सकियो भने समाजमा सीमान्तकृत समुदायलाई राज्यको मूल प्रवाहमा आवद्ध गर्न सकिन्छ।

Post a Comment

0 Comments