Advertisement

सार्वजनिक नीति र राष्ट्रिय नीति तर्जुमा प्रक्रिया

प्रश्न. सार्वजनिक नीति भन्नाले के बुझिन्छ?  साथै, राष्ट्रिय नीति तर्जुमा कसरी गरिन्छ?

सार्वजनिक नीति भन्नाले कुनै कार्य सम्बन्धमा अपनाउनुपर्ने मुख्य–मुख्य प्रक्रियासम्बन्धी सामान्य निर्देशन हो । कुनै पनि मुलुकको शान्तिसुरक्षा र अमनचयन कायम गर्न राष्ट्र निर्माण अगाडि बढाउन र सार्वभौमसत्ता जोगाउन अपनाउने राजनीतिक, आर्थिक, सामाजिक र वैदेशिक नीतिलाई राष्ट्रिय नीति भनिन्छ । उदाहरणका लागि संविधान, सुरक्षा नीति, कृषि नीति, पर्यटन नीति र वन नीति आदिलाई राष्ट्रिय नीतिका रूपमा लिन सकिन्छ । सार्वजनिक नीतिहरू सार्वजनिक हित प्रयोजनका निमित्त आवश्यकतानुसार सकारात्मक/नकारात्मक दुवै हुने गर्दछन् तापनि दुवैको उद्देश्य सार्वजनिक हित नै हो । यसैगरी, राष्ट्रिय नीतिहरू नियम कानुनमा आधारित हुन्छन् र तिनको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य हुन्छ ।

सार्वजनिक नीति निर्माण प्रक्रिया

  • नीति निर्माणका प्रक्रिया भन्नाले नीति तर्जुमाको प्रक्रियालाई बुझाउँछ । यसमा सिद्धान्तहरू के–के छन्, तर्जुमा कसरी कुन आधारमा गरिन्छ, के–कस्ता तत्व र शक्तिहरूको उपस्थिति रहन्छ र तिनीहरूबाट नीति कसरी प्रभावित हुन्छ भन्ने कुराको व्याख्या गरिन्छ ।
  • प्रजातान्त्रिक शासन व्यवस्था भएका मुलुकमा जे–जस्ता सिद्धान्त, मूल्य, मान्यताहरू र आवरण हुनुपर्छ ती सबै नेपालको संविधान २०४७, २०६३ र २०७२ ले अंगीकार गरेको छ । शासन सञ्चालनलगायतका नीति निर्माण प्रक्रियाहरू संवैधानिक रूपमा नै व्यवस्था गरिएको छ । यसर्थ, नेपालको संविधान नै सार्वजनिक नीतिको संस्थागत आधार हो । 
  • यसैगरी मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र नीतिहरू राज्यका दायित्वमा भएका स्पष्ट व्यवस्थाहरू नीति तर्जुमा गर्दा ध्यान दिने आधारभूत विषयहरू हुन् । यी व्यवस्थाहरू सरकारका क्रियाकलापका लागि मार्गदर्शन हो ।
  • संविधानले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई शक्ति नियन्त्रण र सन्तुलनअनुसार कार्य गर्ने अधिकार दिएको छ भने सरकारका तीन तह संघ, प्रदेश र स्थानीय सरकारबाट मुलुकको काम कारबाही सञ्चालन हुने व्यवस्था गरेको छ । यसैगरी, संवैधानिक आयोगहरूसमेत व्यवस्था गरी संविधानविपरीत बनेका नीति, नियम र कानुनलाई बदर गर्ने व्यवस्थासमेत गरेको छ ।
  • अन्तर्राष्ट्रिय नीति, नियम, सन्धि, सम्झौता, सार्वभौम सांसदको दुईतिहाइ बहुमतले पास गर्ने व्यवस्था पनि नीति निर्माणको महत्वपूर्ण कडी हो । अन्तर्राष्ट्रिय अर्थतन्त्रको प्रभाव, अन्तर्राष्ट्रिय संस्थाहरू र युएन एजेन्सीहरूबाट प्राप्त वैदेशिक सहायता आदिले पनि नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्छन् । तसर्थ, सर्वसाधारण जनताको जीवनस्तरमा पर्ने प्रभाव संवेदनशील हुने हुँदा सार्वजनिक/राष्ट्रिय नीति निर्माणप्रति सर्वथा चनाखो भई प्रभावित पार्ने सम्भावनाहरू केलाई सरोकारवालाहरूको चासो र चिन्ता समेट्ने गरी नीति निर्माण गरिनुपर्ने हुन्छ ।

नीति निर्माण प्रक्रिया :

  •  कार्यकारिणी र नीति निर्माण
  •  विभागतन्त्र र नीति निर्माण
  •  व्यवस्थापिका र नीति निर्माण
  •  राष्ट्रिय योजना आयोग र नीति निर्माण
  •  न्यायपालिका र नीति सिद्धान्त
  •  प्रदेश र स्थानीय निकायका नीति निर्माण  

Post a Comment

0 Comments