Advertisement

प्रश्नः नेपालमा राजनीतिक विभाजनका आधार के–के  हुन्? वर्णन गर्नुहोस्। (५)

राज्यको उपस्थिति देखाउन वा कुनै स्थानको प्रशासनिक एवं राजनीतिक सरलताका लागि गरिएको विभाजनलाई राजनीतिक विभाजन भनिन्छ । सन्तुलित विकास र मानवीय व्यवस्थापनका लागि पनि यस्तो विभाजन गरिन्छ। नेपाललाई पनि यसै आधारमा ७ प्रदेश, ७७ जिल्ला, ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका, ६ महानगरपालिका गरी ७५३ स्थानीय तहमा विभाजन गरिएको छ।
  •  विगतको राजनीतिक विभाजनका आधारमा
  •  ऐतिहासिक निरन्तरताका आधारमा
  •  सेवा प्रवाहको सुगमताका आधारमा
  •  जनसंख्याको अवस्थितिका आधारमा
  •  भौगोलिक बनावटका आधारमा
  •  जातजाति, धर्म–संस्कृतिका आधारमा
  •  प्राकृतिक स्रोत–साधनको उपलब्धताका आधारमा
  •  पहिचानका आधारमा (जातीय, धार्मिक, भाषिक वा सांस्कृतिक)
  •  सम्बन्धित क्षेत्रको बनावटका आधारमा
  •  राजनीतिक नेतृत्वका आधारमा
  •  स्थानीय माग र आवश्यकताका आधारमा
  •  प्रशासनिक क्षमता र आवश्यकताका आधारमा
यसरी नेपाललार्ई पनि भौगोलिक बनावटअनुसार राजनीतिक रूपमा प्रदेश, जिल्ला, स्थानीय तह आदि स्वरूपमा विभाजन गरिएको पाइन्छ।  

Post a Comment

0 Comments