Advertisement

नेपाल समाचारपत्र वस्तुगत, ४ मंसिर २०८०

 १. भरतपुर महानगरपालिकाले चीनको कुन शहरसँग भगिनी सम्बन्ध कायम गरेको छ? सिगात्से

२. अब्राहम लिंकनको हत्या कसले गरेका हुन्? - जोन विल्क्स बुथ

३. ओस्कार अवार्डको मनोनयनका लागि नेपालबाट कुन फिल्म पठाइएको छ? - हल्कारा

४. वृहस्पती ग्रहमा एक दिन बराबर कति घण्टा हुन्छ? - १० घण्टा

५. मुटु रोगबारे चेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड राख्ने नेपाली चिकित्सक को हुन्? -डा. ओममूर्ति अनिल

६. तिलिचो ताल कति मिटर उचाइमा रहेको छ? ४९१९ मिटर

७. नेपालमा स्थापित उत्तर कोरियाली राजदूतावास कहिले बन्द भएको हो? २०८० कात्तिक २४

८. आलमदेवी मन्दिर कुन जिल्लामा रहेको छ? स्याङ्जा

९. वसन्ती बाग भनेर चिनिने ठाउँ कुन हो? ककनी

१०. गोरखा दरबार कुन शैलीमा बनेको छ? प्यागोडा

११. नेपाल र भारत वाणिज्य सन्धी कति वर्षमा नवीकरण हुने व्यवस्था रहेको छ? ७ वर्ष

१२. एनआरएन द सिंगरको उपाधि विजेता को हुन्? युक्ति विमली

१३. राष्ट्रिय गौरवका आयोजनाका रूपमा निर्माण हुन लागेका क्रिकेट रंगशालाहरू कुन-कुन हुन्?

मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशाला


Post a Comment

0 Comments