Advertisement

नेपाल समाचारपत्र वस्तुगत, ११ मंसिर २०८०

१. नेपाल प्रहरीले अपराध अनुसन्धानमा कुकुरको प्रयोग कहिलेदेखि गर्न थालेको हो?

  • विसं २०२६ (२०३२ सालमा कुकुरका लागि छुट्टै शाखा स्थापना गरिएको थियो भने २०४७ सालमा कुकुर तालिम केन्द्र स्थापना भएको)

२. बेलायतको कट्समोर स्कुलमा प्रधानाध्यापक नियुक्त एआई च्याटबटको नाम के हो? 

  • अबिगेल बेली

३. नेपाल सरकारले कहिलेदेखि लागू हुने गरी कारागार प्रशासकलाई प्यारोल अधिकृतका रूपमा तोकेको हो?

  • २०८० साल कात्तिक १ गते

४. मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण परीक्षणको अनुमति पाएको न्यरालिंकले कुन-कुन जनावरको दिमागमा चिपको सफल प्रत्यारोपण गरेको हो?

  • बाँदर र सुँगुर

५. मत्स्य ६००० के सँग सम्बन्धित रहेको छ? 

  • भारतको समुद्र मिसन

६. नासाले फेला पारेको पानीसहितको बाहृय ग्रह कुन हो?

  • केटु १८ बी (पृथ्वीभन्दा ८ दशमलव ६ गुणा ठलो रहेको)

७. महाभियोगको सामना गरेका अमेरिकी राष्ट्रपतिहरू को-को हुन्?

  • डोनाल्ड ट्रम्प, एन्ड्यु जोनसन र बिल क्लिन्टन

८. १९औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदक जितेका खेल कुन-कुन हुन्?

  • कराँते र कबड्डी

९. हरित जलवायु कोषको मुख्यालय कहाँ रहेको छ?

  • दक्षिण कोरिया

१०. सात गाउँले जात्रा कुन ठाउँमा प्रचलित रहेको छ?

  • कीर्तिपुर, काठमाडौं

११. निजामती कर्मचारीहरूले एकै प्रकारको पोशाक लगाउनुपर्ने व्यवस्था कहिलेदेखि भएको हो?

  • २०६८ साल साउन १ गते

१२. मुलुकी देवानी संहिता-२०७४ मा साहुले ऋणीसँग लिन पाउने वार्षिक ब्याजको अधिकतम सीमा कति तोकिएको छ?

  • १० प्रतिशत

Post a Comment

0 Comments