Advertisement

नेपाल समाचारपत्र वस्तुगत, १८ मंसिर २०८०

१. भरतपुर महानगरपालिकाले चीनको कुन शहरसँग भगिनी सम्बन्ध कायम गरेको छ?

  • सिगात्से

२. आर्थिक वर्ष २०७५/०८० मा सबैभन्दा बढी व्यक्तिगत आयकर तिरी सम्मानीत हुने करदाता को हुन्?

  • विजयकुमार शाह

३. बेलायती प्रधानमन्त्री ऋषि सुनकको विदेशमन्त्रीमा नियुक्त पूर्वप्रधानमन्त्री को हुन्?

  • डेभिड क्यामरुन

४. अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार-२०२३ प्राप्त गर्ने अभियान्ता को हुन्?

  • सविता उप्रेती (नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत)

५. नेपाल संवत्अन्तर्गत ३/३ वर्षमा आउने अधिमासलाई के भनिन्छ?

  • अनाला (मलमास) (कछला, थिङ्ला, पोहेला, सिल्ला, चिल्ला, चौला, बछला, तछला, दिल्ला, गुँला, अँला, ञँला र कौला गरी १ वर्ष १२ महिना रहने)

६. उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान फलाउने देश कुन हो?

  • चीन (नेपाल १७ औं स्थानमा रहेको)

७. एच ००६ कुन राजमार्गको राष्ट्रिय राजमार्ग संकेत हो?

  • बीपी राजमार्ग

८. नेपाल टेलिकमले कुन-कुन ठाउँमा फाइभजी नेटवर्कको परीक्षण गरिरहेको छ?

  • बबरमहल, सुन्धारा, पोखरा र वीरगञ्ज

५. बैंक अफ दी इयर २०२३ को उपाधि जित्ने वाणिज्य बैंक कुन हो?

  • प्रभु बैंक

१०. फिड द फ्युचर नेपाल कार्यक्रम कति वटा जिल्लामा लागू गरिएको छ?

  • १६ वटा जिल्ला

११. युरोपेली युनियनले कहिलेदेखि नेपाली वायुसेवालाई युरोपेली आकाशमा उडान गर्न नपाउने गरी कालोसूचीमा राखेको हो?

  • सन् २०१३

१२. कहिलेदेखि लागू हुने गरी चिनियाँ सरकारले देशभक्ति शिक्षा कानुन पारित गरेको छ?

  • सन् २०२४ जनवरी १

१३. कौरा नाच कुन जातिमा प्रचलित छ?

  • मगर

१४. कर्मणा पुस्तकको लेखिका को हुन्?

  • झमक घिमिरे

१५. जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरिएको हो?

  • ७ मंसिर २०८०

१६. रहस्यमय ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ?
  • शुक्र
१७. सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने निर्देशिका-२०८० कहिले राजपत्रमा प्रकाशित भएको हो?
  • ११ मंसिर २०८०
१८. विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कहिले मनाइन्छ?
  • प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म
१५. थारू भाषाको पहिलो पत्रिका कुन हो?
  • गोचाली

Post a Comment

0 Comments