Advertisement

नेपाल समाचारपत्र वस्तुगत, २५ मंसिर २०८०

१. संयुक्त संघको इतिहासमा धारा ९९ को प्रावधान कतिपटक लागू भएको छ?

  • ९ पटक (पछिल्लोपटक संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले इजरायल-हमास युद्धको गम्भीरतालाई मध्यनजर गर्दै 'यूएन चार्टर'को धारा ९९ लागू गरेका छन्)

२. सैनिक विशेष अदालतको अध्यक्ष को हुन्छ?

  • न्याय परिषद्को सिफारिसमा नेपाल सरकारले तोकेको उच्च अदालतको न्यायाधीश

३. ऋणीमोक्ष तीर्थस्थल कहाँ पर्दछ?

  • मुगु

४. संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप २८) मा नेपालमा भएको जलवायुजन्य हानि नोक्सानी समेटेर तयार पारिएको वृत्तचित्र कुन हो?

  • हिमालको पुकार (The plea of Mountain)
  • वृत्तचित्रमा सगरमाथा, अन्नपूर्णसहितका हिमाल पग्लिँदा त्यसले जनजीवनमा पारको असर, जलवायु परिवर्तनका कारण नेपालको मनाङ, मुस्ताङ, सिन्धुपाल्चोकको हेलम्बु मेलम्ची, डोल्पाको फुक्सुण्डो, तराई मधेसमा गएका बाढी-पहिरो र क्षति समेटिएको
  • वृत्तचित्रको लेखक र निर्देशक वरिष्ठ पत्रकार बालकृष्ण बस्नेत रहेको
  • अघिल्लो वर्ष इजिप्टमा भएको जलवायु सम्मेलन कोप-२७ मा पनि बस्नेतकै लेखन, निर्देशन रहेको वृत्तचित्र The Voice for Climate Justice प्रदर्शन गरिएको

५. श्रम संस्कृति उद्यान कुन ठाउँमा निर्माण गरिएको छ?

  • धरान

६. अन्नपूर्ण प्रथम हिमालको प्रथम आरोही को हुन्?

  • मौरिस हर्जोग

७. स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार-२०८० प्राप्त गर्ने व्यक्ति को-को हुन्?

  • स्वरकिन्नरी तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिक

८. स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार गाउँपालिकामा कम्तीमा कति वडा हुनुपर्ने व्यवस्था छ?

  • ५ वटा (बढीमा २१), नगरपालिकामा ९ देखि ३५ वडा

९. मन्ट्रियल महासन्धि के सँग सम्बन्धित रहेको छ?

  • अन्तर्राष्ट्रिय हवाई यात्रामा यात्रुको सुरक्षा

१०. आमाको पाठेघरबिना नै बच्चा जन्माउने मेसिनलाई के भनिन्छ?

  • बेबी पड (हालसम्म यस्तो प्रविधि प्रयोग गरेर बच्चा उत्पादन नगरिएको, भेडा र मुसामा परीक्षण गरिएको)

११. वान हेल्थ कुन देशको सहयोगमा सञ्चालित कार्यक्रम हो?

  • अमेरिका (अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग - USAID) को सहयोगमा सञ्चालित, पारिस्थितिक प्रणाली, वन्यजन्तु तथा घरपालुवा जनावर र मानिसको स्वास्थ्यबीचको अन्तरनिर्भरता स्वीकार गर्ने सहकार्यात्मक र अन्तर्विधागत विधि वान हेल्थ कार्यक्रमका रूपमा शुरू भएको)

१२. लिम्बु भाषाको लिपि कुन हो?

  • सिरिजंगा

१३. नेपाल सरकारले राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा प्रतिवेदन कति-कति समयमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ?

  • प्रत्येक वर्ष

१४. गुगलले सार्वजनिक गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल कुन हो?

जेमिनी (Gemini)

१५. च्याट जीपीटीले १५ मिनेटमै बनाइदिएको कानुन नगरसभाबाट पारित गर्ने पहिलो नगर कुन हो?

  • ब्राजिलको पोर्टो एलेग्रे नगर

१६. मोबाइल इकोनोमी रिपोर्ट-२०२३ अनुसार मोबाइल प्रविधिले विश्वको कुल जीडीपीमा कति प्रतिशत योगदान दिएको छ?

  • ५ प्रतिशत
  • एसिया क्षेत्रको जीडीपीमा पनि करिब ५ प्रतिशत नै योगदान गरेको
  • सन् २०२२ मा विश्वभर २ करोड ८० लाख रोजगारी सिर्जना गरेको
  • फाइभजी प्रविधिले हाल विश्वभर १७ प्रतिशत ओगटेको
  • सन् २०३० सम्म यसको कनेक्सन बढेर ५४ प्रतिशत हुने।

१७. मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा कति देशका चलचित्र प्रदर्शन गरिने भएको छ?

  • २७ देशका ५४ वटा चलचित्र

Post a Comment

0 Comments