Advertisement

नेपाल समाचारपत्र विषयगत, २५ मंसिर २०८०

१. मानव संसाधन व्यवस्थापनअन्तर्गत सहभागीतामूलक व्यवस्थापनका सिद्धान्तहरू उल्लेख गर्दै यसका फाइदा र कमजोर पक्षहरूको चर्चा गर्नुहोस्।

'कमजोर मनोबल र न्यून उत्पादकत्वको औषधि' 

पृष्ठभूमि

  • संगठनको उद्देश्य निर्धारण, कार्यक्रम कार्यान्वयन, विकल्पहरुको छनोट, निर्णय प्रक्रिया, उपलब्धिहरुको मूल्यांकन र प्रतिफलको बाँडफाँडसमेतका सबै प्रक्रियामा सरोकारवालाहरुलाई सहभागी गराउनुलाई नै सहभागीतामूलक व्यवस्थापन भनिन्छ।
  • सहभागीतामूलक व्यस्थापनले संगठन मातहतका कर्मचारीहरूलाई पनि निर्णय प्रक्रियामा सामेल गराउने, सशक्तीकरण गर्ने, कार्य स्वतन्त्रता प्रदान गर्ने, प्रशंसा गर्ने, संस्थाप्रति अपनत्वको भावना जागृत गराउने गरी कार्यसम्पादन गर्न जोड दिन्छ।
  • सहभागितामूलक व्यवस्थापन शैलीमा प्रजातान्त्रिक मूल्य र मान्यताहरू तथा मर्यादाहरूलाई अवलम्बन गर्दै व्यवस्थापनसम्बन्धी कार्य सञ्चालन गरिन्छ।
  • अमेरिकी व्यवस्थापनविद् रेन्सिस लाइकर्टले यो सिद्धान्तको प्रतिपादन गरेका हुन्।

सहभागीतामूलक व्यवस्थापनका सिद्धान्तहरु 

  • सहभागीतामूलक व्यवस्थापनका सिद्धान्तहरुलाई यस प्रकार उल्लेख गर्न सकिन्छ:-
  • व्यवस्थापकहरुले कर्मचारीसँग सोझै सम्पर्क गरेर समन्वय कायम गर्नुपर्दछ।
  • सम्बन्धित कर्मचारीसँग नीति निर्माणको चरणबाट नै समन्वय गरिनुपर्दछ।
  • समन्वय कायम गर्दा कर्मचारी तथा व्यवस्थापनको बीचमा हुने अन्तरसम्बन्धको ख्याल गर्नुपर्दछ।
  • समन्वय कायम राख्ने काम सधैंभरि जारी रहनुपर्दछ।

सहभागीतामूलक व्यवस्थापनका थप सिद्धान्तहरु

  • समूह सदस्यको सक्षमता र कार्यसम्पादनमा विश्वास
  • गोपनीयता
  • परिणामप्रतिको उत्तरदायित्व
  • स्वव्यवस्थापन
  • उत्प्रेरणा र मनोबल
  • सशक्तीकरण

सहभागीतामूलक व्यवस्थापनका फाइदाहरु

(क) व्यक्तिगत स्तरमा

  • व्यक्तिमा उच्च मनोबल हुने
  • आत्मसन्तुष्टि र आत्मसम्मानको महशुस हुने
  • काम प्रतिको निष्ठा र समर्पण बढ्ने
  • उत्प्रेरणा अभिवृद्धि हुने
  • सिर्जनशीलता र कार्यसम्पादन क्षमता बढ्ने
  • अन्तर्निहित प्रतिभाको प्रस्फुटन हुने
  • क्षमता प्रदर्शन गर्ने वातावरणको निर्माण हुने
  • संस्थाप्रति अपनत्वको भाव वृद्धि हुने।

(ख) समूह स्तरमा

  • सामूहिक भावनाको विकास हुने
  • पारस्परिक सहयोग र सदभाव बढ्ने
  • सामूहिक निर्णय प्रक्रिया अवलम्बन हुने
  • जिम्मेवारी र जवाफदेहिता वृद्धि हुने
  • काम पन्छाउने प्रवृत्तिमा कमी आउने

(ग) संगठन स्तरमा

  • उत्पादन र उत्पादकत्वमा वृद्धि
  • न्यून समय र लागतमा अधिक प्रतिफल प्राप्त हुने
  • त्रुटिहरु घट्दै जाने
  • गुनासोहरुमा कमी आउने
  • श्रम सम्बन्धमा सुधार आउने
  • संस्थागत अनुशासनमा सुधार हुने
  • नेतृत्व क्षमताको विकास गरी उत्तराधिकारी निर्माण हुने
  • नीति निर्माण र कार्यान्वयनमा प्रभावकारिता आउने
  • द्वन्द्वको समाधान गर्न सहयोग पुग्ने
  • प्रत्यक्ष निरीक्षणको खर्च घट्ने

सहभागीतामूलक व्यवस्थापनका कमजोर पक्षहरु

  • निर्णय प्रक्रियामा जटिलता
  • सुरक्षासम्बन्धी जोखिम बढ्न सक्ने
  • गोपनीयता नरहने
  • नेतृत्वको होडबाजी रहन सक्ने
  • पदसोपनमा समस्या उत्पन्न हुन सक्ने
  • परिवर्तनको प्रतिरोध हुन सक्ने
  • खर्चको वृद्धि हुन सक्ने
  • राजनीतिकरणको सम्भावना रहने
  • द्वन्द्वको समयमा उचित समाधान नहुने।

निष्कर्ष

कर्मचारीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराएमा उनीहरुमा उत्तरदायित्व र जवाफदेहिताको विकास हुने भएकाले उनीहरूलाई कसरी उक्त काम गर्ने भन्ने आदेश दिइरहनुपर्ने अवस्था आउँदैन। उनीहरूले नै समस्याको समाधान प्रस्तुत गर्छन्। प्रत्यक्ष निरीक्षण, सुपरीवेक्षणको आवश्यकता घट्न गई व्यवस्थापक नीति निर्माणका विषयमा मात्र केन्द्रित हुन सक्ने र दैनिक कार्यसञ्चालनमा कुनै दबाब नरहने हुँदा संगठन जीवन्त हुन सक्दछ।

२. चारित्रिक विकास भनेको के हो? असल चरित्र विकासका तत्वहरू उल्लेख गर्दै संगठनमा चरित्र विकासमा प्रभाव पार्ने विषयवस्तुहरू स्पष्ट पार्नुहोस्।

चारित्रिक विकास

  • इमानदारिता, बफादारिता, निष्पक्षता, सहिष्णुता, सहयोगीपन आदि गुणहरू नै चरित्र हुन्।
  • कुनै निश्चित परिस्थितिमा व्यक्ति तथा समूहबाट प्रदर्शित हुने वा गरिने सही र गलत व्यवहार चरित्रको प्रस्फुटन हो।
  • चरित्र गुण हो, जसमा व्यक्तिले आर्जन गरेको विचार, स्वभावको समष्टि हुन्छ।
  • चरित्र यस्तो अन्तरनिहित गुण हो, जसले व्यक्ति कस्तो बन्ने भनेर निर्णय गर्छ।
  • हरेक व्यक्तिको चरित्रमा योग्यता, विवेक, नैतिकता जस्ता गुणहरूको विकास गर्दै लैजाने प्रक्रिया नै चारित्रिक विकास हो।

असल चरित्र विकासका तत्वहरु

  • प्रिकन्भेनसनल (दयालुपना र इमानदारिता)
  • कन्भेनसनल (नागरिकता र प्रतिबद्धता)
  • पोस्टकन्भेनसनल (उत्तरदायित्वबोध र सम्मान)
  • आत्म संयमता
  • दायित्व बोध
  • समर्पण भाव
  • मधुरता
  • धैर्यता
  • परोपकारिता
  • सहिष्णुता
  • सबैप्रति सहयोग र सहानुभूति
  • अरूको भावना र विचारको सम्मान
  • मैत्रीपूर्ण व्यवहार।

संगठनमा चरित्र विकासले पार्ने प्रभावहरु

  • नीति, नियम तथा कानुन
  • कार्यशैली
  • कार्यसंस्कृति
  • मापदण्डहरु
  • संगठनको नेतृत्व
  • कार्य वातावरण
  • संगठनका सदस्यहरु
  • पेशागत संगठनहरु
  • सामाजिक मूल्य मान्यताहरु
  • सामाजिक तत्व
  • नैतिकता
  • सेवाग्राही
  • मुलुकको शासन प्रणाली
  • पारिवारिक, सामाजिक र शैक्षिक परिवेश।

निष्कर्ष

व्यक्तिगत, पारिवारिक तथा सामाजिक सद्भाव र पारस्परिक सहयोगको वातावरण सिर्जना गर्न व्यक्तिको चरित्रले अहम् भूमिका खेल्दछ। व्यक्तिलाई असल नागरिकका रूपमा विकास गरी समाजलाई सही निर्देश गर्न चारित्रिक विकास जरुरी छ।

३. मानवीय मूल्य भन्नाले के बुझ्नुहुन्छ? मानवीय मूल्य मान्यताका प्रकार र महत्व उल्लेख गर्दै मानवीय मूल्य मान्यताको अवलम्बनमा देखिएका कमजोरी पहिचान गरी सुधारका लागि सुझावहरू दिनुहोस्।

'समाजद्वारा मान्यता प्राप्त मानवीय गुण'

मानवीय मूल्य

  • मानवलाई मूल्यवान र सम्मानजनक बनाउन अवलम्बन गरिएका प्रयासहरुलाई मानव मूल्य भनिन्छ।
  • मानवमा भएको इमानदारिता, प्रेम, दया, सद्भाव, करुणा, विश्वास, सुन्दरता, निष्पक्षता, बौद्धिकता, सहयोगीपन, बुद्धि, विवेक, चेतना, आदर, सत्कार, मनोवृत्ति जस्ता कुराहरु नै मानवीय मूल्य हुन् जसले मानवलाई अन्य प्राणीभन्दा सर्वश्रेष्ठ र चेतनशील बनाएका छन्।
  • यी मानवीय मूल्यहरू एकातिर व्यक्तिको विवेकद्वारा नियन्त्रित हुन्छन् भने अर्कोतर्फ तिनको संस्कृति र परम्परालाई पक्षपोषण गरिन्छ।
  • मानव जीवन तथा मानसिक विकास प्रक्रियामा स्वीकार गरिएका आदर्श नियम, लक्ष्य वा मान नै मानवीय मूल्य हो।
  • मानवीय मूल्य जीवनको निर्देशक सिद्धान्त हो, जुन सर्वव्यापी र मानवका लागि साझा हुन्छन्।

मानवीय मूल्य मान्यताका प्रकार

  • जैविक मूल्य:- जिउन तथा अगाडि बढ्नका लागि तय गरिएका मूल्यहरु, जस्तै: स्वास्थ्य जीवन निर्वाह सुरक्षा र कुशलतासँग सम्बन्धित
  • सामाजिक मूल्य:- सम्पत्ति, स्थिति, प्रेम, न्याय, सहयोग, सहिष्णुता दया सहानुभूतिका सम्बन्धित मूल्यहरु
  • आध्यात्मिक मूल्य:- सत्य, सुन्दरता, सुसंगति तथा पवित्रतासँग सम्बन्धित मूल्यहरु
  • व्यक्तिगत मूल्य:- स्वविकास, सिर्जनशीलता, स्वतन्त्रता, अस्तित्व
  • संगठनात्मक मूल्य:- सार्वजनिक सेवा, मुनाफा वृद्धि, सत्यता तथा निष्पक्षता
  • संवैधानिक मूल्य:- आधारभूत तथा मौलिक अधिकारको सम्मान
  • वातावरणीय मूल्य :- प्राणीप्रति दयाभाव

मानवीय मूल्य मान्यताको महत्व

  • नेपाली नागरिकहरु बीच आपसी सद्भाव, सहयोग र एकता र भातृत्वको भावना विकास गर्न
  • भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न
  • प्रत्येक नेपालीको पहिचान, प्रतिनिधित्व, पहुँच र सहभागिताको सुनिश्चित गर्न
  • राज्यका स्रोत साधनको सही सदुपयोग र मितव्ययी प्रयोग गरी गरी विकासमा तीव्रता दिन
  • नागरिकमा राज्यप्रतिको दायित्व र अपनत्व बोध गराउन
  • बहुधार्मिक, बहुजाति, बहुसंस्कृतिबीच समभाव र सहिष्णुता कायम गर्न
  • सामाजिक न्याय कायम गर्दै समतामूलक समाज निर्माण गर्न
  • मानव जीवनलाई माया, प्रेमउन्मुख बनाउँदै सामाजिक कलह, द्वन्द्व र विखण्डनको अन्त्य गर्न
  • समयसापेक्ष समाजलाई परिवर्तन गर्न
  • असल नागरिक निर्माण गर्न
  • शान्ति, बन्धुत्व, भाइचारा, नैतिकता, सदाचारिता, सुसंस्कार र सुशासन कायम गर्न।

मानवीय मूल्य मान्यताको अवलम्बनमा देखिएका कमजोरी

  • विद्यमान नीति, कानुन र नियमहरुको पूर्ण कार्यान्वयन हुन नसकेको
  • सुशासनको अभाव रहेको
  • शान्ति, अहिंसा, परमोधर्मको भावना कमी आउँदै गएको
  • जाति, धर्म जस्ता संवेदनशील विषयमा राजनीति शुरू गरिएको
  • आपराधिक गतिविधि बढ्दै गएको
  • नैतिक, व्यावसायिक र लोकतान्त्रिक मूल्य मान्यतामा क्रमशः ह्रास आएको
  • मानवीयता, दया, प्रेम जस्ता विषय दिन प्रतिदिन दयनीय बन्दै गएको
  • सामाजिक विचलन, विकृति बढ्दै गएका
  • सामाजिक मुद्दाहरुमा मतभेदको अवस्था सिर्जना हुन थालेको
  • अझै पनि जातीय छुवाछुत र बहिष्करणको अवस्था रहेको
  • अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण बढ्दै गएको।

कमजोरी हटाउन आवश्यक सुझावहरु

  • विद्यमान कानुन, नीति, कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न सक्नुपर्छ।
  • नैतिकता, राष्ट्रिय एकता, भ्रातृत्व, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको सम्मान र पालना गर्नु हरेक नागरिकको दायित्व हो भन्ने धारणा विभिन्न माध्यमद्वारा सबैमा बोध गराउने
  • अपराधको न्यूनीकरणका लागि विभिन्न संयन्त्र स्थापना गरी कार्यान्वयनमा ल्याउने
  • अपराधको प्रकृतिका आधारमा समान कानुनी कारबाही गर्ने
  • राज्य सञ्चालनका संयन्त्रले आफ्नालाई काखा अरुलाई पाखा गर्ने व्यवहारको अन्त्य गर्नुपर्ने
  • नैतिकता र सदाचारयुक्त कार्य संस्कृतिको विकास गर्न उत्प्रेरणाका औजारहरु प्रयोग गर्ने
  • सामाजिक सद्भाव, एकता कायम गर्न र जातिय छुवाछुत अन्त्य गर्न चेतनामूलक कार्यक्रम लक्षितवर्गसम्म पुर्‍याउने
  • सामाजिक न्याय र समतामूलक समाज स्थापनाका कार्यक्रम निर्माण गरी कार्यान्वयन ल्याउने
  • संविधानको पूर्ण कार्यान्वयनमा सबै पक्ष र नागरिकहरुबीच सहकार्य हुनुपर्ने
  • विकास र समृद्धिको साझा एजेन्डा तय गर्नुपर्ने
  • धर्म, जात र सम्प्रदायका नाममा राजनीति गर्नेलाई निरुत्साहित गर्ने र सामाजिक अपराधका रूपमा दण्डित गर्ने
  • परम्परादेखि चल्दै आएका धार्मिक आस्था, मानवीय मूल्य, संस्कृतिको प्रवर्धन र संरक्षण गर्ने।

निष्कर्ष

मानवीय मूल्य मान्यताले मानवीय मनोवृत्ति, उत्प्रेरणा र व्यवहारप्रतिको बुझाइमा परिवर्तन गर्न, संसारप्रतिको हाम्रो धारणालाई प्रभाव पार्दछ। सही र गलत पहिचान गर्न, मानव र संगठन बुझ्न, मानव जीवन, स्वतन्त्रता, सम्मानको दायित्ववोध गराउन सहयोग गर्ने भएकाले मानवीय मूल्य मान्यताको विकास गरी अवलम्बलन गर्न प्रेरित गर्नुपर्दछ।

४. अनुशासन भनेको हो? सार्वजनिक प्रशासनमा अनुशासन कायम गर्न गरिएका विद्यमान व्यवस्थाहरूको चर्चा गर्नुहोस्।

'व्यवसायिकताको आधारभूत अवयव'

अनुशासनको परिचय

  • निश्चत नियममा बसेर गरिने मर्यादित व्यवहारलाई नै अनुशासन भनिन्छ।
  • प्रचलित नियम, आचार संहिता र स्थापित व्यवहार प्रणालीको अनुशरणबाट निर्माण हुने जीवनशैलीको ढाँचालाई नै अनुशासन भनिन्छ।
  • यो मानिसलाई मार्गनिर्देशन गरी असल, अनुकरणीय र प्रशंसनीय बनाउने जीवन प्रणाली हो।
  • समग्रमा अनुशासन भनेको असल, सुसंस्कृत तथा विधिसम्मत व्यवहार एवं आचरण तथा संस्कारलाई बुझिन्छ।

(क) संवैधानिक व्यवस्था

  • प्रस्तावनामा कानुनी राज्यको अवधारणा तथा सुशासनप्रति प्रतिवद्धता व्यक्त गरिएको
  • राज्यको निर्देशक सिद्धान्त कानुनको शासन तथा अनुशासन र मर्यादामा आधारित सामाजिक मुल्यहरुको विकास गर्ने उद्देश्य राखिएको
  • नागरिकका कर्तव्य तथा राष्ट्रिय हितका विषयहरु तोकी अनुशासन र आचारसंहिताका संवैधानिक मानक निर्धारण गरिएको
  • सुरक्षा निकायहरुलाई व्यावसायिक तथा जनउत्तरदायि बनाउने व्यवस्था गरिएको
  • सक्षम, निष्पक्ष, पारदर्शी र जनउत्तरदायि सार्वजनिक प्रशासनको उद्देश्य राखिएको।

(ख) कानुनी व्यवस्था

  • निजामति सेवा ऐनको प्रस्तावनामा सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी निजामती सेवाको परिकल्पना गरिएको
  • विभिन्न सेवाको गठन गरी व्यावसायिकतामा जोड दिइएको
  • कार्यविवरणको व्यवस्था गरिएको
  • सेवा समूह तथा उपसमूहको गठन गरिएको
  • लोकसेवा आयोगको सिफारिसमा नियुक्ति हुने व्यवस्था गरिएको
  • सरुवा तथा बढुवाको व्यवस्था गरिएको
  • अध्ययन, तालिम तथा अध्ययन भ्रमणसम्बन्धी व्यवस्था गरिएको
  • कर्मचारीले पालना गर्नुपर्ने आचरणहरुको व्यवस्था गरिएको
  • अनुशासन र आचारसंहिता पालन समेतलाई सुदृढीकरण गर्न निजामती कर्मचारीका लागि पुरस्कारको व्यवस्था गरिएको।

(ग) कार्यगत व्यवस्था

  • समय समयमा विभिन्न समितिहरु गठन गरी प्रशासन सुधारको प्रयास गरिएको (बुच कमिसनदेखि दाहाल समितिसम्म)
  • संघ, प्रदेश र स्थानीय तहलाई सम्बन्धित तहका कर्मचारीहरुको प्रशासनिक व्यवस्थापनको स्वायत्तता प्रदान गरिएको
  • कार्यसम्पादन सम्झौता, कार्यसम्पादन मूल्यांकन, सेवा करार, व्यवस्थापन करार जस्ता उपायहरुको अवलम्बन गरिएको
  • नागरिक तथा तेस्रो पक्षबाट मूल्यांकन हुने व्यवस्था गरिएको
  • विभिन्न तालिम तथा क्षमता विकास कार्यक्रमहरुको व्यवस्था गरिएको।

निष्कर्ष

सार्वजनिक प्रशासनप्रति जनताको विश्वास, भरोसा, अपनत्व विकास गर्न अनुशाषित कर्मचारीको विकल्प छैन। अनुशाषित, मर्यादित र सभ्य सार्वजनिक प्रशासन जनताको अपेक्षा हो।

५. सार्वजनिक प्रशासनमा सकारात्मक सोच र नकारात्मक दृष्टिकोणले पार्ने प्रभावहरू स्पष्ट पार्नुहोस्।

'निराशावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ भने आशावादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ'

पृष्ठभूमि

  • कुनै पनि विषयवस्तु, मुद्दा, एजेन्डा, घटना वा क्रियाकलापका बारेमा वस्तुनिष्ठ र तथ्परक ढंगले विश्लेषण एवं मूल्यांकन गरी अवसर तथा सम्भावना केन्द्रित भएर उत्पन्न भएको सोच नै सकारात्मक सोच हो ।
  • सकारात्मक सोच सुख, खुसी र सफलता प्राप्तिको अस्त्र हो।

सार्वजनिक प्रशासनमा सकारात्मक सोचका प्रभावहरु

  • व्यक्तित्व विकास हुने
  • उत्साह उत्पन्न हुने
  • उत्प्रेरणा हासिल हुने
  • व्यक्तिको पहिचान बढ्ने
  • उत्पादन र उत्पादकत्व बढ्ने
  • सामूहिक भावना वृद्धि हुने
  • समस्याहरूको समाधान गर्न सहज हुने
  • कामप्रतिको लगाव बढ्ने
  • बफादारी बढ्ने
  • व्यवस्थापक, कर्मचारी र सेवाग्राहीहरु बीच राम्रो सम्बन्ध कायम हुने गर्छ
  • तनाव व्यवस्थापन हुने।

नकारात्मक दृष्टिकोणले पार्ने प्रभावहरु

  • सम्बन्धमा तिक्तता बढ्ने
  • उद्देश्यहरु हासिल गर्न कठिन हुने
  • स्वास्थ्य समस्या उत्पन्न हुने
  • आपसी सम्बन्धहरुमा दरार पैदा हुने
  • अनावश्यक तनावहरु उत्पन्न हुने
  • संगठनमा गुटबन्दी कायम हुने
  • कार्य वातावरण विग्रने।

निष्कर्ष

सकारात्मक सोचले तनावको स्तर कम गरी अधिक आनन्द, खुसी र सफलता प्राप्तिमा सहयोग गर्दछ। सकारात्मक परिणामको आशा गरेमा मात्र परिणाम पनि सकारात्मक पाउन सकिन्छ, शरीरलाई स्वस्थ राख्न पनि सकारात्मक सोचको जरुरत पर्दछ।

Post a Comment

0 Comments