Advertisement

नेपाल समाचारपत्र वस्तुगत, २३ पुस २०८०

 १. ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनअनुसार नेपालको सघन सहरी क्षेत्रको जनसंख्या कति प्रतिशत रहेको छ?

  • सघन सहरी क्षेत्रको जनसंख्याः २७ दशमलव ०७ प्रतिशत
  • सहरोन्मुख जनसंख्याः ३९ दशमलव ७५ प्रतिशत
  • ग्रामीण क्षेत्रको जनसंख्याः ३३ दशमलव १९ प्रतिशत
  • भौगोलिक क्षेत्रका आधारमा ग्रामीण जनसंख्या पहाडमा ६६ र हिमालमा १६ प्रतिशत केन्द्रित रहेको
  • शहरोन्मुख जनसंख्या तराई क्षेत्रमा ८५ प्रतिशत तथा पहाडमा ५३ प्रतिशत एवं तराईमा ३९ प्रतिशत केन्द्रित भएको
  • महानगरपालिकामा १७ प्रतिशत सहरोन्मुख क्षेत्र रहेको तथा २ दशमलव ३ प्रतिशत ग्रामीण विशेषताको र ८० दशमलव ७ प्रतिशत शहरी क्षेत्र रहेको
  • उपमहानगरपालिकामा पनि ३९ प्रतिशत जनसंख्या सहरोन्मुख विशेषताका क्षेत्रमा र ५३ प्रतिशत शहरी वर्गीकरणको क्षेत्रमा बसोवास गर्ने गरेको
  • नगरपालिकाको २८ दशमलव ४ प्रतिशत जनसंख्या सहरी क्षेत्रमा ५ सय ९१ वडा, करिब ४६ प्रतिशत सहरोन्मुख क्षेत्रमा १२ सय ८५ वडा र अझै पनि २५ दशमलव ४ प्रतिशत १२ सय ४४ वडा ग्रामीण क्षेत्रमा रहेको

राष्ट्रिय जनगणना ०७८ का अनुसार नेपालमा नगरपालिकाको जनसंख्या ६६ दशमलव १७ र गाउँपालिकाको जनसंख्या ३३ दशमलव ८३ प्रतिशत रहेको थियो।

२. नेपाल सरकारले राष्ट्रिय सभा निर्वाचनको प्रयोजनका लागि कति वटा जातीय समुदायलाई अल्पसंख्यकको रूपमा सूचीकृत गरेको छ?

  • ११५ (० दशमलव ५ प्रतिशतभन्दा कम जनसंख्या भएको जातिलाई सूचीकृत गरिएको)

३. नेपालले सन् २०२३ मा कूटनीतिक सम्बन्ध कायम गरेका मुलुक कुन-कुन हुन्?

  • मलावी, नाउरू, क्यामरुन र मार्सल आइल्यान्ड

४. राजगद्दी परित्यागको घोषणा गर्ने डेनमार्ककी महारानी को हुन्?

  • मार्गरेट द्वितीय

५. विश्वकै अग्लो भवन बुर्ज खालिफा कहाँ रहेको छ?

  • संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा

६. विश्वव्यापी आतंकवाद सूचकांक २०२३ अनुसार नेपाल कति औं स्थानमा पर्दछ?

  • ३६ औं
७. राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचक मण्डलमा रहने सदस्यहरूको मतभार कति तोकिएको छ?
  • प्रदेशसभा सदस्यको मतभार ५३ र नगरपालिका प्रमुख उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको १९
८. सन् २०२६ को शीतकालीन र पाराओलम्पिक आयोजनाको जिम्मेवारी कुन देशले पाएको छ?
  • इटाली
९. जगदीश स्मृति पुस्कार-२०८० प्राप्त गर्ने साहित्यकार को हुन्?
  • माधव काफ्ले
१०.१७औं चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत सुन्दरी प्रतियोगिता जित्ने हात्ती कुन हो?
  • सेल्फीकली (५ सय पूर्णांकमा ३ सय ९४ अंक ल्याएर उपाधि जित्न सफल भएको)
११. जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या गर्ने व्यक्ति को हुन्?
  • टेटसुया यामागामी
१२. गोल्डेन गेट पुल कुन देशमा रहेको छ?
  • संयुक्त राज्य अमेरिका

Post a Comment

0 Comments