Advertisement

गोरखापत्र वस्तुगत, ९ फागुन २०८०*

१. विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र कुन हो?

  • जर्मनी (सन् २०२४ फेब्रुअरी) 
  • विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र यसअघि जापान थियो । 
  • जापानको जिडिपी अहिले ४२ खर्ब डलर रहेको छ भने जर्मनीको जिडिपी ४५ खर्ब डलर पुगेको छ । 
  • अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क अनुसार अर्थतन्त्रका हिसाबले प्रमुख १० ठुला राष्ट्र (सन् २०२४ फेब्रुअरी)

२. नेपाल र स्विट्जरल्यान्डबिच द्विपक्षीय हवाई सम्झौता कहिले भएको हो?

  • विसं २०८० माघ २३ 
  • यससँगै नेपालसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको सङ्ख्या ४२ पुगेको छ।
  • सम्झौतासँगै नेपाल र स्विट्जरल्यान्डबिच सिधा उडान गर्न बाटो खुला भएको छ।
  • नेपालले ४२ देशसँग द्विपक्षीय हवाई सम्झौता गरे पनि १५ देशमा मात्र उडान भर्दै आइरहेको छ। 

३. त्रिमूर्ति निकेतनले देवकोटा काव्य पुरस्कार–२०८० कसलाई प्रदान गर्यो?

  • जयप्रसाद पाण्डे
  • त्यसै गरी लेखनाथ पौड्याल पुरस्कार प्रा. मुकुन्दशरण उपाध्याय र बालकृष्ण सम पुरस्कार हरिबहादुर थापालाई प्रदान गरिएको छ। 
  • पुरस्कृत स्रष्टालाई ताम्रपत्र र जनही एक लाख रुपियाँ नगद राशि प्रदान गरिएको छ। 

४. हाल रेडियो नेपालबाट कति भाषामा समाचार प्रसारण हुने गरेको छ?

  • २२
  • विसं २०८० फागुन २ देखि बज्जिका भाषामा समाचार प्रसारण हुन थालेको छ। 
  • मधेश प्रदेशका रौतहट, बारा र सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदाय बस्छन्। 
  • जनगणना २०७८ अनुसार नेपालमा बज्जिका भाषा बोल्ने नागरिकको सङ्ख्या करिब ११ लाख ३३ हजार रहेको छ।
  • मधेश प्रदेशमा मैथिली र भोजपुरीपछि धेरै बोलिने भाषाका रूपमा बज्जिका रहेको छ। बज्जिका नेपालमा धेरै बोलिने भाषाको सूचीमा छैटौं स्थानमा रहेको छ। 
  • रेडियो नेपालले यसअघि २१ भाषामा समाचार तथा २० भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ।

५. भरतपुर महानगर र माडी नगरबिच भगिनी सम्बन्ध कहिले कायम भएको हो?

  • विसं २०८० माघ २५
  • १० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। 
  • भगिनी सम्बन्धको अवधि पाँच वर्ष रहेको छ।

८. हाल (सन् २०२४ फेबु्रअरी) संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा धेरै सुरक्षाकर्मी पठाउने सूचीमा पहिलो स्थानमा रहन सफल राष्ट्र कुन हो?

  • नेपाल 
  • राष्ट्रसङ्घीय तथ्याङ्क अनुसार नेपाली सुरक्षाकर्मीको सङ्ख्या छ हजार २४७ रहेको छ । यो विभिन्न मिसनमा हाल परिचालित सैनिक, प्रहरी र सशस्त्र प्रहरीको सङ्ख्या हो ।
  • धेरै सुरक्षाकर्मी पठाउने सूचीमा बङ्गलादेश (छ हजार १९७) दोस्रो र भारत (छ हजार ७३) तेस्रो स्थानमा रहेका छन्। त्यस्तै रुवान्डा चौथो र पाकिस्तान पाँचौँ स्थानमा रहेका छन् । 

७. अरनिको अन्तर्राष्ट्रिय पुरस्कार–२०७९ प्राप्त गर्ने स्रष्टा को हुनुहुन्छ?

  • विजय हितान (लाहुरे दाइको रेलिमाई उपन्यासका लागि)

८. नेपाली वनस्पतिका पिता भनी कसलाई चिनिन्छ?

  • बुखानन ह्यामिल्टन

९. अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन कहिले र कहाँ सम्पन्न भयो?

  • विसं २०८० फागुन ३–५, धुलिखेल 
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसको उद्घाटन गर्नुभएको थियो।
  • धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको परिसरमा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सम्पन्न भयो।
  • भारतीय विश्वविद्यालय सङ्घको आयोजनामा भएको सम्मेलनमा नेपाल, भारतसहित विभिन्न देशका १५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको सहभागिता रहेको थियो।

१०. दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गर्ने नेपालका पहिलो निजामती कर्मचारी को हुन्?

  • बमबहादुर विक (सन् २०२४ फेब्रुअरी १३)
  • रुकुम पश्चिम स्थायी घर भएका विक काभ्रेको खानीखोला गाउँपालिकामा लेखापालको जिम्मेवारीमा रहनुभएको छ।
  • एकान्कागुवा हिमालको उचाइ छ हजार ९६२ मिटर रहेको छ । 
  • उहाँले यसअघि अफ्रिकाको अग्लो चुचुरो किलिमञ्जरोको समेत सफल आरोहण गर्नुभएको छ। 

११. सङ्घीय संसद्को महासचिवमा कसलाई नियुक्त गरियो?

  • पद्मप्रसाद पाण्डेय (विसं २०८० माघ २३)

१२. राष्ट्रिय महिला उद्यमी सम्मेलन कहिले र कहाँ सम्पन्न भयो?

  • विसं २०८० फागुन ४ र ५, भैरहवा 

१३. विसं २०८० माघमा सम्पन्न प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि कसले जित्यो?

  • त्रिभुवन विश्वविद्यालय 
  • त्रिभुवन विश्वविद्यालय १८ स्वर्ण, आठ रजत र तीन कांस्य पदक जितेर च्याम्पियन बनेको छ । 
  • राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय दोस्रो (तीन स्वर्ण, चार रजत र नौ कांस्य) र लुम्बिनी बौद्ध विश्वविद्यालय तेस्रो (एक स्वर्ण, दुई रजत र दुई कांस्य) भएका छन् । 
  • खेल सञ्चालनः विसं २०८० माघ २२ र २३, काठमाडौँ।
  • खेल सङ्ख्याः ४ (एथ्लेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन) 
  • सहभागी विश्वविद्यालयः १० (त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालय) 

१४. नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने महिला क्रिकेटर को हुनुहुन्छ?

  • रुबिना क्षेत्री बेल्बासे
  • सन् २०२४ फेब्रुअरीमा मलेसियामा आयोजित एसिसी प्रिमियर कपमा ११८ रनको शतकीय इनिङ्स खेलेर पूर्वकप्तान रुबिना क्षेत्री बेलबासेले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने रेकर्ड आफ्नो नाममा राख्नुभएको छ। 
  • माल्दिभ्सविरुद्ध २१४ रनको विशाल अन्तरको जित निकाल्दा रुबिनाले सो रेकर्ड कायम गर्नुभएको हो। 
  • रुबिना नेपालका लागि अन्तर्राष्ट्रिय टी–२० खेलको एकै खेलमा सर्वाधिक चौका र छक्का प्रहार गर्ने क्रिकेटरसमेत बन्नुभएको छ। 
  • सो खेलमा नेपालको महिला टोलीको अन्तर्राष्ट्रिय टी–२० फम्र्याटमा सर्वाधिक ठुलो २२७–४ को योगफलको रेकर्ड पनि कायम भएको छ। 

१५. सन् २०२४ फेब्रुअरीमा कतारमा सम्पन्न एसिया कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो?

  • आयोजक कतार 
  • कतारले जोर्डनमाथि ३–१ को जित निकाली लगातार दोस्रो पटक उपाधि हात पारेको हो ।
  • फाइनल खेलमा कतारका स्ट्राइकर अफिफले ह्याट्रिक गरेका छन् । उनले तीन वटै गोल पेनाल्टीद्वारा गरेका हुन्। 

१६. सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८० कसलाई प्रदान गरियो?

  • सुप्रिम मल्ल (नगद ५० हजार रुपियाँ र सम्मानपत्र)

१७. विसं २०८० माघ २९ मा सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० अनुसार गरिबीको रेखामुनि रहेको जनसङ्ख्या कति रहेको छ?

  • २०.२७ प्रतिशत
  • तेस्रो जीवनस्तर सर्वेक्षण २०६६/६७ अनुसार नेपालको गरिबी २५.१६ प्रतिशत रहेको छ । 
  • करिब डेढ दशकमा गरिबीको दर जम्मा ५.१३ प्रतिशत बिन्दुले मात्रै घटेको छ । 
  • २०४५ मा कुल जनसङ्ख्याको ४२ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेकोमा २०६९ मा आइपुग्दा २३.८ प्रतिशतमा झरेको थियो । 
  • गरिबीको दर सहरी क्षेत्रमा १८.१४ प्रतिशत छ भने ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत देखिएको छ । 
  • कृषि क्षेत्रमा रोजगारी गर्नेहरू सबैभन्दा बढी ३७.८१ प्रतिशत र सेवा क्षेत्रमा स्वरोजगार रहेका सबैभन्दा कम ७.२६ प्रतिशत गरिब छन् । 
  • निरक्षर जनसङ्ख्या सबैभन्दा बढी ३२.३२ प्रतिशत एवं स्नातक वा सोभन्दा बढी पढेका सबैभन्दा कम ७.२६ प्रतिशत गरिब । 
  • परिवारको सदस्य सङ्ख्या सात वा सोभन्दा बढी रहेको जनसङ्ख्या सबैभन्दा बढी २९.९२ प्रतिशत गरिब र एक जना मात्रै रहेको जनसङ्ख्या सबैभन्दा कम ७.२६ प्रतिशत गरिब । 
  • धनी र गरिबबिचको असमानता नाप्ने गिनी सूचक ०.३० (यसअघि ः ०.३३) रहेको छ । 
  • प्रतिवर्ष प्रतिव्यक्ति ७२ हजार ९०८ रुपियाँभन्दा कम खर्च गर्ने नागरिक गरिब अन्तर्गत वर्गीकरण गरिएको छ।

१८. पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले पहिलो पटक मन्त्रीपरिषद्को कार्यालयभन्दा बाहिर कहाँ मन्त्रीपरिषद्को बैठक आयोजना गर्यो ?

  • पञ्चकोट (बागलुङ) 
  • २०८० माघ २९ मा सर्वसिद्धिधाम पञ्चकोटमा मन्त्रीपरिषद् बैठक बसेको छ । 
  • प्रदेशभित्रका ऐतिहासिक धार्मिक पुरातात्त्विक, पर्यटकीय स्थलको प्रवर्धन गर्न प्रदेशका विभिन्न ठाउँमा बैठक गर्ने योजना अनुसार पञ्चकोटमा बैठक बसेको जनाइएको छ।

१९. सन् २०२४ फेब्रुअरीमा सम्पन्न आईसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो?

  • अस्ट्रेलिया 
  • फेब्रुअरी ११ मा भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ७९ रनले हराएर सो उपाधि जितेको हो । 
  • अस्ट्रेलियाले चौथो पटक यु–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ। सन् २०१० पछि भने अस्ट्रेलिया पहिलो पटक च्याम्पियन बनेको छ। 

Post a Comment

0 Comments