Advertisement

नेपाल समाचारपत्र वस्तुगत, १५ माघ २०८०

१. ग्रिन हाइड्रोजन नीति-२०८० कहिले स्वीकृत भएको हो?

  • २०८० माघ ३ गते

२. ५ किलोग्राम पानीबाट कति हाइड्रोजन निकाल्न सकिन्छ?

  • १ किलोग्राम (१ किलो हाइड्रोजन इन्धन उत्पादन गर्न करिब ५० युनिट बिजुली आवश्यक पर्ने)

३. विश्वमा शुद्ध नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड पाउने पहिलो व्यक्ति को हुन्?

  • कनिथ युजिन स्मिथ (अमेरिकाको अलाबामा राज्यले हत्यामा दोषी ठहर भएका ५८ वर्षीय स्मिथलाई नाइट्रोजन ग्यासको प्रयोग गरेर तथा नाइट्रोजन हाइपोक्सियाको विधिद्वारा मृत्युदण्ड दिएको)

४. बोलिभियाका पहिलो आदिवासी राष्ट्रपति को हुन्?

  • इभो मोरालेस

५. प्रोबा-३ मिसन के सँग सम्बन्धित छ?

  • कृत्रिम सूर्यग्रहणको सिर्जना

६. आणविक ऊर्जाबाट चल्ने पहिलो ब्याट्री उत्पादन गर्ने पहिलो कम्पनी कुन हो?

  • बेटाभोल्ट (यो ब्याट्रीले १ सय माइक्रोवाट ऊर्जा उत्पादन गर्ने, सन् २०२५ सम्म १ वाट पुयाउने लक्ष्य राखिएको)

७. वागमती प्रदेशले नेपाली भाषाको अतिरिक्त कुन-कुन भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरेको छ?

  • तामाङ र नेपाल भाषा

८. नेपाल पर्यटन बोर्डले रेन्बो टुरिजम एम्बेसडर कसलाई घोषित गरेको छ?

  • सुनीलबाबु पन्त

९. नेपाल अफगानिस्तानलाई कति विकेटले पराजित गर्दै यु-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको थियो?

  • एक विकेट

१०. बुटवल उपमहानगरपालिकाले प्रयोगमा ल्याएको नगर प्रतीक चिह्न कसले बनाएका हुन्?

  • सौरभ न्यौपाने (प्रतीक चिह्नमा बुटवलको नेपाल-अंग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्द सेन, बुटवल शहर, तिनाउ नदीजस्ता संकेत रहेको)

११.सोहराय पर्व कुन जातिले मनाउने पर्व हो?

  • सन्थाल

१२. राइनासकोट कुन जिल्लामा पर्दछ?

  • लमजुङ

Post a Comment

0 Comments