Advertisement

नेपाल समाचारपत्र विषयगत, १५ माघ २०८०*

१. थुनछेकका सिद्धान्तहरू के-के हुन्? थुनछेकका उद्देश्यमाथि प्रकाश पार्दै थुनामा राखी पुर्पक्ष गर्न सकिने अवस्था एवं थुनाका अपवादात्मक व्यवस्था र धरौट, जमानत वा बैंक जमानतको रकम तोक्ने आधार उल्लेख गर्नुहोस्।

पृष्ठभूमि

बयान लिने कार्य सम्पन्न भएपछि प्रतिवादीको कानुन व्यवसायी र जाहेरवाला अर्थात् पीडित पक्षको तर्फबाट सरकारी वकिलले बहस गरिसके पश्चात् अभियुक्तलाई तारेख वा धरौट वा थुनामा राखेर मुद्दाको कारबाही अगाडि बढाउने भनी गरिने आदेशलाई थुनछेक आदेश भनिन्छ।

थुनछेकका सिद्धान्तहरु

दोषी ठहर नभएसम्म निर्दोष मानिने

धरौटयोग्य अपराधमा धरौट पक्षको अधिकार

धरौट अयोग्य अपराधमा धरौट स्वविवेकीय अधिकार

धरौट स्वीकार वा इन्कार गर्दा कारण खोल्न पर्ने

धरौट तिर्न सक्ने क्षमताको आधारमा माग्नुपर्ने

गरिबीको अपराधीकरण नहोस् भन्ने उद्देश्यले जेथा स्वीकार गर्नुपर्ने

Post a Comment

0 Comments