Advertisement

बजेट तर्जुमा प्रक्रियाका चरण

बजेट तर्जुमा प्रक्रियाका चरण

  • समष्टिगत आर्थिक अवस्थाको विश्लेषणको आधारमा आगामी आ.व. को कुल बजेटको सीमा निर्धारण र मन्त्रालय/निकायगत सीमा वितरण,
  • केन्द्रिय निकायले योजना आयोगबाट बजेट मार्गदर्शन प्राप्त भएपछि वार्षिक बजेट तथा कार्यक्रम र मध्यमकालीन खर्च संरचना तर्जुमा गर्नु पर्ने,
  • केन्द्रिय निकायले आगामी आर्थिक वर्षको लागि बजेट तथा कार्यक्रम र मध्यमकालीन खर्च संरचना प्रस्ताव गरी पठाउन अवधि तोकी मार्गदर्शन तथा ढाँचासहित मातहतको कार्यालयलाई लेखी पठाउने,
  • बजेट मार्गदर्शन प्राप्त भएपछि प्रत्येक कार्यालयले वार्षिक बजेट तथा कार्यक्रम र मध्यमकालीन खर्च संरचना तर्जुमा गरी तालुक मन्त्रालय वा निकायमा पठाउने,
  • बजेट तर्जुमा गर्दा आगामी आर्थिक वर्षमा कार्यान्वयन गरिने कार्यक्रम वा आयोजनाको लक्ष्य र कुल लागत, गत आर्थिक वर्षसम्मको प्रगति, चालू आर्थिक वर्षको लक्ष्य र छ महिनासम्मको प्रगति विवरण बजेटमा समावेश गर्नु पर्ने,
  • लेखा उत्तरदायी अधिकृतले तर्जुमा गरेको र मातहत कार्यालयबाट प्राप्त बजेट तथा कार्यक्रम र मध्यमकालीन खर्च संरचनाको विश्लेषण तथा जाँच गरी बजेट मार्गदर्शन र आवधिक योजना अनुरूप उपलब्धिमूलक भए वा नभएको यकीन गरी त्यस्तो बजेट तथा कार्यक्रम स्वीकृत गरी अर्थ मन्त्रालय र योजना आयोगमा पठाउने,
  • स्वीकृत बजेट तथा कार्यक्रम पठाउँदा बजेट मार्गदर्शनको आधारमा त्रैमासिक विभाजनसहित मन्त्रालयगत बजेट सूचना प्रणाली (LMBIS) मार्फत पठाउने,
  • सबै केन्द्रीय निकायबाट बजेट तथा कार्यक्रम प्राप्त भएपश्चात अर्थ मन्त्रालयले आवश्यक छलफल तथा विश्लेषण समेत गरी बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिने,
  • अर्थ मन्त्रालयले बजेट विवरणमा आवश्यक थपघट गर्दा सम्बन्धित केन्द्रिय निकायलाई सोही बमोजिम कार्यक्रम समायोजन गर्न लगाउने,
  • संसद र संसदीय समितिमा पूर्व बजेट छलफल गरी आवश्यक निर्देशन लिने,
  • अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रुप दिई मन्त्रिपरिषदबाट स्वीकृत गरी संसदमा पेश गर्ने,
  • संसदमा विनियोजन विधेयक, आर्थिक विधेयक, पेश्की खर्च विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक माथि छलफल गरी बजेट पारित गर्ने,
  • पारित बजेट राष्ट्रपतिबाट प्रमाणिकरण भए पश्चात कार्यान्वयनमा जाने।

Post a Comment

0 Comments