Advertisement

गोरखापत्र वस्तुगत, २३ फागुन २०८०*

 १. पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा को निर्वाचित भएका छन् ? 


सहवाज सरिफ


पाकिस्तान मुस्लिम लिग– नवाज (पिएमएल–एन) का नेता सहवाज दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । 


इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) ले समर्थन गरेका उम्मेदवार उमर अयुवलाई पराजित गर्दै सहवाज सन् २०२४ मार्च ३ मा पाकिस्तानको २४ औँ प्रधानमन्त्री चयन भएका छन् । उनी पूर्वप्रधानमन्त्री नवाज सरिफका सहोदर भाइ हुन् ।


सहवाज यसअघि सन् २०२२ अप्रिलमा इमरान खानको सरकार ढलेपछि प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी तीन पटकसम्म पञ्जाव प्रान्तको मुख्यमन्त्री बनेका थिए । 




२. अलि मियाँ लोक वाङ्मय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ? 


नारायण रायमाझी (पुरस्कार राशि : रु. ५० हजार)




३. चर्चित भारतीय टिभी रियालिटी सो इन्डियन आइडल सिजन–१४ को उपाधि विजेता को हुन् ? 


वैभव गुप्ता


उपाधिसँगै उनले २५ लाख भारु र मारुतीको ब्रेजा कार प्राप्त गरेका छन् । 


सन् २०२४ मार्च ३ मा भएको फाइनलमा शुभदीप दास फस्र्ट रनरअप, पियुष पनवार सेकेन्ड रनरअप एवं अनन्या शोकी थर्ड रनरअप भएका छन् । 


फस्र्ट रनरअप र सेकेन्ड रनरअप विजेताले क्तमशः पाँच÷पाँच लाख भारु तथा थर्ड रनरअपले तीन लाख भारु पुरस्कार प्राप्त गरेका छन् । 


सो प्रतियोगितामा नेपाली चेली मेनुका पौडेल उत्कृष्ट १० मा पुगेर बाहिरिनुभएको थियो । 




४. महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८० बाट कसलाई सम्मानित गरियो ? 


पूर्वराष्ट्रपति डा. रामवरण यादव


त्यसै गरी योगप्रसाद उपाध्यायलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०७९, समाजसेवी दुर्गा घिमिरेलाई प्रेमसागरी देवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८० र सङ्गीत साधक सरिता मिश्रलाई प्रेमसागरी देवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०७९ प्रदान गरिएको छ । 




५. नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो ?


दाङ




६. संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन (एफएओ) ले बालीको रोग पत्ता लगाउन सञ्चालनमा ल्याएको एप्स कुन हो ?


टेलिप्लान्ट डाक्टर (सन् २०२४ फेबु्रअरी)


सो एप्समा हाल विभिन्न १० वटा रोगका बारेमा विश्लेषण गरेर राखिएका छन् ।


एप्सले जिआइएस, रिमोट सेन्सर र जलवायु डेटा प्रयोग गरेर स्थानीय रूपमा जीवाणु र रोगका लागि भविष्यवाणी गर्ने प्रणालीका रूपमा काम गरेको छ ।




७. भारतको कुन ठाउँमा सबैभन्दा ठुलो सोलार प्लान्ट निर्माण गरिएको छ ?


गुजरात 


भारतीय धनाढ्य गौतम अडानीको कम्पनी अडानी ग्रिन इनर्जी लिमिटेडले विश्वको सबैभन्दा ठुलो नवीकरणीय ऊर्जा परियोजना सञ्चालन गरेको छ । 


गुजरातको खावडामा बनेको यो परियोजना अहिले ५५१ मेगावाट क्षमताको रहेको छ । 


परियोजनाबाट ३० गेगावाट क्लिन इनर्जी उत्पादन हुने र यसबाट १.८ करोड घरमा विद्युत् आपूर्ति हुने जनाइएको छ ।


अनुमानित लागत २.२६ अर्ब डलर रहेको छ ।




८. तनहुँका अन्तिम राजा हरकुमारदत्त सेन हुन् भने पाल्पाका अन्तिम राजा को हुन् ? 


पृथ्वीपाल सेन 




९. नेपाल टेलिभिजनद्वारा साप्ताहिक रूपमा संस्कृत भाषामा समाचार प्रसारण गर्न कहिलेदेखि थालिएको हो ?


विसं २०७५ असोज ६




१०. नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान ककसलाई प्रदान गरियो ?


गीतकार आनन्द अधिकारी, सुनील थापा, भूषण खरेल, राम भट्टराई र वसन्त वित्यासी थापा, वाद्यवादक केशव सुनाम, कुमार सिंह र सुवर्ण लिम्बू, परम्परागत सङ्गीतकार धर्म मुनिकर र गायक सुदेश शर्मा 


त्यसै गरी नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी र गायिका बानिका प्रधान तथा सङ्गीतकार राजनराज शिवाकोटीलाई प्रदान गरिएको छ ।


नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, सङ्गीतकार शशिविव्रmम थापा र रेकर्डिस्ट प्रकाश मिश्र पुरस्कृत भएका छन् । 


नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार ः लोक गायक अमृत खाती 


नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार ः पत्रकारद्वय शान्तिप्रिय र कृष्ण भट्टराई 


सबै सम्मान र पुरस्कारको राशि ११,१११ रुपियाँ छ । 


सङ्गीत साधक नातिकाजीको नाममा स्थापित सम्मान तथा पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रदान गरिएको छ । 




११. १८ औँ संस्करणको सफल पोखरा म्याराथनमा पहिलो हुने धावक को हुन् ?


केन्याली धावक जुलियास मुरियाली वाहोम


यस म्याराथनमा पहिलोदेखि तेस्रो स्थानसम्म नै केन्याली खेलाडीले कब्जा जमाएका छन् । 


प्रथम हुने जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गरेका छन् । 


दोस्रो हुने केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेन्डको समय निकाले भने केन्याकै इडविन किप्लागटले थप ४० सेकेन्ड समय लगाउँदा तेस्रो भए । 


नेपालका किरणसिंह बोगटी २ घण्टा २४ मिनेट ०२ सेकेन्डमा म्याराथन पुरा गर्दै चौथो स्थान हासिल गर्न सफल भए । 




१२. अध्यागमन विभागद्वारा ई–भिसा सेवाको शुभारम्भ कहिले गरियो ?


विसं २०८० माघ २६


तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा काठमाडौँ कालिकास्थानस्थित विभागमा ई–भिसा सेवाको शुभारम्भ गरिएको हो ।


यो सेवा सुरु भएपछि संसारका जुनसुकै देशबाट विदेशी नागरिकले अनलाइनमार्पmत भिसा आवेदन गर्न, भिसा शुल्क बुझाउन, सबै प्रकारका सेवा शुल्क तथा जरिबाना नेपालका मोबाइल बैङ्किङ र वालेट सेवा प्रदायकमार्पmत अनलाइन भुक्तानी गर्न 


सक्ने छन् ।


विभागले यसलाई इटिए (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन) भनेको छ । यो ई–भिसाको पूर्वाभ्यास हो । विदेशबाट पनि भिसाबापतको शुल्क भुक्तानी गर्न सक्ने प्रणाली (सरकारले डलर खाता सञ्चालन गरेपश्चात्) विकास गरिएपछि यसलाई ई–भिसा नै भनिने छ ।




१३. मोरङ जिल्लामा बहने बक्राहा नदीलाई भारतमा के नामले चिनिन्छ ?


लुना




१४. सिएनएन हिरो उपाधिबाट सम्मानित पहिलो व्यक्ति को हुन् ?


पाब्लो फजार्डो (इक्वेडर)




१५. द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ? 


एकराजशमशेर र ब्रह्मशमशेर 




१६. काठमाडौँ उपत्यकाको सबैभन्दा ठुलो सबस्टेसन कहाँ निर्माण गरिएको छ ?


मातातीर्थ 


नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइन आयोजना अन्तर्गत चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ ।


त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मातातीर्थ सवस्टेसन निर्माण गरिएको हो ।




१७. सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा कोरियोग्राफीको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल कोरियोग्राफर को हुन् ?


छिरिङ शेर्पा 


२०८० फागुन १४ मा रामचन्द्र पौडेलले उहाँलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गर्नुभयो । 


छिरिङ र जगदीश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा पाँच हजार २७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफी डान्स अन ल्यान्ड (पेयर)’ को रेकर्ड राख्नुभएको थियो । 


दर्जन म्युजिक भिडियोमा समेत अभिनय 


गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुनु हुन्छ ।


उहाँ टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेतासमेत हुनुहुन्छ । 




१८. प्रतिसेकेन्ड उत्पन्न हुने तरङ्गको सङ्ख्यालाई के भनिन्छ ?


आवृत्ति (फ्रिक्वेन्सी)


(आवृत्तिलाई हर्ज एकाइमा नापिन्छ । हर्जभन्दा ठुला एकाइ किलोहर्ज र मेगाहर्ज हुन् ।)




१९. सैपाल हिमाल र उराई भञ्ज्याङ कुन जिल्लामा रहेका छन् ? 


बझाङ

Post a Comment

0 Comments