Advertisement

राजस्व परामर्श समिति, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जूमा समिति (संरचना, काम, कर्तव्य र अधिकार)

(क) राजस्व परामर्श समितिः आन्तरिक आयको अनुमान गर्ने

  • राजस्व परामर्श समितिको संरचना र काम, कर्तव्य र अधिकार
    • गाउँ/नगर कार्यपालिकाको उपाध्यक्ष/उपप्रमुखसंयोजक
    • गाउँ/नगर कार्यपालिकाको कार्यकारी अधिकृतसदस्य
    • गाउँ/नगर कार्यपालिकाले तोकेको एक जना महिला सहित २ जनासदस्य
    • स्थानीय उद्योग वाणिज्य संघका प्रमुख वा प्रतिनिधिसदस्य
    • स्थानीय नेपाल चेम्वर अफ कमर्सका प्रमुख वा प्रतिनिधिसदस्य
    • गाउँ/नगर कार्यपालिकाको राजस्व विभाग र शाखा प्रमुखसदस्य सचिव

काम, कर्तव्य र अधिकार

ü  राजस्व सम्बन्धी नीति तथा कानुन तर्जूमा, संशोधन, परिमार्जन र सोको परिपालनाका सम्बन्धमा आवश्यक परामर्श प्रदान गर्ने ।

ü  राजस्वका श्रोत, दायरा र दर समेतको विश्लेषण गरी आगामी आर्थिक वर्षमा प्राप्त हुन सक्ने राजस्वको अनुमान गर्ने ।

ü  राजस्वका दर र क्षेत्र लगायतका आधारमा आन्तरिक आयको विश्लेषण र अनुमान गर्ने ।

ü  स्थानीय उद्योग तथा व्यवसाय प्रवर्धन र रोजगारी सिर्जनामा योगदान दिने किसिमको कर नीति अवलम्वन गर्न परामर्श दिने ।

ü  कर राजस्व, गैरकर राजस्व, सेवा शुल्क, दस्तुर आदिको दर निर्धारण गरी सिफारिस गर्ने ।

ü  राजस्व प्रशासन सुधारका लागि अन्य आवश्यक सुझावहरु पेश गर्ने ।

(ख) श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिः कुल श्रोत अनुमान तथा बजेट सीमा निर्धारण

§  गाउँ/नगर कार्यपालिकाको अध्यक्ष/प्रमुखसंयोजक

§  गाउँ/नगर कार्यपालिकाको उपाध्यक्ष/उपप्रमुखसदस्य

§  गाउँ/नगर कार्यपालिकाको कार्यकारी अधिकृतसदस्य

§  गाउँ/नगर कार्यपालिकाका सदस्यहरु मध्येबाट तोकेको महिला, दलित वा अल्प संख्यकवाट प्रतितिधित्व हुने गरी वढीमा ३ जनासदस्य

§  गाउँपालिका वा नगरपालिकामा योजना हेर्ने महाशाखा वा शाखा प्रमुखसदस्य सचिव

काम, कर्तव्य र अधिकार

  • आन्तरिक आय, राजस्व वाँडफाडबाट प्राप्त हुने आय, संघीय तथा प्रदेश सरकारबाट प्राप्तहुने वित्तीय हस्तान्तरण, आन्तरिक ऋण तथा अन्य आयको प्रक्षेपण गर्ने ।
  • राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता र स्थानीय आवश्यकतालाई मध्यनजर गरि प्रक्षेपित स्रोत र साधनको सन्तुलित वितरणको खाका तय गर्ने ।
  • आगामी आर्थिक वर्षको लागि श्रोत अनुमानको आधारमा बजेटको कुल सीमा निर्धारण गर्ने
  • विषय क्षेत्रगत बजेटको सीमा निर्धारण गर्ने ।
  • संघीयरप्रदेश सरकारबाट प्राप्त मार्गदर्शन, स्थानीय आर्थिक अवस्था, आन्तरिक आयको अवस्था समेतको आधारमा बजेट तथा कार्यक्रमको प्राथमिकिकरणका आधार तय गर्ने ।
  • विषय क्षेत्रगत बजेट तर्जुमा सम्बन्धित मार्गदर्शन तय गर्ने ।
  • श्रोत अनुमान तथा वजेट सीमा निर्धारण सम्वन्धी स्थानीय तहको आवश्यकता र निर्णय वमोजिमका अन्य कार्यहरु गर्ने ।

(ग) बजेट तथा कार्यक्रम तर्जूमा समितिः एकिकृत बजेट तथा कार्यक्रम तर्जूमा

  • गाउँ/नगर कार्यपालिकाको उपाध्यक्ष/उपप्रमुखसंयोजक
  • विषयगत क्षेत्र हेर्ने गाउँ/नगर कार्यपालिकाका सदस्यहरु ६ जना सदस्य
  • गाउँ/नगर कार्यपालिकाको कार्यकारी अधिकृतसदस्य सचिव

काम, कर्तव्य र अधिकार

§  आगामी आ.व.को नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने ।

§  श्रोत अनुमान समितिले दिएको बजेट सीमा भित्र रहि बजेट तथा कार्यक्रमको प्राथमिकिकरण गर्ने ।

§  बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषयक्षेत्रगत रुपमा छलफल गर्ने व्यवस्था मिलाई अन्तिम प्रस्ताव तयार गरि गाउँ र नगर कार्यपालिकमा पेश गर्ने ।

§  योजना तथा कार्यक्रममा दोहोरोपना हुन नदिने व्यवस्था मिलाउने तथा योजना कार्यक्रमबीच आपसी तादम्यता तथा परिपूरकता कायम गर्ने ।

§  बजेट तथा कार्यक्रम तर्जुमा सम्वन्धी स्थानीय तहको आवश्यकता र निर्णय वमोजिमका अन्य कार्यहरु गर्ने

§  बिषयक्षेत्रगत सूची तयार गर्ने,

§  वडावाट नआएका तर महत्वपुर्ण योजनाहरु थप गर्न सकिने,

§  एकिकृत बजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा बिषय क्षेत्रगत कार्य समूह गठन गरि छलफलको व्यवस्था मिलाउने,

विषयगत योजना तर्जुमा कार्यसमूहः

  • विषयगत क्षेत्र हेर्ने सदस्यसंयोजक
  • गाउँ/नगर सभाका कम्तिमा १/१ जनासदस्य
  • महिला तथा दलित सदस्य सहित ३ जनासदस्य
  • बजेट तथा कार्यक्रम समितिले तोकेको सम्बन्धित विषय हेर्ने विभाग र महाशाखा र शाखाका प्रमुखसदस्य सचिव

 

 

 


Post a Comment

0 Comments