Advertisement

चालु आवधिक योजना अनुसार समृद्धि र सुखको बुझाइ र दिर्घकालीन राष्ट्रिय रणनीति

प्रश्न. नेपालको चालु आवधिक योजनाको दीर्घकालीन सोच “समृद्ध नेपाल र सुखी नेपाली” रहेको सन्दर्भमा उक्त योजनामा ‘समृद्धि’ र ‘सुख’ लाई कसरी बुझाइएको छ, उल्लेख गर्नुहोस, साथै चालु आवधिक योजनाको दीर्घकालीन राष्ट्रिय रणनीति लेख्नुहोस। (५+५ =१०)

विषय प्रवेश

चालु आवधिक पन्ध्रौं योजनामा समृद्धि र सुखको बुझाइ देहाय अनुसार गरिएको छ।

समृद्धिप्रतिको बुझाइ:

  • सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तरआवद्धता
  • मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग
  • उच्च र दिगो उत्पादन तथा उत्पादकत्व
  • उच्च र समतामूलक राष्ट्रिय आय

सुखप्रतिको बुझाइ:

  • परिष्कृत तथा मर्यादित जीवन
  • सुरक्षित, सभ्य र न्याययपूर्ण समाज
  • स्वास्थ्य र सन्तुलित पर्यावरण
  • सुशासन
  • सबल लोकतन्त्र
  • राष्ट्रिय एकता, सुरक्षा र सम्मान

चालु आवधिक योजनाको दीर्घकालीन राष्ट्रिय रणनीति

चालु आवधिक योजनाको दीर्घकालीन राष्ट्रिय रणनीतिहरु देहाय अनुसार रहेका छन् :

१. तीब्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने,

२. सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चिता गर्ने,

३. आन्तरिक तथा अन्तरदेशीय अन्तरआवद्धता एवम् दिगो शहर बस्ती विकास गर्ने,

४. उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने,

५. पूर्ण दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण गर्ने,

६. गरिवी निवारण र आर्थिक सामाजिक समानता सहितको न्यायपूर्ण समाज निर्माण गर्ने,

७. प्राकृतिक श्रोतको संरक्षण र परिचालन तथा उत्थानशीलता विकास गर्ने,

८. सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता सम्बर्द्धन गर्ने।

Post a Comment

0 Comments