प्रश्न. आर्थिक प्रशासनको क्षेत्र र कार्यलाई बुँदागत रुपमा उल्लेख गर्दै नेपालमा आर्थिक प्रशासनका क्षेत्रमा संलग्न निकायहरु र तिनका प्रमुख भूमिकालाई छोटकरीमा प्रस्तुत गर्नुहोस। (५+५ =१०)
आर्थिक प्रशासनको परिचयः
आर्थिक स्रोत साधनको सङ्कलन, बाँडफाँड, उपयोग, लेखाङ्कन, प्रतिवेदन, मूल्याङ्कन र पृष्ठपोषणको समग्र पक्ष नै आर्थिक प्रशासन हो । सार्वजनिक प्रशासनको अभिन्न अङ्गको रुपमा रहेको आर्थिक प्रशासन राज्यको आय, व्ययको व्यवस्थापन, आर्थिक वृद्धि, आर्थिक स्थायित्व र सामाजिक न्याय हासिल गर्ने प्रमुख माध्यमका रुपमा रहेको हुन्छ।
आर्थिक प्रशासनको क्षेत्र र कार्य
आर्थिक प्रशासनको क्षेत्र तथा कार्यलाई देहाय अनुसार प्रस्तुत गरिएको छ:
(क) आर्थिक प्रशासनको क्षेत्र
१. आर्थिक योजना
२. बजेट व्यवस्थापन
३. सार्वजनिक खर्च व्यवस्थापन
४. लेखाङ्कन र प्रतिवेदन
५. आन्तरिक नियन्त्रण
६. लेखापरीक्षण
(ख) आर्थिक प्रशासनको कार्य
१. वित्तीय स्रोत साधनको अनुमान र पहिचान
२. वित्तीय स्रोत साधनको प्राप्ति
३. वित्तीय स्रोत साधनको बाँडफाँड
४. कोष व्यवस्थापन
५. खर्च/उपयोग
६. लेखापालन
७. आन्तरिक नियन्त्रण
८. प्रतिवेदन
९. लेखापरीक्षण
१०. जनशक्ति व्यवस्थापन
नेपालमा आर्थिक प्रशासनका क्षेत्रमा संलग्न निकाय र तिनको भूमिका
नेपालमा आर्थिक प्रशासनका क्षेत्रमा संलग्न निकाय र तिनको भूमिकालाई देहाय बमोजिम प्रस्तुत गरिएको छ:
निकायका मुख्य भूमिका
१. संसद (समिति समेत)— आय—व्यय गर्ने, अख्तियारी प्रदान, सरकारलाई जवाफदेही तुल्याउने
२. राष्ट्रिय योजना आयोग— आर्थिक योजना र कार्यक्रम तर्जुमामा समन्वय गर्ने
३. अर्थ मन्त्रालय — बजेट तर्जुमा र कार्यान्वयनको अनुगमन तथा मूल्यांकन
४. सम्बद्ध निकायहरु— बजेट कार्यान्वयन
५. म.ले.नि.का. — सञ्चित कोषको सञ्चालन, लेखाङ्कन र प्रतिवेदन
६. को.ले.नि.का. — बजेट निकासा, आ.ले.प.र प्रतिवेदन
७. ने.रा.बैंक÷अन्य बैंकहरु— खाता सञ्चालन
८. म.ले.प.को कार्यालय— लेखापरीक्षण र मूल्याङ्कन प्रतिवेदन
९. अ.दु.अ.आयोग — अख्तियारको दुरुपयोग र भ्रष्टाचारजन्य कार्यको अनुसन्धान
१०. दातृ समुदाय — आर्थिक तथा प्राविधिक सल्लाह र सहयोग
११. नागरिक समाज — आर्थिक प्रशासनको सुदृढीकरणका लागि सकारात्मक दवाव सिर्जना।
निष्कर्षः
योजना बनाउने देखि लेखापरीक्षण गराउने सम्मका समग्र कार्यहरु नै आर्थिक प्रशासनको क्षेत्रभित्र पर्दछन्। वित्तीय श्रोतसाधनको अनुमान, खर्च, आन्तरिक नियन्त्रण, प्रतिवेदन, लेखापरीक्षणका लगायत माथि उल्लेखित कार्य आर्थिक प्रशासनका कार्य हुन्। सार्वजनिक श्रोतको परिचालनमा सार्वजनिक जवाफदेहिता सिर्जना हुने भएकाले माथि उल्लेखित विविध निकायहरु विभिन्न भूमिकामा रहेर आर्थिक प्रशासनका कार्यमा संलग्न भएका हुन्छन्।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.