Advertisement

नेपालको सार्वजनिक सेवा प्रवाहका समस्या र प्रभावकारी बनाउने उपाय

प्रश्न. नेपालको सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याहरु उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउने उपायबारे चर्चा गर्नुहोस। (५+५ =१०)

नेपालको सार्वजनिक सेवा प्रवाह: समस्या र प्रभावकारी बनाउने उपायहरू

सार्वजनिक सेवा प्रवाहको परिचय

सार्वजनिक निकायहरुद्धारा जनतालाई एकरुपता (Uniformity), विभेदरहित (Non Discrimination), समता (Equity), पहुँचता (Accessibility) को सिद्धान्तलाई अबलम्बन गर्दै मुनाफा आर्जन नगरिकन प्रत्यक्ष तथा परोक्ष, सशुल्क वा निशुल्क रुपमा प्रदान गर्र्ने सामाजिक, आर्थिक, कानुनी, मानवीय लगायतका सेवाहरु नै सार्वजनिक सेवा हुन। यी सेवालाई सहज, सरल, मितव्ययी, विभेदरहित तवरले नागरिकमाझ प्रदान गर्ने पद्दती एवं प्रक्रिया नै सार्वजनिक सेवा प्रवाह हो।

नेपालको सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याहरू

नेपालको सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा देखिएका समस्याहरूलाई देहाय अनुसार प्रस्तुत गरिएको छः

  • भ्रष्टाचारले सेवा वितरणको कार्यलाई दूषित बनाएको छ।
  • निर्णयको तह बढी छ र निर्णय प्रकृया जटिल छ, त्यसैले सेवा परिणाममुखी भन्दा प्रक्रियामुखी छ।
  • साधनको कुशल र अधिकतम प्रयोग भएको छैन।
  • सेवामा पारदर्शिताको अभाव र गोप्य संस्कृति हावी छ।
  • कर्मचारीमा शासकीय मनोवृत्ति हावी हुँदा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने कर्मचारीले सेवाग्राहीसँग राम्रो आचरण र व्यवहार प्रदर्शन गर्दैनन्।
  • केन्द्रमुखी र मनशासमूलक दृष्टिबाट प्रशासन संयन्त्र संचालित छ।
  • जटिल फाराम, परिपत्रको प्रभुत्व, अनावश्यक सिफारिश र प्रक्रियामूलक कार्यशैली।
  • सेवा वितरण प्रणालीमा लाभ लागत विश्लेषण हुने गरेको छैन।
  • व्यवहारिकता भन्दै कानुन मिच्ने प्रवृत्ति व्याप्त रहेको, सेवामा नातावाद कृपावाद हाबी रहेको।
  • Front Line Service Provider मा स्रोत साधनको अभाव छ । (भवन विनाको विद्यालय, पाठ्यपुस्तक विनाको कक्षाकोठा र औषधि र औजार विनाको अस्पताललाई हेरे पुग्छ)
  • सेवा प्रवाह गर्ने संयन्त्रहरू जवाफदेही, उत्तरदायी र उत्साहित हुन नसकेको।
  • अनुगमन तथा मूल्यांकन गर्ने संयन्त्र कमजोर रहेको।

नेपालको सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपायहरू:

नेपालको सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपायहरु देहाय अनुसार रहेका छन्:

  •  क्षतिपूर्ति सहितको नागरिक बडापत्रलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने।
  • दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी बनाउने।
  • सेवाको गुणस्तर कायम राख्न गुणस्तरमा Indicator तोकी मापन गर्ने परिपाटिको विकास गर्ने।
  • सेवा प्रवाहमा लाग्ने लागत, समय, प्रकृया, दूरी र सम्पर्क विन्दु घटाउने । Street Administration मा जोड दिने।
  • सेवा वितरण कार्यलाई प्रभावकारी बनाउन प्रक्रियामा पारदर्शिता कायम राख्ने।
  • Paperless Government र E-Governance मा जोड दिने।
  • मुस्कान सहितको सेवा प्रदान गर्ने संस्कृति (Smiling Movement) को विकास गर्ने।
  •  निजी क्षेत्रबाट सेवा प्रवाह गर्दा प्रभावकारी हुने कामको जिम्मा निजी क्षेत्रलाई दिने।
  • निजी र सरकारी क्षेत्र दुवैको सहयोगमा सम्पादन गर्नुपर्ने काम सार्वजनिक निजी साझेदारीमा संचालन गर्ने।
  • कार्यविधि प्रकृयामा सरलीकरण र सुधार गर्ने।
  • अनुगमन र मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाउने।
  • Single Gateway र Integrated Service प्रणालीको विकास गर्ने वा सेवा प्रवाह गर्दा एकीकृत पद्धती लाई विशेष महत्व दिने।
  • सेवा प्रणाली तयार गर्दा सेवा प्रदायकलाई होइनकी सेवा ग्राहीलाई Focus मा राख्ने।

निष्कर्ष:

राज्यको जनताप्रतिको आधारभूत दायित्व नै सार्वजनिक सेवा प्रवाह हो । नेपालको प्रशासनमा रहेको नीतिगत, संगठनात्मक, कार्यप्रणालीगत, मनोवृत्तिगत समस्याका कारण सेवा प्रवाह सरल, सहज र जनमैत्री बन्न सकेको छैन्। लोकतान्त्रिक मूल्य मान्यता, पारदर्शी कार्यशैली र प्रणालीको अबलम्बन गर्दै जनतालाई केन्द्रबिन्दूमा राखी सेवा प्रवाह सञ्चालन गरिनु आजको अपरिहार्यता हो।

Post a Comment

0 Comments