Advertisement

सार्वजनिक व्यवस्थापनका आधारभूत सिद्धान्त र नेपालको सन्दर्भ

प्रश्न. सार्वजनिक व्यवस्थापनका आधारभूत सिद्धान्तहरु उल्लेख गर्दै नेपालको सन्दर्भमा सार्वजनिक व्यवस्थापनलाई प्रभावकारी र जनमैत्री बनाउन कुन कुन पक्षमा सुधार गर्न आवश्यक देखिन्छ? व्यवहारिक उपायहरु लेख्नुहोस्। 

सार्वजनिक व्यवस्थापन

जनहितका लागि सार्वजनिक मामिलाहरुको व्यवस्थापन सार्वजनिक व्यवस्थापन हो। यसले नागरिकका हितका लागि आवश्यक पर्ने योजना, संगठन, निर्देशन लगायतका व्यवस्थापकीय क्रियाकलापहरु गर्दछ।

सन् १९८० को दशकबाट सार्वजनिक व्यवस्थापनको अवधारणा सुरुवात भएको मानिन्छ।

सार्वजनिक व्यवस्थापन सञ्चालन हुने वा मूल्यमान्यता र आदर्शहरु नै सार्वजनिक व्यवस्थापनको आधारभूत सिद्धान्त हुन्। जसलाई देहाय बमोजिम प्रस्तुत गरिन्छ:

  • Scientific Management theory
  • Public choice theory
  • Principal agent theory
  • आदेशको पालना
  • आदेशको एकता
  • निरन्तरताको सिद्धान्त
  • गतिशीलताको सिद्धान्त
  • कार्यात्मक एकताको सिद्धान्त
  • कर्मचारीतन्त्रीय सिद्धान्त
  • नवीन सार्वजनिक सेवाको सिद्धान्त
  • प्रणालीगत सिद्धान्त
  • सहभागितामूलक सिद्धान्त
  • मानव सम्वन्धवादी सिद्धान्त
  • नवीन सार्वजनिक शासनको सिद्धान्त

यसका साथसाथै

  • योजनाको सिद्धान्त
  • संगठनको सिद्धान्त
  • बजेटको सिद्धान्त
  • कानूनको सिद्धान्त
  • सहभागिताको सिद्धान्त
  • समन्वयको सिद्धान्तलाई पनि सार्वजनिक व्यवस्थापनको आधारभूत सिद्धान्तको रुपमा लिइन्छ।

सार्वजनिक व्यवस्थापनले नागरिकलाई सेवा गर्नुपर्ने र सम्पूर्ण सार्वजनिक मामिलाहरुको व्यवस्थापनमा जोड दिएको हुन्छ। तसर्थ यी सिद्धान्त र मूल्यमान्यताका आधारमा सार्वजनिक व्यवस्थापन सञ्चालन भएको हुन्छ।

सार्वजनिक व्यवस्थापनलाई जनमुखी र प्रभावकारी बनाउन सम्पूर्ण सार्वजनिक नीतिको निर्माण र कार्यन्वयन गर्ने, शासकीय संरचनाहरुको रुपमा रहेको सार्वजनिक व्यवस्थापनलाई प्रभावकारी र जनमैत्री बनाइनु आवश्यक देखिन्छ।

विश्वमा शासकीय मूल्यमान्यताहरुमा आएको परिवर्तन, विश्वव्यापीकरण, आर्थिक उदारीकरण र निजीकरणको अवधारणा सँगसँगै सार्वजनिक व्यवस्थापनलाई जनमैत्री र प्रभावकारी बनाउन देहायको पक्षमा सुधार गर्नुपर्ने देखिन्छ:

(क) संरचनागत पक्ष

  • Thin and Competitive Structure को संगठन बनाउने
  • One door system बाट सेवा दिन सक्ने संगठन बनाउने
  • SMART (Specific, Measurable, Achievable, Reliable and Transparent) सार्वजनिक प्रशासन संचालन गर्ने।

(ख) सेवा प्रवाह

  • Voice, Choice and Right को सम्वोधन गर्ने सेवा प्रवाह गर्ने
  • एकद्धार र एकीकृत रुपमा सेवा प्रवाह गर्ने
  • संघ, प्रदेश र स्थानीय तीनै वटा तहमा समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा सेवा प्रदान गर्ने
  • श्रोत साधन र लाभको न्यायोचित वितरण गर्ने वातावरण मिलाउने
  • सुशासनयुक्त सेवा प्रवाह गर्ने।

(ग) संस्थागत पक्ष

  • जनमैत्री रुपमा पारदर्शी तबरले संस्थाहरुले आफ्नो कार्य गर्ने
  • सरकारी, सहकारी र निजी क्षेत्रबीच आपसमा समन्वय र सहकार्य गर्ने
  • New technology and ICT को प्रयोगमा जोड दिने।

(घ) अन्य पक्ष

  • Networking governance
  • Cooperative governance
  • Good Governance
  • Responsible governance
  • Digital era governance मा जोड दिने र पारदर्शी, जवाफदेही तबरले सार्वजनिक व्यवस्थापनले कार्य गरी जनमैत्री र प्रभावकारी बनाउन सकिन्छ।

सारमा,

सार्वजनिक व्यवस्थापनका नवीन मूल्यमान्यता र आदर्शहरुको अवलम्वन मार्फत जनताको इच्छा, आकांक्षा र चाहनालाई सम्बोधन गरी सार्वजनिक व्यवस्थापनलाई प्रभावकारी र जनमैत्री बनाउनु आजको आवश्यकता हो।

Post a Comment

0 Comments