Advertisement

नेपालमा सूचनाको हक: सबल पक्ष र अपवाद

प्रश्न. नेपालमा सूचनाको हकको कार्यान्वयनका सम्बन्धमा भएका सबल पक्षहरु प्रस्तुत गर्दै सूचनाका हकका अपवादहरु लेख्नुहोस। (५+५ =१०)

सूचनाको हकको परिचय

सार्वजनिक निकायमा रहेका सार्वजानिक महत्वको सूचनामा माग्ने पाउने हकका साथसाथै सार्वजनिक निकायको लिखत, सामाग्री, वा कामकारवाहिको अध्ययन अवलोकन गर्ने, लिखतको प्रमाणित प्रतिलिपी प्राप्त गर्ने, निर्माण कार्यको भ्रमण र अवलोकन गर्ने, कुनैपनि सामाग्रीको प्रमाणीत नमुना लिने तथा सूचना जुन स्वरुपमा छ सोहि स्वरुपमा प्राप्त गर्ने अधिकार सूचनाको हक हो।

नेपालमा सूचनाको हकको कार्यान्वयनको सबल पक्षहरू

नेपालमा सूचनाको हकको कार्यान्वयनका लागि विभिन्न प्रयासहरू भएका छन्। नीतिगत तथा कानुनी व्यवस्था, सोको कार्यान्वयनका लागि संरचनात्मक व्यवस्था र कार्यक्रमगत व्यवस्थाका माध्यमबाट यसको प्रभावकारी कार्यान्वयन भइरहेको छ। त्यसैले यसका सबल पक्षहरु देहाय अनुसार रहेका छन्:

  • नेपालको संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धि व्यवस्था गरिएको छ।
  • सूचनाको हक सम्वन्धि ऐन २०६४ तथा नियमावली २०६५ कार्यान्वयनमा रहेको छ।
  • न्यायलयबाट समेत बेलालखत सूचनाको हकलाई सुदृढ गर्ने गरि न्यायिक निर्णय भएको छ।
  • राष्ट्रिय सूचना आयोगको स्थापना तथा त्यसको प्रभावकारी कार्यान्वयन भईरहेको छ।
  • सूचना अधिकार र प्रवक्ताको व्यवस्था गरि सार्वजानिक निकायले पारदर्शी कार्यशैलीलाई अनुसरण गर्दै लगेको छ।
  • सूचनाको हक सम्वन्धि कानुनको अनुगमन गर्न संस्थागत व्यवस्था गरेको छ।
  • नागरिक समाज, पत्रकार, र संचार माध्यमले सशक्त र उत्साहित रुपमा यस अधिकारको प्रयोग गर्दै आईरहेको तथा सबै नागरिक सुसूचित भएका छन्।

सूचनाको हकका अपवादहरू

सूचनाको हक निरपेक्ष अधिकार हैन्। त्यसैले यसका पनि सीमाहरु छन्। नेपालको सूचनाको हक सम्बन्धी ऐन २०६४ ले पनि यो हकलाई सीमित गरेको छ। त्यसैले सूचनाको हकका अपवादलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ:

  • देशको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तर्राष्टिय सम्बन्धमा गम्भीर खलल पार्ने विषयका सूचनाहरू
  • अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने विषय
  • आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्रिक सम्पत्तिको संरक्षण वा बैंकिङ वा व्यापारिक गोपनियतामा गम्भीर आघात पार्ने विषय,
  • विभिन्न जातजाति वा सम्प्रदाय बीचको सुसम्बन्धमा प्रत्यक्ष रपमा खलल पार्ने विषय
  • व्यक्तिगत गोपनियता र व्यक्तिको जिउज्यान, सम्पत्ति, स्वस्थ्य वा सुरक्षामा खतरा पुर्‍याउने विषय।

निष्कर्ष

सूचना माग्ने र पाउने अधिकार नै सूचनाको हक हो। नेपालमा नीतिगत, संरचनागत तथा विभिन्न कार्यक्रम निर्माण गरी सोको प्रभावकारी कार्यान्वयन हुनु यसको सबल पक्ष हो भने देशको शान्ति सुरक्षा, अपराधको अनुसन्धान, आर्थिक विषय, जातजातिको सुसम्बन्ध र व्यक्तिगत विषय यसका अपवादका रूपमा रहेका छन्।

Post a Comment

0 Comments