Advertisement

कानुनको शासनमा लोकतन्त्रको अपरिहार्यता र समस्या

प्रश्न. कानुनको शासनको प्रभावकारिताका लागि लोकतन्त्रको अपरिहार्यताका सम्बन्धमा छोटो टिप्पणी प्रस्तुत गर्दै नेपालमा कानुनी शासनका सम्बन्धमा देखिएका समस्याहरु उल्लेख गर्नुहोस। (५+५ =१०)

विषय प्रवेश:

राज्य, यसका अंग, राज्यशक्ति कानुुन अन्तर्गत चल्नु पर्छ र कानुुनका विधि विधानलाई मानेर शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यता नै कानुनको शासन हो। यसले शक्तिको स्वेच्छाचारी प्रयोगलाई नियन्त्रण गरि शक्तिलाई उचित रुपमा प्रयोग गराउँछ। लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण विशेषता नै कानुनको शासन हो। कानुनको शासन बिना लोकतन्त्र स्थापित हुन सक्दैन्, भने कानुनको शासनको प्रभावकारिताको लागि पनि लोकतन्त्र अपरिहार्य हुन्छ। नेपाल लोकतान्त्रिक मुलुक भए पनि कानुनको शासनका सम्बन्धमा धेरै समस्याहरु विद्यमान छन्। तिनीहरुको पहिचान गरी निराकरण गर्नु आजको आवश्यकता हो।

कानुनको शासनको प्रभावकारिताका लागि लोकतन्त्रको अपरिहार्यता

कानुनको शासन र लोकतन्त्र एउटा सिक्काका दुईवटा पाटाहरु हुन्। एउटाको उपस्थिति बिना अर्काेको अस्तित्व कायम हुन सक्दैन। जनतालाई अधिकार सम्पन्न बनाउन, समृद्धि, विकास र मानव सभ्यताका लागि यी दुबै तत्व राज्य प्रणालीमा अपरिहार्य छन्। त्यसैले कानुनको शासनको प्रभावकारिताका लागि लोकतन्त्र अपरिहार्य छ। जसलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ:

  • कानूूनको शासनको अभावमा लोकतन्त्रको परिकल्पना गर्न सकिदैन र लोकतन्त्रको अनुुपस्थितिमा कानुनको शासनले जिवन्तता पनि पाउन सक्दैंन,
  • लोकतान्त्रिक शासन ब्यबस्थाको उद्देश्य न्याय हो, न्यायका लागि कानुनको शासन कायम रहनु पर्छ,
  • लोकतन्त्रमा कानुनभन्दा माथि कोही हुुदैंनन भन्ने मानिन्छ,
  •  लोकतन्त्रमा शासन ब्यबस्थाको माध्यम कानुनलाई मानिन्छ,
  • लोकतन्त्रमा जनताको प्रतिनिधिबाट कानुनको निर्माण गरिन्छ,
  • अत्याचारी शासनको अन्त्य, नागरिक राज्यको सिद्धान्त, सीमित सरकार, शक्ति नियन्त्रण र सन्तुुलन, संबैधानिक सर्वोच्चता, न्यायिक पुुनराबलोकन, स्वतन्त्र न्यायपालिका बिना लोकतन्त्रको अस्तित्व कायम रहन सक्तैन, यी बिषय कानूूनको शासनका पनि अभिन्न तत्व हुुन र कानुनको शासनले मूूर्त रुप लिएमा मात्र राज्यमा यी तत्व पाउन सकिन्छ,
  • स्वतन्त्र न्यायपालिकाले लोकतान्त्रिक मूूल्य र मान्यतालाई संरक्षण र विकास गर्न मद्दत गरेको हुुन्छ, कानुनको शासन नभएमा स्वतन्त्र न्यायपालिकाको अपेक्षा गर्न सकिदैंन, त्यसैले कानुनको शासनको प्रभावकारिताका लागि लोकतन्त्र अपरिहार्य शर्त हो।

नेपालमा कानुनी शासनका सम्बन्धमा देखिएका समस्याहरुः

नेपालमा कानुनी शासनका सम्बन्धमा देखिएका समस्याहरुलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ :

  • संविधान र कानुुनी व्यवस्था अनुरुप व्यबहारमा रुपान्तरण नहुनु, कानुन कार्यान्वयन पक्ष कमजोर हुनु,
  • कानुन कार्यान्वयन गर्ने अधिकारीलेनै कानुुनको पालना नगर्ने संस्कृति विद्यमान,
  • मानव अधिकारको प्रभावकारी कार्यान्वयन तथा संरक्षणको अभाव,
  • आफ्नो अनुकूलतामा कानुनलाई देखाउनु, प्रतिकूलतामा व्यवहारिक विषयहरु भन्दै कानुन मिच्ने प्रवृत्ति व्याप्त रहनु,
  • दण्डहीनता कायम रहनु, गरिब तथा निमुखालाई मात्रै कानुन लाग्ने अवस्था सिर्जना हुनु,
  • कानुुनी राज्यलाई व्यबहारमा उतार्न राज्यका संयन्त्रको संस्कारगत परिवर्तन नभएको,अन्तर्राष्ट्रिय कानूनको प्रभाव क्षेत्र बढेको तर तदनुुरुपको ब्यबस्थापन हुन नसकेको
  • लोकतान्त्रिक संस्कार, चिन्तन तथा मनोवृत्तिको अपेक्षाकृत विकास हुन नसक्नु,
  • न्याय प्रणालीमा ढिलाई, न्यायमा सबैको सहज पहुँच कायम हुन नसक्नु, अदालतका फैसलाहरुको समुचित कार्यान्वयन नभएको, न्यायपालिका पनि बिकृति बिहीन हुुन नसकेको
  • अपराध अनुुसन्धान प्रणाली र न्याय प्रणाली परम्परागत भएको
  • अपराध र राजनीतिको सम्बन्ध ब्यापक बन्दै गएको, जसले गर्दा अपराधमा राजनीतिकरण र राजनीतिमा अपराधीकरण प्रवृत्ति विद्यमान हुनु,
  • न्यायमा पनि राजनीतिक तथा प्रशासनिक हस्तक्षेप, दवाव र प्रभावमा निर्णय हुनु,
  • विवेक सम्मत कानुनको निर्माण हुन नसक्नु, स्वविवेकीय अधिकारको गलत प्रयोग हुनु,
  • कानुन कार्यान्वयन गर्ने पदाधिकारीमा इच्छा शक्तिमा कमी,
  • निर्वाचनमा धाँधली हुनु।

निष्कर्ष:

लोकतान्त्रिक शासन प्रणालीको अपरिहार्य तत्वको रुपमा रहेको कानुनको शासनको पूर्ण कार्यान्वयन नै सुशासन, समृद्धि र सभ्यताको आधारशीला हो। नेपाल लोकतान्त्रिक शासन प्रणाली अबलम्बन गरेको मुलुक भए पनि अपेक्षाकृत कानूनको शासन प्रभाबकारी बन्न सकेको पाइँदैन। यसमा विद्यमान समस्यालाई गम्भीरतापूर्वक विश्लेषण गरी समाधानको खोजी गरिनु पर्छ।

Post a Comment

0 Comments