पेन्टिङको अन्तरवस्तु कथाः Antibiotic Resistance
तपाईं बिरामी पर्नुभयो भने कस्को भर पर्नुहुन्छ?
पक्कै पनि अस्पताल र स्वास्थ्यकर्मीलाई भगवानसरह मानेर पूर्ण विश्वास गर्नुहुन्छ।
अब कल्पना गर्नुहोस् - तपाईलाई रोगविरुद्ध दिइएको औषधिले काम नै गरेन, स्वास्थ्यकर्मीका सबै प्रयास असफल भए भने उपाय के होला?
हो, यही नै हो Antibiotic Resistance; आजको गम्भीर र बढ्दो स्वास्थ्य चुनौती।
Antibiotic resistance भनेको व्याक्टेरियाले एन्टिबायोटिक औषधिको असरलाई रोक्न सक्ने क्षमता विकास गर्नु हो। पहिले सजिलै निको हुने संक्रमणहरू आज जटिल, महँगो र प्राणघातक बन्दै गएका छन्।
पेन्टिङले के देखाउन खोजेको छ?
यस पेन्टिङमा देखिएका तत्त्वहरूले एक गहिरो सन्देश बोकेका छन्ः
१. ठूलो, क्रोधित राक्षसी ब्याक्टेरियाः समयसँगै बलियो बन्दै गएको drug-resistant superbug को प्रतीक
२. सानो तर जिद्दी हरियो व्याक्टेरियाः गलत र अत्यधिक एन्टिवायोटिक प्रयोगले अझै शक्तिशाली बनेको व्याक्टेरिया
३. भाँचिएको औषधिको क्याप्सुलः अब प्रभावहीन बन्दै गएका एन्टिबायोटिकहरू
४. स्वास्थ्यकर्मीको चेतावनी संकेतः ज्ञान, सचेत प्रयोग, संक्रमण रोकथाम र विज्ञानको आशा
५. चर्किएको जमिनः मानव लापरवाहीले सिर्जिएको संकटपूर्ण भविष्य
मानव जीवनमा परेको प्रभाव
- सामान्य संक्रमण पनि ज्यान जाने कारण बन्न थालेका छन्।
- सामान्य स्वास्थ्य समस्याहरु जोखिमपूर्ण बन्दै गएका छन्।
- उपचार खर्च र अस्पताल बसाइ अवधि बढेको छ।
- खोज र अनुसन्धान (R&D) मा ठूलो आर्थिक भार थपिएको छ।
पछिल्ला आधिकारिक तथ्यले के देखाउँछ?
- WHO अनुसार, antibiotic resistance आज विश्वव्यापी Top 10 public health threats मध्ये एक हो।
- हरेक वर्ष लाखौं मानिसको मृत्यु प्रतिरोधी संक्रमणका कारण हुने गरेको तथ्यांक देखिन्छ।
- दक्षिण एसिया (नेपाल सहित) मा overuse र misuse उच्च जोखिमका कारण मानिन्छ।
अब के गर्नुपर्छ?
- डाक्टरको सल्लाह बिना एन्टिबायोटिक नखाने।
- तोकिएको मात्रा र अवधि पूरा गर्ने।
- भाइरल रोग (रुघाखोकी, ज्वरो) मा एन्टिबायोटिक प्रयोग नगर्ने।
- सरसफाइ, खोप र संक्रमण रोकथाममा जोड दिने।
अन्तिम सन्देश
यो पेन्टिङ चेताबनी हो। यदि हामी सचेत भएनौ भने औषधिभन्दा रोग बलियो हुनेछ। तर ज्ञान, जिम्मेवारी र सही अभ्यास अपनायौं भने मानवले अझै यो अदृश्य युद्ध जिन्न सक्छ।
थप जानकारी
एण्टिबायोटिक रेजिस्टेन्स (Antibiotic Resistance) के हो?
एण्टिबायोटिक रेजिस्टेन्स (Antibiotic Resistance) भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरियाले एण्टिबायोटिक औषधिलाई असर नगर्ने गरी आफूलाई परिवर्तन गर्छन्। पहिले सजिलै निको हुने रोगहरू समेत उपचार गर्न गाह्रो हुन्छ। यही कारणले यसलाई अहिले विश्वका सबैभन्दा ठूलो स्वास्थ्य चुनौतीमध्ये एक मानिन्छ।
अझै सजिलो भाषमा एण्टिबायोटिक रेजिस्टेन्सलाई यसरी बुझौंः
- बिरामी हुँदा हामी एण्टिबायोटिक औषधि लिन्छौं
- औषधिको काम हुन्छ, ब्याक्टेरिया मार्ने
- तर केही ब्याक्टेरियाका विरुद्धमा यस्ता औषधी अप्रभावकारी हुन्छन्। अर्थात त्यो औषधिले पनि नमारिने हुन्छन्।
यसलाई नै एण्टिबायोटिक रेजिस्टेन्स भनिन्छ।
किन यो विश्वव्यापी संकट बन्दैछ?
- औषधिको गलत प्रयोग: चिकित्सकको सल्लाह बिना एण्टिबायोटिक खाने
- आवश्यक नभए पनि प्रयोग: भाइरल रोग (जस्तै रुघाखोकी) मा पनि एण्टिबायोटिक प्रयोग गर्ने,
- पशुपन्छीमा अत्यधिक प्रयोगः पशु छिटो बढाउन वा रोग प्रतिरोधी बनाउन धेरै एण्टिबायोटिक प्रयोग गर्ने र मासु/दुध मार्फत मानिसमा आउने।
- नयाँ औषधि विकास ढिलोः नयाँ एण्टिबायोटिक औषधि विकास गर्ने काम अत्यन्तै लामो र खर्चिलो प्रक्रिया भएकोले ब्याक्टेरियामा आएको परिवर्तनसँग सापेक्ष हुन नसकेको।
तथ्यांकले के भन्छ?
विश्व स्वास्थ्य संगठन र अनुसन्धान संस्थाहरूका पछिल्ला अध्ययनहरूका अनुसारः
- हरेक वर्ष कम्तीमा १० लाखभन्दा बढी मानिस यसको कारणले ज्यान गुमाइरहेका छन्।
- सन् 2050 सम्म करिब ३.९ करोड मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ।
यसले देखाउँछ एण्टिबायोटिक रेजिस्टेन्स भविष्यको होइन अहिलेकै गम्भीर संकट हो। नेपालमा पनि यो समस्या विस्तारै बढिरहेको देखिन्छ।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.