२०१२ भदौ १४ गते बाग्लुङको तोरीखोलामा कुनै दैवी कृपाले मूर्तरूप पाएको थियो। २०८३ जेठ ९ गते त्यो तेजले आफ्नो लीला संवरण गर्यो।
स्वामी विवेकानन्द सरस्वती । संसारले चिनेको नाम यही हो । बाआमाले राखिदिएको नाम खेमराज गैरे । डाँडाकाँडा काटेर पढ्न भनेर गुल्मीको दिब्रुङ पुगेर ब्रह्मचारी भनेर चिनिएका । स्वामी परमानन्द सरस्वतीबाट ब्रह्मचर्य दीक्षा लिएर खिमानन्द ब्रह्मचारी नामले ख्यातिप्राप्त । स्वामी सत्यप्रकाशानन्द सरस्वतीबाट सन्न्यासदीक्षा लिएर रुद्रवेणीको पवित्र तीर्थबाट स्वामी विवेकानन्द सरस्वतीका नामले उहाँ चिनिनुभयो ।
बाल्यकालमै बाआमाले बिहे गरिदिए रे । त्यो विवाह उहाँका लागि बेलविवाहजस्तै थियोे । सानैदेखि साधुको सान्निध्यले वैराग्यले तप्त महापुरुषलाई संसारको बन्धनमा बाँध्न सकिँदैन । घर छाडेर जानुभयो ।
सर्वप्रथम स्वर्गद्वारी साधुपरम्पराका झ्याम्पाली महाराजको सान्निध्य प्राप्त भयो । डहरेमा रहेको गुफामा तपस्या गरिरहेका सन्तको कृपाले वैराग्यको बीउ रोपियो । योगसिद्ध महापुरुष छविलाल गुरुको दर्शनले बागलुङको झुलेनीमा त्यो अङ्कुरित भयो । दुवै सन्तको समाधिपछि स्वामी परमानन्द सरस्वतीको आश्रयमा त्यो फुल्यो , फक्रियो ।
परमानन्द सरस्वती महाराजको गुरुकुलका सुयोग्य सन्त शिष्य आफ्नो आधारभूत तहको अध्ययनपछि वृन्दावन पढ्न जानुभयो । त्यहाँ विश्वकै अद्भुत मेधासम्पन्न महामनीषी स्वामी अखण्डानन्द सरस्वतीसँग बसेर वेदान्त र भागवतको श्रवण गर्नुभयो । वृन्दावनमा अनेक तपोनिष्ठ महापुरुषहरूसँग सङ्गत भयो । हरिद्वारमा स्वामी सत्यप्रकाशानन्द स्वामीज्यूसँग रहेर वर्षौं साधना गर्नुभयो । त्यहाँ रहँदा नेपालमा आफ्नो गुरु भएका कुरा पनि उठे । उहाँ स्वयं पुल बनेर आफ्ना गुरुका लागि सन्न्यास गुरु खोजिदिनुभयो । यसरी स्वामी सत्यप्रकाशानन्द सरस्वतीज्यूले पहिलो शिष्यका रूपमा स्वामी परमानन्द सरस्वतीलाई वरण गर्नमा उहाँ निमित्त बन्नुभयो । स्वर्गद्वारी झ्याम्पाली महाराजदेखि ऋषिकेशका मस्तराम बाबासम्मको सान्निध्य पाएका आफैंमा सिद्ध महापुरुष ।
गुल्मीको सालिमे दहमा वर्षौं एकान्तमा तपस्या गरेर बसेका स्वामी विवेकानन्द भीडदेखि सधैं पर रहन चाहनुहुन्थ्यो । शिवधुरीको डाँडामा बसेर आत्मपुराणको साधना गरेको मान्छे जब गुरुको आज्ञाले जनसमूहको सम्पर्कमा आउनुभयो , त्यसपछि लाखौं भक्त उहाँका प्रशंसक बने । उहाँको प्रवचनकला यस्तो अद्भुत थियोे कि सामान्यभन्दा सामान्य मान्छे पनि वेदान्तको गूढ रहस्यसित परिचित हुन्थ्यो ।
दिनभर आश्रमको सेवा गरेर खाली समयमा डाँडामा गएर कविता लेख्न रुचाउनुहुन्थ्यो । कोटिहोमहरूमा योगी नरहरिनाथले जब उहाँको कविता सुन्नुभयो, तब उहाँले मुक्तकण्ठ प्रशंसा गर्नुभयो । उहाँसित ज्योतिष शास्त्रको पनि अद्भुत ज्ञान थियोे जसको प्रयोग व्यक्तिगत सुविधाका लागि कहिल्यै उपयोग गर्नुभएन ।
परमानन्द सरस्वतीज्यूको देहावसानपछि उहाँका दुई सुयोग्य उत्तराधिकारीहरू स्वामी ज्ञानानन्द सरस्वती र स्वामी विवेकानन्द सरस्वती सँगसँगै देशभरि धर्मप्रचार र शिक्षाको चेतना फैलाउँदै हिँड्नुभयो । विभिन्न पुराण र ग्रन्थहरूको प्रवचन गरेर उहाँहरूले सयौं शिक्षालयहरूको स्थापना गर्नुभयो । औपचारिक रूपमा उच्चशिक्षाको प्रमाणपत्र पनि लिने इच्छा नगर्ने उहाँले देशभरि थुप्रै गुरुकुलको स्थापना-संरक्षण-प्रवर्धन गर्नुभयो । आधुनिक विद्यालय र क्याम्पसहरूबाट निस्केका सयौं हजारौं छात्रहरू उहाँको गुन अझै सम्झन्छन् । विशेष गरेर गुल्मी-बाग्लुङ-पाल्पा-स्याङ्जा-चितवन-तनहुँ-नवलपरासी-रुपन्देही-कपिलवस्तु आदि जिल्लामा उहाँका हजारौं अनुयायीहरू छन् ।
परमानन्दस्मृतिप्रतिष्ठानको उद्गमविन्दु उहाँ नै हुनुहुन्थ्यो । परमानन्दसंस्कृत गुरुकुल - रूपाकोट गुल्मी उहाँकै नेतृत्वमा सञ्चालनमा थियो। परमानन्दसंस्कृतगुरुकुल , देवघाट उहाँकै छत्रछायामा हुर्केको हो । दुर्गावैदिकपरमानन्दसंस्कृतगुरुकुल, रुपन्देही उहाँ आफैंले जन्माउने र हुर्काउने गर्नुभयो, जसका विद्यार्थीहरू देशभर छरिएका छन् । रामनदीधाम संस्कृत गुरुकुल , पाल्पाको स्थापनामा पनि उहाँको विशेष भूमिका रहेको छ । २०६० सालतिर गुल्मीबाट बुटवलको नयाँमिल झर्नुभएका स्वामी विवेकानन्द नियमित वेदान्त स्वाध्यायप्रवचनमा तल्लीन हुनुहुन्थ्यो । वैदिक धर्म परिषद् नेपालले उहाँकै छहारीमा ओत पायो । परमानन्दकाव्यवाटिका नामक साहित्यसन्ध्या उहाँकै निर्देशनमा हामीले आरम्भ गरेका हौँ । दुर्गा-वैदिक-परमानन्द-सन्न्यास -आश्रमको आश्रमाधिपति बनेर सयौं भक्त र वटुकको अध्यात्ममार्ग खोल्नुभयो । बुटवल मणिग्राम नयाँमिलतिरका हरेक धार्मिक हृदय र संस्थाहरू उहाँका चिरऋणी छन् ।
आश्रमका दैनन्दिन कार्यक्रम, भीडभाड र जनसम्पर्कबीच पनि असम्पृक्त । जनसमुदायका अगाडि माइकमा सुवाचाल तर स्वयं सधैं मौनको अभ्यासी । भित्रको ढुक्क आत्मविश्वासले सम्पन्न आध्यात्मिक ऊर्जाको धनी । सयौंका हृदयरोगको वाक्उपचार गर्ने चिकित्सक स्वामीलाई आफ्नो शारीरिक क्लेशको पर्बाह भएनछ । भएको हुँदो हो त अर्बुद रोगले कलेजो खाइसक्दा पनि ऐया-आत्था या अस्पतालको चाकरी कहिल्यै किन भएन ?
भक्तहरूको असाध्य प्रेम-दबाबले चिकित्सककहाँ पुग्दा थाहा भयो, अब यसरी उहाँले थाहा पाइरहने दिन धेरै छैनन् । काठमाडौंबाट उहाँ नयाँमिल आउनुभयो र वरपरका चिकित्सकका निगरानीमा दुई चार दिन रहनुभयो । २०८३ जेठ ९ गते साँझ पाँच बजेर सात मिनेट जाँदा उहाँले प्राण त्याग्नुभयो ।
मौनमा रमाउन चाहने उहाँको जीवनवृत्त धेरैलाई थाहा छैन । उहाँको साधनामय जीवन, सन्तको सान्निध्यको कथा सबैलाई थाहा हुने गरी केही काम गरूँ भन्ने इच्छा थियो, त्यो अब उहाँको महाप्रयाणसँगै अनन्तमा समर्पित भयो । पोहोर गुल्मीको परमानन्दनगरमा एउटै मञ्चमा बसेर मैले भागवतका कथा सुनाउने मौका पाएको थिएँ, त्यही मौका जीवनमा सर्वदा स्मृतियोग्य रहनेछ ।
जसरी एउटा घैँटो फुट्दा त्यसभित्रको आकाश बाहिरको आकाशमा स्वतः मिल्छ, त्यसै गरी ज्ञानीको शरीर शान्त हुनासाथ उसको परिच्छिन्न अस्तित्व समष्टि चेतनामा समाहित हुन्छ। हामीले त्यही दिव्य घटना घटेको उपलक्ष्यमा आनन्दित हुने चेष्टा गरिरहेका छौँ तर बढिरहेको छ एक सच्चा सन्तको अभावले हुने महाशून्यता ।
ब्रह्मलीन महापुरुष महामनीषी स्वामी विवेकानन्द सरस्वती महाराजज्यूमा हार्दिक श्रद्धासुमन ।
साभार: मनोज भण्डारी

tps://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjS-AZZTZPa-wLu6Fj5jS0OtCqclnFkkzEMoKKTYL53trfUZzYChm49LA7qecxxEr1wTZfMJIYSAwO8N_uTSwzO13xVXZzkTuf4Vsg9Qn9aIazpO9BNFshyphenhyphenOOIEqm4-MzDiUwlx3hOT1D0icyLsKuxY7cqM8ikwzzYgZnLbZzYdE35_JxhDzOdfSeOetpMq/s16000/1000095793.jpg" />

0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.