Advertisement

नागरिक वडापत्र

नागरिक वडापत्र [ Citizen Charter]

कुनै पनि सेवाप्रदायक संगठनले आफूले प्रदान गर्ने सेवाको सम्बन्धमा सेवाग्राहीले थाहा पाउन सक्ने गरी अग्रिम रुपमा जानकारी दिने विवरणलाई नागरिक वडापत्र भनिन्छ।
नागरिक वडापत्र
नागरिक वडापत्रमा मूलतः

⇨सेवाको प्रकृति, सेवा शुल्क दर
⇨सेवा प्रदायक निकाय वा पदाधिकारीको पहिचान
⇨सेवा प्रदान गर्न लाग्ने समय
⇨सेवाग्राहीले पुरा गर्नुपर्ने प्रक्रिया
⇨तोकिएको सबै प्रक्रिया पूरा भएपश्चात् पनि निर्धारित समयमा सेवा प्रदान गर्न नसकेमा सेवाग्राहीलाई पुग्न गएको हानी नोक्सानी वापतको क्षतिपूर्ति।
उल्लेख गरिएको हुन्छ।
contact for perofessional web development
विश्वमा, 

  • नागरिक वडापत्रको सुरुवात बेलायतबाट भएको हो।
  • सन् १९९१ जुलाई २२
  • बेलायती नागरिक जोन मेजर

नेपालमा,


  • नेपालमा ⇨वि. सं. २०५६ बाट
  • क्षतिपूर्ति सहितको नागरिक वडापत्र ⇨वि स. २०७० बैसाख २
  • पहिलो डिजिटल नागरिक वडापत्र ⇨जिविस, रुकुम [२०७३ असोज १६]

नागरिक वडापत्रको उद्देश्य
⇨सार्वजनिक प्रशासनलाई जनउत्तरदायी बनाउने,
⇨सरकारी काम कारवाहीमा पारदर्शिता तथा सूचनाको हक प्रत्याभूति गर्ने,
⇨प्रशासनमा विद्यमान ढिलासुस्ती [लाल फित्ताशाही] रोक्न कर्मचारीलाई कामप्रति अभिप्रेरित गर्ने,
⇨सेवाग्राही र सेवा प्रदायकको श्रम र समय बचत गर्ने,
⇨राज्यले जनतालाई प्रदान गर्ने सेवामा गुणस्तर वृद्धि गर्ने,
⇨सेवा ग्राही र सेवा प्रदायकबिच सुमधुर सम्बन्ध कायम गर्ने।
थप महत्वपूर्ण नोटको लागि यहाँ क्लिक गर्नुहोस्
तपाई हाम्रा सामाग्री YouTube मा पनि हेर्न सक्नुहुन्छ, यहाँ क्लिक गरेर subscribe गर्नुहोस् ।
खोज संकलन: दामोदर घिमिरे
✍️सेयर गरी अध्ययन गर्नुहोस् , निरन्तर अपडेटका लागि पेज लाइक गर्नुहोला ।

Post a Comment

0 Comments