Advertisement

प्रशासन सुधारको अवधारणा, विषयवस्तु र अपेक्षित परिणाम

प्रशासन सुधारको अवधारणा प्रस्ट पार्नुहोस् र प्रशासन सुधारको विषयवस्तु र अपेक्षित परिणाम छोटकरीमा उल्लेख गर्नुहोस् । ३+३+४=१० 
प्रशासन सुधार अवधारणा

प्रशासनिक प्रणालीको संगठनात्मक ढाँचा र संरचना, कार्यविधि, प्रक्रिया, व्यवहार र मनोवृत्तिजस्ता पक्षको गुणात्मक अभिवृद्धि, सकारात्मक र अपेक्षित परिवर्तन ल्याउन गरिने सुनियोजित, सुविचारित र लक्ष्योन्मुख प्रयासलाई प्रशासन सुधार भनिन्छ । 
आन्तरिक तथा बाह्य विभिन्न चरहरूमा हुने परिवर्तन, समयक्रममा हुने राजनीतिक, सामाजिक, आर्थिक, प्रविधिगत विकास, मौजुदा प्रणालीको कार्य–सम्पादनस्तर र आम सरोकारवालाहरूको अपेक्षाबीच पैदा हुने फैसलाले सदैव प्रशासन सुधारको माग गरिरहेको हुन्छ । अर्थात् रियालिटी र डिजायरेबिलिटीको अन्तराललाई सम्बोधन गर्न सक्ने गरी समग्र शासकीय प्रणालीको क्षमता उकास्ने, तिखार्ने कार्य प्रशासन सुधार हो । 
सार्वजनिक कार्य–सम्पादनस्तरको गुणात्मक बढोत्तरी राज्यका सबै अंग र संरचनासँग अन्तरसम्बन्धित हुने अर्थमा प्रशासन सुधारलाई राज्य पुनर्संरचनाको अभिन्न अंगका रूपमा पनि बुझ्न सकिन्छ । यस दृष्टिले हेर्दा प्रशासन सुधार राज्यको पेनिट्रेसन, रेगुलेसन, स्रोत परिचालन र उपयोग क्षमता अभिवृद्धि गर्ने प्रयास पनि हो । REFPRM वा सुधारलाई बोध गर्न यसको विस्तृत रूप सहायक हुन सक्छ, जुन तलको बक्समा उल्लेख गरिएको छ :
REFORM -सुधार
R – Relevant             सु- सुव्यवस्थित, सुनियाेजित सुविचारित प्रयास
E- Effective               धा- धारण गर्न सकिने मात्रामा
F – Far-sighted          र- रणनीतिक तवरले गरिने
O - Objective
R - Realistic
M - Measurable
प्रशासन सुधारको क्षेत्र/विषयवस्तु र अपेक्षित परिणाम
समग्र प्रशासनिक प्रणालीको सुधार गर्नु प्रशासन सुधारको लक्ष्य हो । तर, सुधारका क्षेत्र स्थान र परिस्थिति विशेष हुन सक्छन् । सामान्यतया प्रशासन सुधार भन्नेबित्तिकै यी विषयवस्तु र क्षेत्रमा तल उल्लेख गरिएबमोजिमको अपेक्षित परिणाम हासिल गर्नु वा निर्माण गर्नु भन्ने बुझिन्छ ।
अन्त्यमा, समाज गतिशील छ, निरन्तरको गतिशील समाज बढ्दो माग र जनअपेक्षा एवं दबाब र बदलिँदो आन्तरिक तथा बाह्य परिवेशअनुकूल रूपान्तरित हुनुपर्छ, प्रशासन । प्रशासनको समग्र, छुट्टाछुट्टै र आमूल परिवर्तनमार्फत सरकारको प्रभावकारिता अभिवृद्धि हुन सक्छ । प्रशासन सुधारको लामो इतिहासमा सुधारका लागि सुझाइएका उपाय कागजमा मात्र सीमित रहेका तीतो अनुभव छ, त्यसो हुनुहुँदैन । समसामयिक सुधारका उपायको कार्यान्वयनबाट मात्र जनसन्तुष्टि हासिल हुन्छ, जुन शासनको सफलताको अभिन्न सूचक हो । सार्वजनिक सेवा–प्रवाहलाई अपेक्षित गुणस्तरमा विकास र विस्तार गर्न सक्ने गरी प्रशासनको सुधार हुन सकेमा मात्र मुलुकको समृद्धि र सुखको आकांक्षा पूरा गर्न सकिन्छ ।

Post a Comment

0 Comments