नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।

चौधौं आवधिक योजनाको समीक्षा

सकरात्मक तथा सुधार गर्नुपर्ने पक्ष (बुँदागत टिपोट)
  • ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएपछिको पहिलो योजना
  • स्वाधीन, समुन्नत तथा समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने सोच लिएको
  • सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य हुँदै मध्यम आयस्तर भएको मुलुकमा पुग्ने लक्ष्य
  • दिगो विकास लक्ष्यहरूलाई मूलप्रवाहीकरण एवं आन्तरिकीकरण गर्ने प्रयास गरेको पहिलो योजना
  • संघीयता कार्यान्वयन र व्यवस्थापन, भूकम्प र नाकाबन्दीबाट अर्थतन्त्रमा भएको नोक्सानी तथा पुनःनिर्माणलाई सम्बोधन गर्ने गरी तर्जुमा,
  • संविधानका कार्यदिशा अनुरुप राष्ट्रिय अर्थतन्त्रलाई समाजवादउन्मुख, आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउने सोचलाई कार्यान्वयन गर्दै दिगो विकास सहितको समृद्धिको मार्गमा उन्मुख भएको
  • निर्वाचन सम्पन्न भई तीनै तहका सरकार क्रियाशील रहेकालामो राजनीतिक संक्रमणकाल समाप्त भई राजनीतिक स्थायित्व कायम भएर विधि र संरचना निर्माण कार्य तीव्र भइरहेको
  • आर्थिक समानतासुशासनविकाससमृद्धि र सामाजिक न्यायको सुनिश्चितताका लागि समेत १४औं योजना महत्वपूर्ण रहेको
  • लगानीको अनुकूल वातावरण भएको, वित्तीय सङ्घीयता कार्यान्वयन समेत प्रारम्भ भएको र समष्टिगत आर्थिक स्थायित्व कायम भएको
  • योजना र बजेट प्रणाली बीचको अन्तरसम्बन्ध अभिवृद्धि गर्ने र वित्त प्रणाली सुदृढ तथा प्रतिफलयुक्त बनाउन मध्यमकालीन खर्च संरचना समेत यही योजनाको आधारमा तयार भएको
  • उत्पादनशील रोजगारी उन्मुख र न्यायपूर्ण वितरण सहितको उच्च आर्थिक वृद्धिद्वारा गरिबी द्रुत रुपमा न्यूनिकरण गर्दै आर्थिक सामाजिक रुपान्तरण गर्ने उद्देश्य लिएको
  • सोहीअनुरुप कुल जिडिपीको औसत वार्षिक वृद्धिदर ७.२ प्रतिशत पुर्याउने लक्ष्य लिएकोमा लक्ष्य नजिक औसत ६.९ प्रतिशत वृद्धि हासिल भएको (कृषि तर्फ ४.२ र गैरकृषि वृद्धिदर ८%) र आर्थिक बर्ष २०७५/०७६ मा GDP को आकार ३४ खर्ब ६४ अर्ब पुगेको
  • लगानीमैत्री आर्थिक नीति, विद्युत आपूर्ति प्रणालीमा भएको निरन्तर सुधारश्रम सम्बन्धमा सुधार र राजनीतिक स्थायित्वले लगानीमैत्री वातावरण बनेकोले अर्थतन्त्रमा सकारात्मक असर पुगेको
  • सन् २०१८ मा ११ लाख ४० हजार पर्यटक नेपाल प्रवेश गरेका, साथै जनसांख्यिक लाभलगानीमैत्री वातावरण, विकसित सामाजिक आर्थिक पूर्वाधारभूकम्पपछि तीव्र गतिको पुनःनिर्माण र ऊर्जा उत्पादनमा भएको वृद्धि लगायत सकरात्मक परिदृश्यबाट विकास र समृद्धिको प्रस्थान बिन्दुका आधार तयार भएको
  • आर्थिक विस्तारविस्तारकारी वित्त नीतिको कार्यान्वयन र कुशल मौद्रिक नीति कार्यान्वयनको कारण मुद्रास्फिति न्यून रहेको
चौधौ योजनाका प्रमुख आर्थिक सामाजिक तथा भौतिक लक्ष्यहरु र प्रगति
सूचकः (लक्ष्य) प्रगति
  • वार्षिक औसत आर्थिक वृद्धिदरः (७.९), ६.९%
  • कृषिः (४.७), ४.२%
  • गैरकृषिः (८.४), ८%
  • मानव विकास सूचकांकः (०.५७), ०.५७४
  • लैंगिक सशक्तीकरण सूचकांकः (०.५८)०.५६८
  • अपेक्षित आयुः (७२ वर्ष), ६९.७
  • खानेपानीः (९०%), ८८%
  • माध्यमिक तहको खुद भर्नाः (४५%), ४६.९%
  • १५-२४ वर्ष उमेर समूह साक्षरताः (९२%), ८५%
  • विद्युत जडित क्षमताः (२३०१ MW), १३२५
  • विद्युत पहुँच प्राप्त परिवारः (८७%), ९०.७%
  • सिंचाईः (१५.२), १४.७ लाख हेक्टर
  • इन्टरनेट पहुँचः (६५%), ५५.४%
  • गरिबीः (१७%), १८.७%
समस्या
  • अन्तर निकाय समन्वय मुख्य समस्याको रुपमा रहेको
  • साधन स्रोतको अभाव
  • परियोजना छनोटमा समस्या (भरपर्दो अध्ययन नहुने र जोडबलका आधारमा छनौट हुने)
  • समयमै ठेक्का नलाग्नु (असारे विकास बढेको)
  • ठेकेदार mobilization खर्च लिएर बेपत्ता भईदिनु (काम नगर्नेलाई कारबाही नहुनुकाम गरेपनि वा नगरेपनि ठेक्का पाइरहनु)
  • कर्मचारी सरुवा भैरहनेअनुगमन मूल्यांकन पर्याप्त मात्रामा नहुने र समग्रमा परियोजना प्रशासन नै उपयुक्त हिसाबले नचल्नु

    समग्र योजनाबद्ध विकासको समीक्षा (सकरात्मक तथा सुधार गर्नुपर्ने पक्ष) 
    बुँदागत टिपोट
    • छ दशक लामो योजनाबद्ध विकासको अवधिमा नौवटा पञ्चवर्षीय र पाँचवटा त्रिवर्षीय योजना कार्यान्वयनमा आएका
    • यो अवधिमा राजनीतिक क्षेत्रमा युगान्तकारी परिवर्तन भएतापनि आर्थिक-सामाजिक पूर्वाधार विकासमा अपेक्षित उपलब्धि हासिल नभएको
    • सचेतनामा अभिवृद्धिआधुनिकतामा प्रवेशजातीयलैङ्गिक र वर्गीय विभेदबहिष्करण र असमानतामा सुधारोन्मुख रहेको
    • शिक्षास्वास्थ्यखानेपानीसामाजिक सुरक्षासडकयातायातसञ्चार तथा सूचना प्रविधि र शहरी पूर्वाधारमा उल्लेख्य विकास भएतापनि गुणस्तर सुनिश्चित हुन नसकेको
    • जलविद्युतहवाई यातायात लगायत अन्य पूर्वाधार निर्माणमा थप प्रयास आवश्यक देखिएको
    • अल्पकालीनमध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गरी नतिजामूलक कार्यान्वयनमार्फत जनताको बढ्दो अपेक्षाको सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको
    • निरपेक्ष र बहुआयामिक गरीबीमा उल्लेख्य कमी आएको भएतापनि अझैपनि जनसङ्ख्याको ठूलो हिस्सा गरिबीको रेखामुनि रहेको
    • स्वदेशमा रोजगारी अभावले युवा श्रमशक्तिको रोजगारीका लागि विदेशिने क्रम यथावत् छ
    • अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान घटिरहेको र आयात-निर्यात अनुपात तिब्ररुपमा बढीरहेको अवस्था छ
    • विप्रेषणले अर्थतन्त्रको आकार वृद्धि भएको र बिदेशी मुद्राको पर्याप्त सञ्चिती रहेको छ
    • सामाजिक सुरक्षासमावेशीकरणवातावरण संरक्षण लगायतका आर्थिक-सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन्
    • आर्थिक वृद्धिउत्पादन र उत्पादकत्वऔद्योगिकरणगुणस्तरीय शिक्षा तथा स्वास्थ्य, स्वच्छ र प्रदूषणमुक्त वातावरण र सुशासन लगायतका क्षेत्रले योजनाका अपेक्षित लक्ष्य हासिल गर्न सकेका छैनन् 

    Post a Comment

    0 Comments