Advertisement

स्थानीय तहको नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षण

प्रत्येक स्थानीय तहले बजेट पेस गर्नुअघि आफ्नो क्षेत्रको परिचय (प्रोफाइल) पेस गर्नुपर्छ । यो एक दृष्टिले संघीय अर्थमन्त्रीले बजेट पूर्व संघीय संसद्‌मा पेस गर्ने आर्थिक सर्वेक्षण जस्तै हो । यसमा समग्र अर्थतन्त्रको मूल्यांकन गर्नुको साथै चुनौतीसमेत उल्लेख गरी तयार गर्नुपर्छ । कुन अवस्थाबाट हामी अगाडि बढ्दैछौं भन्ने देखाउन यस्तो प्रतिवेदन संसद्/सभामा बजेट पेस गर्नुअघि हरेक वर्ष यो दस्ताबेज पेश गर्ने गरिन्छ । यो पनि संघीय सरकारले राष्ट्रपतिमार्फत हरेक वर्ष संसद्‌मा पेस गरी पारित गराउने नीति तथा कार्यक्रम जस्तै हो।

यो नीति तथा कार्यक्रम कुनै पनि क्षेत्र नछुट्ने गरी संक्षिप्त रूपमा तयार गर्नुपर्छ । संसद्/सभामा बजेटबाहेक यी दुई दस्ताबेज पेस गर्नुको औचित्य संसद्/सभालाई सरकारले वर्तमानमा देशको आर्थिक, सामाजिक आदि अवस्था कस्तो छ, त्यसमा के कस्ता चुनौती र समस्या छन् र आगामी आर्थिक वर्ष ती चुनौती र समस्या समाधान गर्न सरकारले के कस्ता नीति तथा कार्यक्रम लागू गर्न सोचेको छ भन्ने जानकारी गराउनु र त्यसमा संसद्/सभाको स्वीकृति लिनु हो।

 


Post a Comment

0 Comments