Advertisement

जिल्ला सभा र जिल्ला समन्वय समितिको गठन तथा काम, कर्तव्य र अधिकार

जिल्ला सभा र जिल्ला समन्वय समितिः

  • जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरूबीच समन्वय गर्न एक जिल्ला सभा रहने व्यवस्था संविधानको धारा २२० ले गरेको छ । ।
  • जिल्ला सभामा जिल्ला भित्रका गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य रहनेछन् । 
  • गाउँ सभा र नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीस दिन भित्र जिल्ला सभाको पहिलो बैठक बस्नेछ ।
  • जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुखकम्तीमा तीन जना महिलाकम्तीमा एक जना दलित वा अल्पसंख्यक सहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन ‍गर्नेछ । (१‌‌‍‌‍+१+३+१+*३=*९‌)
  • जिल्ला समन्वय समितिले जिल्ला सभाको तर्फबाट गर्नु पर्ने सम्पूर्ण कार्य सम्पादन गर्नेछ ।
  • सम्बन्धित जिल्लाभित्रको गाउँ सभा वा नगर सभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदको उम्मेदवार हुन योग्य हुनेछ ।
  • जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख वा सदस्यको पदमा निर्वाचित भएमा त्यस्तो व्यक्तिको गाउँ सभा वा नगर सभाको सदस्य पद स्वतः रिक्त हुनेछ ।
  • जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ ।

जिल्ला सभाको काम, कर्तव्य र अधिकार :

(क) जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने,

(ख) विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने,

(ग) जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने,

(घ) प्रदेश कानून बमोजिमका अन्य कार्यहरू गर्ने ।

Post a Comment

0 Comments