Advertisement

१.२ नेपालको राजनीतिक भूगोल

नेपालकोे राजनीतिक विभाजन (सङ्घ, प्रदेश र स्थानीय तह) 

सङ्घ

  • सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था छ । 
  • सङ्घीय संरचनाको सबैभन्दा माथिल्लो एकाइको रूपमा रहने सङ्घीय तहलाई सङ्घका रूपमा परिभाषित गरिएको छ । 
  • सङ्घीय सरकारलाई नेपाल सरकारका नामले पनि चिनिन्छ । 
  • नेपालको संविधानले अनुसूची ५ मा सङ्घको अधिकारको सूचीको व्यवस्था गरेको छ । त्यस्तो अधिकारको प्रयोग संविधान र सङ्घीय कानुनबमोजिम हुने उल्लेख छ । 
  • त्यसैगरी अनुसूची ७ मा भएको संघ र प्रदेशको साझा अधिकारको सुची  र अनुसूची ९ बमोजिमको सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सुचीको प्रयोग पनि सङ्घ मार्फत हुने व्यवस्था छ । 
  • अविशिष्ट अधिकारको प्रयोग सङ्घीय सरकारले गने व्यवस्था गरिएको छ । 

प्रदेश

  • संविधान बमोजिम सङ्घीय एकाइमा विभाजन गरिएको नेपालको सङ्घीय एकाइको क्षेत्र र स्वरूपलाई प्रदेशका रूपमा परिभाषित गरिएको छ । 
  • नेपालको संविधानको अनुसूचि ४ बमोजिम ७ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरूको बारेमा स्पष्ट गरेको छ । 
जसअनुसार सात प्रदेशलाई निम्नबमोजिम सङ्क्षिप्त चर्चा गरिएको छ । 

प्रदेश नं १

  • सीमानाः पूर्वतर्फ भारतको पश्चिम बंगाल र सिक्किम राज्य, दक्षिणतर्फ बिहार राज्य, उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत तथा पश्चिमतर्फ मधेश प्रदेश र बागमती प्रदेश
  • जिल्लाः १४ (ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेरथुम, धनकुटा, भोजपुर, खोटाङ, सालुखुम्बु, ओेखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी)
  • कुल क्षेत्रफलः २५,९०५ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १७.६%)
  • ठूलो जिल्लाः ताप्लेजुङ (३,६४६ व.कि.मि.) र सानो जिल्लाः तेह्रथुम (६७९ व.कि.मि.)
  • राजधानीः विराटनगर (मोरङ)
  • जनसङ्ख्याः ४५,३४,९४३ (जनगणना २०६८ अनुसार)
  • जातीय तथा भाषिक विविधताः ब्राह्मण, क्षेत्री, राई, लिम्बु, थारु, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरू तथा नेपाली, मैथिली, किराती, तामाङ, लिम्बु, गुरुङ, लेप्चा, मगर र थारु मुख्य भाषा

मधेश प्रदेश

  • सीमानाः पूर्वतर्फ प्रदेश १, दक्षिणतर्फ भारत, उत्तरतर्फ प्रदेश १ र बागमती प्रदेश र पश्चिमतर्फ बागमती प्रदेश
  • जिल्लाः आठ (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा)
  • क्षेत्रफलः ९,६६१ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको ६.५७५) 
  • ठूलो जिल्लाः सप्तरी (१,३६३ व.कि.मि.) र सानो जिल्लाः महोत्तरी (१,००२ व.कि.मि.)
  • राजधानीः जनकपुर (धनुषा)
  • कुल जनसङ्ख्याः ५४,०४,१४५ (स्रोतः केन्द्रीय तथ्याङ्क विभाग)
  • जातीय तथा भाषिक विविधताः यादव, गुप्ता, दास, थारु, राजवंशी, मुसलमान लगायतका जातिहरू तथा मैथिली, बज्जिका, अवधी, उर्दु, हिन्दी,थारु र नेपाली आदि भाषा

बागमती प्रदेश

  • सीमानाः पूर्वमा प्रदेश १, पश्चिमतर्फ गण्डकी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ प्रदेश २ र भारत 
  • जिल्लाः १३ (दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ)
  • क्षेत्रफलः २०,३०० व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.७९५) 
  • ठूलो जिल्लाः सिन्धुपाल्चोक (२,५४२ व.कि.मि.) र सानो जिल्ला भक्तपुर (११९ व.कि.मि.) 
  • राजधानीः हेटौंडा (मकवानपुर) 
  • जनसङ्ख्या ५५,२९,४५२ (जनगणना २०६८) 
  • जातीय तथा भाषिक विविधताः तामाङ, ब्राह्मण, क्षेत्री, नेवार लगायतका जाति तथा नेपाली, नेवारी, तामाङ मुख्य भाषा  ।

गण्डकी प्रदेश

  • सीमानाः पूर्वतर्फ बागमती प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ लुम्बिनी प्रदेश र भारतको बिहार राज्य 
  • जिल्लाः ११ (गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) 
  • क्षेत्रफलः २१,७३३ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १४.६१%) 
  • ठूलो जिल्लाः गोरखा (३,६१० व.कि.मि.) र सानो जिल्ला पर्वत (४९४ व.कि.मि.)
  • राजधानीः पोखरा (कास्की) 
  • जनसङ्ख्या २४,०३,७५७ (जनगणना २०६८) 
  • जातीय तथा भाषिक विविधताः ब्राह्मण, क्षेत्री, गुरुङ, मगर लगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।

लुम्बिनी प्रदेश

  • सीमानाः पूर्वतर्फ गण्डकी प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश, उत्तरतर्फ गण्डकी प्रदेश र कर्णाली प्रदेश र दक्षिणतर्फ भारत पर्दछ । 
  • जिल्लाः १२ (नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया) 
  • क्षेत्रफलः २२,२८८ व.कि.मि. (नेपालकोे कुल क्षेत्रफलको १५.१४%)
  • ठूलो जिल्लाः दाङ (२,९५५ व.कि.मि.) र सानो जिल्लाः नवलपरासी बर्दघाट सुस्ता पश्चिम (६३४.८८ व.कि.मि.) 
  • राजधानीः भालुवाङ (दाङ) 
  • जनसङ्ख्याः ४४,९९,२७२ (केन्द्रिय तथ्यांक विभाग) 
  • जातीय तथा भाषिक विविधताः ब्राह्मण, क्षेत्री, मगर, थारु, तामाङ, नेपाल, मुसलमानलगायतका जातिहरूको बसोबास छ भने नेपाली, थारु, अवधि, भोजपुरी, उर्दु, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।

कर्णाली प्रदेश 

  • सीमानाः पूर्वतर्फ गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, पश्चिमतर्फ सुदुरपश्चिम प्रदेश र चीन, उत्तरतर्फ चीन र दक्षिणतर्फ लुम्बिनी, सुदुरपश्चिम प्रदेश
  • जिल्लाः १० (रुकुम (पश्चिम), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत
  • कुल क्षेत्रफलः २७,९८४ व.कि.मि. (नेपालको कलु क्षेत्रफलको १९.०१%) 
  • ठूलो जिल्लाः डोल्पा (७,८८९ व.कि.मि.) र सानो जिल्ला रुकुम पश्चिम (१,२१३.४९ व.कि.मि.) 
  • राजधानीः वीरेन्द्रनगर सुर्खेत
  • जनसङ्ख्या १५,७०,४१८ (केन्द्रीय तथ्याङ्क विभाग) 
  • जातीय तथा भाषिक विविधताः ब्राह्मण, ठकुरी, क्षेत्री, शेर्पा, गुरुङ, मगरलगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।

सुदूरपश्चिम प्रदेश

  • सीमानाः पूर्वतर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, पश्चिमतर्फ भारत, उत्तरतर्फ कर्णाली प्रदेश र चीन तथा दक्षिणतर्फ भारत
  • जिल्लाः ९ (बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली 
  • कुल क्षेत्रफलः १९,५३९ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.२८५)
  • ठूलो जिल्लाः बझाङ (३,४२२ व.कि.मि.) र सानो जिल्ला बैतडी (१,५१९ व.कि.मि.) 
  • राजधानीः गोदावरी (कैलाली)
  • जनसङ्ख्याः २५,५२,५१७ (केन्द्रीय तथ्याङ्क विभाग)
  • जातीय तथा भाषिक विविधताः ब्राह्मण, क्षेत्री, ठकुरी, थारु जातिहरूको बसोबास रहेको छ भने डोटेली, खस, थारु भाषा मुख्य रूपमा बोलिन्छन् । 

नेपालका स्थानीय तह

नेपाल सरकारले नेपाललाई ७५३ स्थानीय तहमा विभाजन गरेको छ । 

जसअनुसार 

  • महानगरपालिका ६, 
  • उपमहानगरपालिका ११, 
  • नगरपालिका २७६ 
  • गाउँपालिका ४६० र 
  • वडा ६७४३

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार

हिमाली जिल्लाः २१
पहाडी जिल्लाः २८
भित्री मधेशका जिल्लाः ७
तराईका जिल्लाः १८
काठमाडौँ उपत्यकाका जिल्लाः ३

हाल नेपालका जिल्लाहरुको वर्गीकरण 

हिमाली जिल्लाः २१ वटा
पहाडी जिल्लाः ३५ वटा
तराईका जिल्लाः २१ वटा
जम्मा जिल्लाः ७७ वटा

Post a Comment

0 Comments