Advertisement

सार्थक भेट, प्रेरणादायी संवाद र अनुभव आदानप्रदान

अध्ययनशील, जुझारु तथा दूरदर्शी युवा जनप्रतिनिधि, जनताको सेवामा सदैव समर्पित; नवीन सोच र सिर्जनशील विचारका धनी आदरणीय वडा अध्यक्ष श्री गणेश डुम्रे ज्यूले आफ्नै कार्यकक्षमा गर्नुभएको आत्मीय आतिथ्यता, बधाई तथा शुभकामना ज्ञापन; र देखाउनुभएको हौसला एवं प्रेरणाप्रति हार्दिक आभार व्यक्त गर्दछु।

भेटका क्रममा स्थानीय शासन र सेवा प्रवाहलाई अझ प्रभावकारी, जनमुखी र परिणाममुखी बनाउन विभिन्न स्थानीय तहले अवलम्बन गरेका असल अभ्यासहरूका विषयमा गम्भीर, सार्थक र ज्ञानवर्धक विमर्श गर्ने अवसर प्राप्त भयो।

देश र जनताको सेवाका लागि गर्नुपर्ने काम धेरै छन्; सम्भावनाका ढोका अझ धेरै छन्। सुशासन, समृद्धि र जनसेवाको पवित्र उद्देश्य प्राप्तिका लागि यस्ता सार्थक संवाद, निरन्तर ज्ञान तथा अनुभव आदानप्रदान र रचनात्मक सहकार्यले निश्चित रूपमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएको छु।

जनताको विश्वासलाई केन्द्रमा राख्दै नवीन सोच, इमानदार प्रयास र समर्पित कर्मका साथ अघि बढ्ने हाम्रो साझा यात्रामा निरन्तर सहकार्य र सहयात्रा हुनेछ भन्ने अपेक्षा गर्दछु। 🙏 









Post a Comment

0 Comments