Advertisement

नेपालको सन्दर्भमा राष्ट्रिय सूरक्षा सम्बन्धमा देखा परेका चुनौतीहरू,समाधानार्थ गरिएका प्रयासहरू,अवलम्बन गर्नु पर्ने थप उपायहरू वारेमा उल्लेख गर्नुहोस ।

कुनैपनि राष्ट्रको राजनीतिक भौगोलिक सिमानाभित्र शान्तिअमनचयन कायम गर्दै डर त्रासको अवस्थाबाट उन्मुक्तिका लागि राष्ट्रिय सुरक्षाका उपायहरू अवलम्बन गरिन्छ । यसका लागि सुरक्षा संयन्त्रहरूसुरक्षा नीतिकानुनहरू,संरचनाहरू आदिको तर्जुमा गरिएको हुन्छ । नेपालको राष्ट्रिय सुरक्षा सम्बन्धमा नीतिगत,संस्थागत तथा कार्यगत ब्यवस्था गरिदा गरिदै पनि देहाय वमोजिमका चुनौतीहरू समेत बिद्यमान रहेको पाइन्छ ।
राष्ट्रिय सुरक्षा ब्यवस्थापनमा देखा परेका चुनौतीहरूः
**    लामो समयदेखिको आन्तरिक द्वन्द्वको अवस्थालाई दिगो शान्तिमा रूपान्तरण गर्नु,
**    जातिय,वर्गिय,लैंगिक समस्यालाई राष्ट्रिय सुरक्षाको पक्षसंग तालमेल हुने गरी समाधान गर्नु,
**    बाह्य हस्तक्षेपसीमा अतिक्रमण जस्ता विषयलाई सहमतीमा टुंगोमा पु¥याउनु,
**    धार्मिक संप्रदाय र क्षेत्रको आडमा हुनसक्ने बिवाद र सामाजिक द्वन्द्वलाई (Win-Win) मोडलमा समाधान गर्नु ।
**    विश्वब्यापि रूपमा बढ्दै गएको शक्ति संघर्ष वाट राष्ट्रलाई सुरक्षित राख्नु ।
**    साइवर अपराध नियन्त्रण गरी साइवर आक्रमणको खतरावाट बच्न जोखिम केन्द्रीत रणनीति र कार्यनीति निर्माण गर्नु
**    जलवायु परिवर्तनबाट सिर्जना हुन सक्ने ताल विष्फोट,हिउँपहिरो आदिबाट सूरक्षामा चुनौती सिर्जना भएको आदि जस्ता चुनौतिहरू विद्यमान रहेका छन्
चुनौती समाधानका लागि गरिएका प्रयासहरूः
**    नेपालको सुरक्षा ब्यवस्थापनका लागि विभिन्न नीतिगत र संस्थागत प्राबधान राखिएको जस्तैः
-- संबिधानमा नै राष्ट्रिय सुरक्षा परिषद,नेपाली सेना लगायतका सुरक्षा निकायका ब्यवस्थासंकटकालिन अधिकार,बिशिष्ट अवस्थामा बजेट ब्यवस्थाका लागि उधारो खर्च आदिको ब्यवस्था गरिएको छ ।
-- स्थानीय प्रशासन ऐनसंगठित अपराध नियन्त्रण ऐनलागू औषध नियन्त्रण ऐनसुपुर्दगि ऐन आदि कानुन मार्फत सुरक्षा ब्यवस्थालाई नियमन तथा अपराध नियन्त्रणका कार्य गरिएको ।
      --  
सूरक्षाका बिभिन्न निकायहरू जस्तो नेपाली सेना,जनपद प्रहरीसशस्त्र प्रहरीराष्ट्रिय अनुसन्धान बिभाग आदि मार्फत सूरक्षा कार्यमा समन्वयात्मक प्रयास गरिएको ।
**    
राष्ट्रिय सुरक्षालाई अन्तराष्ट्रिय सुरक्षा चासो मुताविक बिश्व शान्तिपञ्चशीलका सिद्धान्तको पालना,संयुक्त राष्ट्र संघका मान्यताहरूको परिपालना आदि कार्य गरिएको ।
**    
क्षेत्रीय संगठनहरू SAARC, BIMSTEC आदिका फोरममा समेत आतंवाद नियन्त्रणनिशस्त्रिकरणमा मुद्दा उठाएको ।
**    
मानव वेचविखन नियन्त्रणलागू औषध नियन्त्रणमा विश्वव्यापी साझेदारी ।
**    
सीमा विवादखुला सीमाका कारण हुने अपराध नियन्त्रण आदिका छिमेकी राष्ट्रसँग बहसपैरवी र वार्ता गरिएको ।
**    
राष्ट्रिय महत्वका सूचनालाई भैपरी आउने दुर्घटनावाट सुरक्षित राख्ने उद्धेश्यले हेटौडामा Data Backup Centerनिर्माणका लागि तयारी गरिएको । आदि जस्ता महत्वपूर्ण प्रयासहरू भएका छन् । सुझावहरूः
नेपालको राष्ट्रिय सुरक्षा ब्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि देहाय अनुसारको सुझाव कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।
**    
खुला सीमाका कारण आईपर्ने मानव बेचविखनआतंकबादसीमा अतिक्रमणलाई नियन्त्रण गर्न छिमेकी राष्ट्रसँग समन्वयात्मक पहल गरी सीमा सुरक्षा बलसीमा सम्मको पुनर्निमाणअपराधी सुपुर्दगीमा कडाई आदि गरिनुपर्छ ।
**    
सुरक्षा अंगहरूमा स्पष्ट कार्य क्षेत्र निर्धारण गरी राष्ट्रिय सुरक्षाका विषयमा समन्वयात्मक प्रयास गर्ने ।
**    
राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा अंगहरूलाई स्रोतसाधनजनशक्ति र प्रविधिले युुक्त गराई आधुनिक प्रविधि मार्फत हुनसक्ने अपराधको नियन्त्रणमा लगाउनु पर्ने ।
**    
राष्ट्रिय सुरक्षा चासो तथा राष्ट्रिय सुरक्षा नीतिमा सहमति र प्रतिवद्धता जनाउने । आदि अन्तमा,
नेपाल भौगालिक हिसावले भूपरिवेष्ठित भएता पनि एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो । अतःसन्तुलित र समन्वयात्मक राष्ट्रिय सुरक्षा पद्धतिको अवलम्बन गर्दै यस क्षेत्रमा देखिएका चुनौतीहरूको सम्बोधन गर्नु नै नेपालका लागि श्रेयस्कर ठहरिन्छ ।

Post a Comment

0 Comments