Advertisement

शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।

शासनको अवधारणा
सामान्य अर्थमा राज्यसंचालनका क्रममा सरकारले जे गर्दछत्यो नै शासन हो । राज्य संचालन गर्ने क्रममा सरकारले अपनाउने विधीप्रक्रियामापदण्ड र कार्यशैलीको समग्रतालाई शासन भनिन्छ ।** शाब्दिक रुपमा ग्रीक भाषाको Kobernao शब्दबाट आएको शासन (governance) शब्दको अर्थ राज्य प्रणाली र स्रोतसाधनको परिचालन र दिशानिर्देश गर्नु” भन्ने बुझिन्छ ।** परम्परागत मान्यतामा शासन राज्यको भयशक्तिको प्रयोग गर्दै नागरिकहरुलाई आफूप्रति बफादार राख्दै नियन्त्रण र निर्देशन गर्ने प्रणालीका रुपमा बुझिन्थ्यो । आधुनिक राज्यप्रणालीमा शासन शब्दले नागरिक प्रतिनिधीहरुद्वारा जनहितका लागि सर्वजनिक स्रोतहरुको परिचालनसार्वजनिक मामिलाहरुको ब्यवस्थापन क्रियाकलापहरुलाई समेट्दछ ।** समग्रमा राज्यको नियमन गर्नेब्यवस्थापन गर्नेजनहितका लागि जनपरिचालन र सेवाप्रवाह गर्ने सरकारका तिनवटै अंगहरुको कार्यप्रणालीको एकिकृत र ब्यवहारिक रुप नै शासन हो ।


शासनका आधारभूत पक्षहरु
शासन प्रणालीका अभिन्न अंगका रुपमा रहेका विविध पक्षहरुलाई शासनका आधारभूत पक्षका रुपमा लिईन्छ ।मुख्य पक्षहरु बुँदागत रुपमा यसप्रकार छन् :

  • नागरिक सर्वोच्चता : 

नागरिकहरु नै राज्यका सर्वोच्च शक्ति भएकोले शासन उनीहरुको इच्छामा मात्र संचालन हुन सक्दछ । साथै नागरिक हक अधिकारको प्रत्याभूति शासन प्रणालीको आधारभूत पक्षका रुपमा रहेको हुन्छ

  • शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन :
शासन सरकारका अंगहरुमा कार्यविभाजन भई संचालन हुने र हरेक अंगका परिभाषीत अधिकार अन्र्तगत संचालन हुने गर्दछ । साथैअंगहरुवीचमा संविधान र कानसनद्वारा नै नियन्त्रण र सन्तुलनको ब्यवस्था मिलाईएको हुन्छ ।

  • कानुनको शासन : 
कानुनलाई आत्मसात गर्दै शासन संचालन गरिने भएकोले कानुनको पालना र प्रयोग शासनको महत्वपूर्ण पक्ष हो ।  

  • बहुपात्रसमन्वय र वहुपक्षीय सम्बन्ध :– 
शासन प्रणालीको अभिन्न पक्षका रुपमा राज्य वाहेकका राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रका पात्रहरुसंगको समन्वय तथा सुमधुर सम्बन्ध र सहकार्य रहेको हुन्छ 
  • दुरदृष्ट्रियुक्त कार्यशैली :– 
शासनले राज्यसंचालन संगसंगै राज्यको गन्तब्य समेत निर्धारण गर्ने भएकोले शासनले दुरदृष्टियुक्त कार्यशैली तय गरेको हुन्छ ।यसका साथै सार्वजनिक सेवा प्रवाहसामाजिक उत्तरदायित्वलोकतन्त्र र सुशासनशान्तिसुरक्षा र अमनचयन आदि जस्ता पक्षहरुसमेत शासनका आधारभूत पक्षका रुपमा रहेका हुन्छन्शासनका विशेषताहरुशासन वा शासन प्रणालीका मुख्य विशेषताहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ :

  • शासन राज्यशक्तिको प्रयोग गर्ने वैधानिक र जीवन्त अंग सरकार र यसका अंगहरु मार्फत संचालन गरिन्छ –    
  • सार्वभौमसत्ता सम्पन्न नागरिक प्रतिनिधिद्वारा नागरिक सर्वोच्चता र हित अनुकुल सावधानीपूर्वक शासनको अभ्यास गरिन्छ ।–    
  • शासन राज्यको अस्त्तिव संगै निरन्तर चलिरहने प्रणाली हो ।–    
  • राज्य प्रणालीको जीवित मस्तिष्कआत्मा र नेतृत्वको रुपमा शासन रहेको हुन्छ ।–    
  • शासन बहुक्षेत्रवहुपात्र र वहुविधासंग सरोकार राख्ने वहुल उद्धेश्य र अपेक्षाहरु भएको विषय हो ।–    
  • शासनको कार्यक्षेत्र राज्यको क्षेत्रदायरा र शक्तिसंग जोडिएको हुन्छ ।    
  • यसप्रकार शासन सरकारको गुणराज्यको आदर्श त्तव र राज्यशक्तिको प्रयोग गर्ने शैलीका रुपमा उल्लेखित आधारभूत पक्ष र विशेषतायुक्त प्रणालीका रुपमा रहेको हुन्छ ।

Post a Comment

0 Comments