Advertisement

सम्झनामा भक्तपुर

देश कै सानो जिल्ला, थुप्रै साँस्कृतिक एवं ऐतिहासिक पहिचान बोकेको भक्तपुर मेरा लागि भने अझै खास छ। लोकसेवा आयोगले भक्तपुर स्थित जिल्ला अदालतमा सिफारिस गरेसँगै मैले नजिकबाट यसलाई अनुभव गर्ने मौका पाएँ। कामको चाँपको बीचमा पनि भक्तपुरले सधै पुनःताजकीकरण गरी नै रह्यो।

सबै कुरा क्यामेरामा कैद गर्न सम्भव हुदैन, तर मानसपटलमा कहिल्यै नमेटिने गरी ती क्षण, ती पल घुमिरहेका छन् र घुमिरहने छन्।

भनिन्छ, हरेक कुराको सुरुवात र अन्त्य विशेष हुन्छ। भक्तपुर मेरो निजामति सेवा यात्राको सुरुवात हो, जुन निकै छोटो (२ महिना) तर विशेष रह्यो, सिकाइको यो यात्रा उपलब्धिमूलक रह्यो। माननीय जिल्ला न्यायाधीशज्युहरु, अग्रज सरहरु एवं सहकर्मी साथीहरुले देखाउनु भएको आत्मीयता, सदासयता, उत्प्रेरणा एवं माया सधै मनमुटु मै रहिरहने छ। निजामती संगठन र यसको सेरोफेरोमा पुनः हाम्रो भेट हुने नै छ।

समग्र भक्तपुर जिल्ला अदालत परिवार प्रति मिठो माया र सम्झना
मितिः २०७६/०९/०३ बिहिबार

Post a Comment

0 Comments