१. सामान्य प्रशासन शाखा
(क) स्थानीय सेवा तथा जनशक्ति विकास
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियम
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
§ स्थानीय सेवाको
व्यवस्थापन सम्बन्धी अन्य कार्य
§ गाउँपालिकाको
संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
§ स्थानीय सेवाको
व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबद्र्घन र नियमन
§ मानव संसाधन
विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
§ गाउँपालिकामा
सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
§ स्थानीय शान्ति
समिति सम्बन्धी कार्यहरु ।
(ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन
§ गाउँपालिकाको
लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
§ गाउँपालिकाभित्रको
सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्बाधार, उद्योग, खानी तथा खनीज, वनको विवरण सहितको अद्यावधिक अभिलेख
§ गाउँपालिकाको
स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
§ गाउँपालिकास्थित
सरकारी सम्पत्तिको एकीकृत विवरण ।
(ग) स्थानीय तह, प्रदेश र संघसँगको सम्वन्ध र समन्वय तथा वडासँगको समन्वय
§ संघ तथा प्रदेश
तहमा संविधान तथा कानुन बमोजिमको सहभागिता तथा प्रतिनिधित्व
§ जिल्ला समन्वय
समितिसँगको समन्वय
§ वडा तहसँगको
सम्पर्क र समन्वय
§ पत्राचार, सभा, समारोह, शिष्टाचार
(घ) नगर प्रहरी व्यवस्थापन
§ संघीय तथा
प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
§ नगर
प्रहरीमार्फत देहायका कार्य सम्पादन गर्ने,
य नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा
सहयोग,
य सम्पत्तिको संरक्षण,
य गाउँपालिकामा हुने सभा
समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
य स्थानीय बजार तथा पार्किङ्ग
स्थलको व्यवस्थापनमा सहयोग,
य नगर प्रहरी सम्बन्धी
कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
य गाउँ बस्ती सरसफाई सम्बन्धी
मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
य स्थानीय न्यायिक समितिले
गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
य कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक
पूर्वाधारको संरक्षण र सुरक्षा,
य विपद् व्यवस्थापनमा सहयोग,
य अपराध रोकथाम तथा
अनुसन्धानमा सहयोग,
य फूटपाथ व्यवस्थापन
य निर्माण नियमन
य गुणस्तर नियन्त्रण
§ नगर प्रहरी
सम्बन्धी अन्य कार्य ।
(ङ) न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवद्र्धन तथा
मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन
§ न्यायिक समितिको
सचिवालय सम्वन्धी कार्य
§ न्याय तथा
कानूनी राज्यको परिपालना
§ मानव अधिकारको
संरक्षण तथा प्रवद्र्धन
§ व्यक्ति र
समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
§ न्यायिक निर्णय
तथा फैसला कार्यान्वयन
(च) सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन
§ आफ्नो
क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
§ एक सय वाटसम्मको
एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
§ आफ्नो
क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
§ अभिलेख
व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
§ सूचना तथा
सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र
विस्तारसम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
§ बैज्ञानिक
अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
§ सूचना तथा
सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन ।
(छ) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण
§ स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यबस्थापन तथा
अनुगमन
§ बजार तथा हाट
बजार व्यवस्थापन
§ उपभोक्ता अधिकार
तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
§ स्थानीय
वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
§ स्थानीय व्यापार
र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
§ स्थानीय वस्तु र
सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
§ उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत
व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
§ खाद्य पदार्थको
गुणस्तर नियन्त्रण,
§ खानेपानीको
गुणस्तर नियन्त्रण,
§ स्थानीय व्यापार
प्रवद्र्घन सहजीकरण र नियमन,
§ स्थानीय बौद्धिक
सम्पत्तिको संरक्षण, प्रवद्र्घन र अभिलेखाङ्कन ।
(ज) बैठक तथा विधायन
§ कार्यपालिका तथा
सभाको बैठक व्यवस्थापन
§ कार्यपालिकाको
निर्णयहरुको विद्युतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
§ कार्यपालिका तथा
सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन
§ कार्यपालिकाका
विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन
§ नीति, कानुनको प्रमाणीक प्रतिको
संरक्षण, प्रकासनका लागि समन्वय
§ विधायन सम्वन्धी
अन्य कार्य
(झ) आन्तरिक लेखापरीक्षण
§ आन्तरिक तथा
पूर्व लेखापरीक्षण
§ लेखापरीक्षण
विवरण (बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन
§ अन्तिम
लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
§ लेखापालनसम्वन्धी
क्षमता विकास कार्य
(ञ) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभुषण, आदि ।
§ स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
§ उपाधी तथा विभुषण
सम्वन्धी सिफारिश, अभिलेख
२. राजश्व तथा आर्थिक प्रशासन शाखा
(क) राजश्व नीति तथा प्रशासन
§ राजश्व सम्बन्धी
नीति, कानून तर्जूमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)
§ सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको
हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
§ सार्वजनिक खर्च
तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको
सङ्कलन तथा बाँडफाँड
§ आफ्नो
क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र
सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन
§ स्थानीय
पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानुन, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
§ मालपोत संकलन
§ कानुन बमोजिम
ढुंगा, गिट्टी, वालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन
§ ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बञ्जी जम्पिङ्ग, जिपफ्लायर, ¥याफ्टिङ्ग शुल्क
§ सामुदायिक वनको
सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन
§ पानीघट्ट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट
प्राप्त रोयल्टी सङ्कलन
§ प्राकृतिक
स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
§ प्रचलित कानुन
बमोजिम दण्ड जरिवाना
§ बाँकी बक्यौता
रकमको लगत र असुल उपर
§ करदाता शिक्षा
तथा करदाता विवरण अद्यावधिक
§ वित्तीय स्रोत
साधनको समतामूलक बाँडफाँड
§ आर्थिक साधनको
महत्तम उपयोग तथा परिचालन
§ राजश्व परामर्श
समिति सम्बन्धी विषय
§ स्थानीय राजस्व
प्रवद्र्घनका लागि प्रोत्साहन,
§ राजश्वको
सम्भाव्यता अध्ययन
§ राजस्व सूचना
तथा तथ्याङ्कको आदान प्रदान
§ संघीय तथा
प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था
(ख) आर्थिक प्रशासन
§ आर्थिक
(कार्यविधी) नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
§ बजेट सीमा
निर्धारण, बजेट तर्जूमा, कार्यान्वयन र नियमन
§ सञ्चित कोष तथा
आकस्मिक कोषको व्यवस्थापन
§ लगानी र
लाभांशको व्यबस्थापन
§ लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य
सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण
§ समष्टिगत आर्थिक
अवस्थाको विश्लेषण
§ ऋण तथा अनुदानको
व्यवस्थापन र नियमन
§ लगानी प्रक्षेपण
(सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
§ कारोबारको
लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
§ राजश्व तथा
व्ययको अनुमान
§ बेरुजू फछ्र्यौट
§ आर्थिक प्रशासन
र व्यबस्थापन सम्बन्धी अन्य विषय ।
३.पूर्बाधार विकास तथा भवन नियमनशाखा
(क) सडक तथा यातायात व्यवस्था
§ स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात
सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
§ स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी
गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
§ यातायात सुरक्षा
व्यवस्थापन र नियमन
§ स्थानीय
सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
§ ट्याक्सी सेवा
अनुमती, व्यबस्थापन र नियमन,
§ वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिगमैत्री यातायात
प्रणालीको प्रवद्र्धन
§ आधारभूत यातायात
सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
§ यातायात
क्षेत्रमा लगानी अभिबृद्धि
§ यातायात
सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
§ यातायात
क्षेत्रमा वाताबरणमैत्री प्रविधिलाई प्रोत्साहन
§ निजी यातायात
नियमन व्यवस्थापन
(ख) भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत)
§ भवन सम्बन्धी
नीति, कानून, मापदण्ड तथा सो सम्वन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
§ राष्ट्रिय भवन
संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
§ भवन निर्माण
इजाजत, भवन संहिता कार्यान्वयन
§ भवन निर्माणको
नक्शा स्वीकृति, संशोधन, नियमन
§ पुरातत्व, प्राचीन स्मारक र
संग्र्रहालय संरक्षण, सम्बद्र्धन र पुनःनिर्माण,
§ सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक
भवन तथा संरचना निर्माण र मर्मत संभार,
(ग) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा, भू—उपयोग तथा वस्ती विकास
जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा,
§ प्रादेशिक
मापदण्ड बमोजिम घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
§ भूमिको वर्गीकरण
अनुसारको लगत
§ जग्गाको
कित्ताकाट र भूमी लगत (नक्शा, स्रेस्ता) निर्माण र संरक्षण
§ सरकारी
प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
§ जग्गा विवाद
समाधानमा मेलमिलाप र मध्यस्थता
§ विश्व सम्पदा
सूचीमा परेका स्मारक र पुरातात्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत
बस्ती विकास
§ शहरीकरण, बस्ती विकाससम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्वन्धी
योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
§ आधारभूत आवासका
योजना तर्जुमा र कार्यान्वयन
§ गाउँपालिकामा
अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
§ आधारभूत बसोवास
सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
§ योजनाबद्ध र
व्यबस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
§ एकीकृत बस्ती
विकासका लागि जग्गाको एकिकरण तथा जग्गा विकास र व्यबस्थापन
§ सङ्घीय तथा
प्रदेश कानूनको अधीनमा रही आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र
कार्यान्वयन
§ सङ्घीय तथा
प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र
कार्यान्वयन
§ संघीय र प्रदेश
कानुन बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
§ स्थानीयस्तरमा
सुकुम्वासी सम्वन्धी जीविकोपार्जन र वसोवास व्यवस्था
§ एकीकृत वस्ती
विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।
(घ) जलविद्युत, उर्जा,सडक वत्ती र सिंचाई
जलविद्युत, उर्जा र सडक वत्ती
§ साना जलविद्युत
आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्वन्धी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
§ वैकल्पिक ऊर्जा
सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि÷प्रबद्र्घन,
§ विद्युत वितरण
प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
§ जनसहभागितामा
आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिदै जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको
तर्जुमा र कार्यान्वयन
§ स्थानीय विद्युत
वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
§ सडक वत्तीको
व्यवस्था
सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण
§ सिँचाई सम्बन्धी
नीति, कानून, मापदण्ड निर्धारण र नियमन
§ सिँचाई सम्बन्धी
गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
§ स्थानीय साना, सतह तथा भूमिगत सिचाई
प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
§ जलउत्पन्न
प्रकोप नियन्त्रण सम्वन्धी स्थानीय
§ तटबन्ध, नदी नियन्त्रण तथा नदीे
व्यवस्थापन र नियमन
§ साना जल उपयोग
सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।
(ङ) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण तथा फोहरमैला व्यवस्थापन
§ स्वच्छ तथा
स्वस्थ वातावरण र जलाधार तथा वन्ययजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जूमा, कार्यान्वयन र नियमन
§ बृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको
प्रर्वद्धन
§ फोहरमैला सङ्कलन, पुनःउपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क
निर्धारण र नियमन
§ सरसफाई तथा स्वास्थ्यजन्य
फोहोरमैलाको व्यवस्थापन
§ वायु तथा
ध्वनीको प्रदूषण नियन्त्रण
§ हानिकारक
पदार्थहरूको नियमन तथा नियन्त्रण
§ सार्वजनिक
शौचालय व्यवस्थापन
§ वातावरणीय जोखिम
न्यूनीकरण
§ न्यून
कार्वनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
§ वातावरण संरक्षण
क्षेत्र निर्धारण र व्यवस्थापन
§ पानी मुहानको
संरक्षण
§ पहिरो नियन्त्रण
§ जलवायू परिवर्तन
अनुकुुलन कार्यक्रम
(च) विपद् व्यवस्थापन, बारुण यन्त्र, एम्वुलेन्स
§ विपद्
व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
§ विपद् पूर्व
तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना
§ विपद् पूर्व
तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
§ विपद् जोखिम
क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
§ विपद्
व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
§ विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत
साधनको परिचालन
§ विपद् पश्चात्
स्थानीयस्तरको पुनस्र्थापना र पुनर्निर्माण
§ विपद् सम्बन्धी
तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
§ प्राकृतिक
प्रकोपको रोकथाम र पूर्व तयारी
§ विपद् जोखिम
न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुृमा र
कार्यान्वयन,
§ बारुण यन्त्र
तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
§ स्थानीय
आपतकालीन कार्य सञ्चालन प्रणाली
(छ) सार्वजनिक निजी साझेदारी
§ स्थानीय
सार्वजनिक—निजी साझेदारी सम्वन्धी स्थानीय नीति, योजना निर्माण
§ स्थानीय
सार्वजनिक—निजी साझेदारीका आयोजना छनौट तथा कार्यान्वयन
§ स्थानीय विकासमा
निजी क्षेत्रको प्रबद्र्धन
४. आर्थिक विकास शाखा
(क) कृषि, पशुपन्छी तथा सहकारी
कृषि
§ कृषि, कृषि प्रसार, कृषि उत्पादन
व्यवस्थापनसम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
§ कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको
पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
§ कृषिजन्य
प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
§ कृषि वातावरण
संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवद्र्घन
§ कृषि प्रसार तथा
जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
§ उच्च मूल्ययुक्त
कृषिजन्य वस्तुको प्रवद्र्घन, विकास तथा बजारीकरण
§ कृषिसम्वन्धी
वीमा र कर्जा सहजीकरण
§ शीत भण्डारणको
व्यवस्थापन
§ कृषकहरूको
क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
§ कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको
आपूर्ति, उपयोग र नियमन
§ कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी
स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
§ कृषि सम्बन्धी
प्रविधिको संरक्षण र हस्तान्तरण
§ कृषि तथ्याङ्कको
व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
§ कृषि स्रोत
केन्द्रको स्थापना र व्यवस्थापन
पशुपन्छी
§ पशुपालन र पशु
स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
§ पशुपन्छी बजार
सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
§ पशुपन्छीजन्य
प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
§ पशुपन्छी
चिकित्सा सेवाको व्यवस्थापन,
§ पशुनश्ल सुधार
पद्धति विकास र व्यबस्थापन
§ पशुपन्छी
सम्बन्धी बीमा र कर्जा सहजीकरण
§ स्थानीय चरन तथा
खर्क विकास र व्यवस्थापन
§ पशु आहारको
गुणस्तर नियमन
§ स्थानीयस्तरमा
पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली
§ पशु बधशाला र
शीत भण्डारणको व्यवस्थापन र नियमन
§ पशुपालन तथा पशु
स्वास्थ्य सम्बन्धी अन्य कार्य ।
सहकारी
§ सहकारी संस्था
सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
§ स्थानीय सहकारी
संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
§ सहकारी वचत तथा
ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
§ सहकारी सम्बन्धी
राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
§ सहकारी सम्बन्धी
स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
§ स्थानीय सहकारीको
क्षमता अभिवृद्धि
§ स्थानीय सहकारी
क्षेत्रको प्रवद्र्घन, विकास र परिचालन ।
(ख) वन, भू—संरक्षण, वन्यजन्तु, जलाधार, जडिबुटी तथा जैविक विविधता
§ वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता
सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
§ सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कवुलियती वनको संरक्षण, सम्वद्र्धन, उपयोग र नियमन
§ वन उपभोक्ता
समूहको व्यवस्थापन
§ मध्यवर्ती
क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
§ नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा
वृक्षारोपण व्यवस्थापन
§ निजी तथा
व्यवसायिक वनको प्रबद्र्घन र नियमन
§ सार्वजनिक खाली
जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
§ जडीबुटी तथा
अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्भेक्षण, उत्पादन, सङ्कलन, प्रबद्र्घन, प्रशोधन, र बजार व्यवस्थापन
§ वनबीऊ बगैँचा
स्थापना, व्यवस्थापन र प्रवद्र्घन
§ नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवद्र्धन
§ वन्यजन्तु र
चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
§ वन्यजन्तुबाट
स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
§ स्थानीय प्राणी
उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
§ स्थानीय
वन्यजन्तु पर्यटन र आयआर्जन
§ स्थानीयस्तरमा
आखेटोपहारको व्यवस्थापन
§ वन, वन्यजन्तु तथा चराचुरुङ्गीको
अभिलेखाङ्कन र अध्ययन अनुसन्धान
§ रैथाने
प्रजातिको संरक्षण र प्रवर्द्धन
§ मिचाहा
प्रजातिको नियन्त्रण
§ जैविक विविधताको
अभिलेख
§ सामुदायिक
भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
§ भूसंरक्षण र
जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
§ जलवायू परिवर्तन
अनुकुलन कार्य
§ आय आर्जनमा
आधारित जडीबुटीको संरक्षण, प्रबद्र्धन, व्यवस्थापन
(ग) उद्योग तथा उद्यमशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण
उद्योग
§ लघु, घरेलु तथा साना उद्योगको
दर्ता, नवीकरण, खारेजी र नियमन
§ लघु, घरेलु तथा साना उद्योगको
विकास र प्रवद्र्धन
§ उद्यमशिलता
प्रवद्र्धन
§ व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
§ सीप विकास
सम्बन्धी कार्यको प्रबद्र्धन ।
खानी तथा खनिज
§ खानी तथा खनिज
पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
§ ढुङ्गा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीढुङ्गा, फायरक्लेजस्ता खानीजन्य
वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
§ ढुङ्गा, गिट्टी, बालुवा, नुन, माटो, खरीढुङ्गा, फायर क्ले तथा स्लेट आदि
खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
§ खानी तथा खनिज
पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यबस्थापन
§ भौगर्भिक नक्सा
प्रकाशन ।
(घ) रोजगार प्रबद्र्धन तथा गरिबी न्यूनीकरण
§ गरिबी निवारण
सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
§ गरिबी निवारणको
स्थानीय रणनीति तर्जूमा
§ गरिब घरपरिवार
पहिचानसम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
§ गरिबी निवारण
सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
§ रोजगार तथा
बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
§ स्थानीयस्तरमा
रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन
§ पहिचान भएका
गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन
§ संघीय र प्रदेश
कानून बमोजिम स्थानीय तहमा सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
§ सुकुम्बासी
सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
§ रोजगारीका अवसर
सिर्जना सम्वन्धी
५. सामाजिक विकास शाखा
(क) आधारभूत तथा माध्यमिक शिक्षा
§ प्रारम्भिक बाल
शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
§ प्राविधिक
शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
§ पाठ्यक्रम र
पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
§ विद्यालय शिक्षक
तथा कर्मचारी व्यवस्थापन
§ विद्यालयको
नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
§ शैक्षिक
पूर्वाधार निर्माण र मर्मत सम्भार
§ आधारभूत तह
(कक्षा ८) को परीक्षा व्यवस्थापन
§ विद्यार्थी
सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
§ विद्यार्थी
प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
§ शैक्षिक परामर्श
सेवाको अनुमति तथा नियमन
§ स्थानीयस्तरको
शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण
§ माध्यमिक
तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
§ पुस्तकालय एवं
पत्रपत्रिका
§ स्थानीय
पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।
(ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप
§ स्थानीयस्तरमा
खेलकूद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
§ खेलकुदको
संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
§ खेलकूदको विकास
र प्रवद्र्घन
§ खेलकूद
प्रतियोगीता आयोजना र सहभागीता
§ अतिरिक्त
क्रियाकलाप सम्बन्धी विषय ।
(ग) आधारभूत स्वास्थ्य तथा सरसफाई
§ आधारभूत
स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
§ राष्ट्रिय तथा
प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र
गुणस्तर निर्धारण
§ राष्ट्रिय र
प्रादेशिक मापदण्ड अनुरुप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको
क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
§ आधारभूत
स्वास्थ्य सेवाको सञ्चालन र प्रबद्र्घन
§ अस्पताल र अन्य
स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
§ स्वास्थ्य सेवा
सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
§ सरसफाई सचेतनाको
अभिवृद्धि
§ रक्त सञ्चार
सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
§ औषधि पसल
सञ्चालन र नियमन
§ औषधिजन्य
वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
§ स्वास्थ्य बीमा
लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
§ औषधि तथा अन्य
मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
§ औषधिको उचित
प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
§ औषधि र
स्वास्थ्य उपकरणको खरीद, भण्डाण र वितरण
§ स्वास्थ्य सूचना
प्रणालीको व्यवस्थापन
§ जनस्वास्थ्य
निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
§ प्रवद्र्घनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्र्थापनात्मक र
प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन
§ स्वस्थ जीवनशैली, पोषण, शारीरिक ब्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य
सेवाको प्रवद्र्धन
§ जुनोटिक र
कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
§ सुर्ति, मदिरा र लागू पदार्थजन्य
वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
§ आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका
परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
§ जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा
महामारीको नियन्त्रण योजना र कार्यान्वयन
§ सरुवा तथा
नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
§ आकस्मिक
स्वास्थ्य सेवा प्रवाह ।
(घ) खानेपानी व्यवस्थापन
§ स्थानीय
खानेपानीसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
§ खानेपानी महसुल
निर्धारण र खानेपानी सेवा व्यवस्थापन
§ सार्वजनिक
स्थलमा पिउने पानी व्यवस्थापन
§ स्वच्छ खानेपानी
आपूर्ति सम्बन्धी अन्य विषय ।
(ङ) लैंगिक समानता तथा सामाजिक
सुरक्षा
लैंगिक समानता
§ महिला हक
सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
§ महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
§ लैगिक हिंसा
निवारणका लागि निरोधात्मक, प्रवद्र्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
§ लैंगिक
उत्तरदायी बजेट
वालवालिका
§ बालबालिकाको
हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
§ बालबालिकाको
हकहीत संरक्षण
§ बालमैत्री
शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल
§ बालबालिकाको
हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
§ बालबालिका
परिवार सहयोग
§ बैकल्पिक
स्याहार पद्धतिको कार्यान्वयन
§ बाल न्याय
§ बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल
विकास केन्द्र व्यवस्थापन
§ असहाय
बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
§ बाल हिंसा
नियन्त्रण
§ बालसुधार तथा
पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
§ आपत्कालीन बाल
उद्धार कोष स्थापना र व्यवस्थापन
युवा
§ युवा जागरण, सशक्तिकरण र परिचालन
§ युवा सीप, उद्यमशिलता तथा नेतृत्व
विकास
जेष्ठ नागरिक
§ जेष्ठ नागरिकको
लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
§ जेष्ठ नागरिक
क्लव, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
अपांगता भएका व्यक्ति र एकल महिला
§ सङ्घ तथा
प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको
सञ्चालन र व्यवस्थापन
§ अपाङ्गता भएका
व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
§ अपाँगता भएका
व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
§ अपाङ्गता भएका
व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्वन्धी अन्य कार्य ।
§ एकल महिला
सम्वन्धी कार्य
(च)गैरसरकारी संस्थापरिचालन, समन्वय तथा नियमन
§ स्थानीयस्तरमा
समाजकल्याण सम्वन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा नियमन
§ गुठी, कोष तथा अन्य ट्रष्टहरुको
व्यवस्थापन
§ निजी तथा
गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
§ समन्वय र
परिचालन
§ सामाजिक
संघसंस्था सम्बन्धी अन्य विषय ।
(छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता
§ सामाजिक सुरक्षा
सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
§ सङ्घ तथा
प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम
कार्यान्वयन
§ सामाजिक
सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
§ स्थानीय सामाजिक
सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन ।
(ज) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रबद्र्धन
§ भाषा, संस्कृति र ललितकलाको
संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
§ पुरातत्व, प्राचीन स्मारक तथा
सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रबद्र्घन र विकास
§ परम्परागरत
रुपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
§ स्थानीय महत्वका
धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यबस्थापन
§ पर्यटकीय
महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवद्र्धन
§ पर्यटन
पूर्वाधार विकास तथा प्रोत्साहन
§ पुरातात्विक, धार्मिक महत्वका सम्पदाहरुको
संरक्षण तथा सम्बद्र्धन
§ भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रबद्र्धन र विकास ।
६. योजना, अनुगमन तथा तथ्यांक शाखा
(क) योजना तर्जुमा, कार्ययोजना तयारी, उपभोक्ता समिति परिचालन
§ विकास आयोजना
तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
§ स्थानीय विकास
नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जूमा, अनुगमन तथा मूल्यांकन
§ आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य
विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
§ बार्षिक विकास
कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
§ विकास निर्माण
प्रकृयामा स्थानीय जनसहभागिता अभिबृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
§ विकास
योजनाहरुको वातावरणीय प्रभाव मूल्यांकन
§ उपभोक्ता
समितिको विवरण, क्षमता विकास
§ विकासका
प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
§ संघीय र
प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
§ विकास आयोजना
तथा परियोजना सम्बन्धी अन्य कार्य ।
(ख) अनुगमन तथा मूल्यांकन
§ विकास आयोजनाको
अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
§ विकास योजनाको
अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
§ आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव
मूल्याङ्कन
§ बिषयक्षेत्रगत
नीतिको अनुगमन तथा मूल्यांकन
(ग) तथ्यांक व्यवस्थापन
§ तथ्याङक संकलन, व्यवस्थापन तथा प्रयोग
सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
§ सूचना तथा अभिलेख
केन्द्रको स्थापना तथा सञ्चालन
§ आधुनिक
प्रबिधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्वन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा
प्रतिवेदन
§ स्थानीय तथ्याङक
संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण
य आधारभूत तथ्यांक संकलन र
व्यबस्थापन ः जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्बाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा
आवद्धता र पाश्र्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
य बेरोजगारको तथ्यांक संकलन
य स्थानीय व्यापारको तथ्याङ्क
प्रणाली र अध्ययन अनुसन्धान
य सामाजिक सुरक्षा सम्बन्धी
स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन
य सम्पन्न भएका तथा चालू
योजनाको विवरण
य बिषक्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख
§ प्रदेश तथा
संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
§ सम्भाव्य
प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यबस्थापन
§ गाउँपालिकाका
आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।

0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.