“बिदाइ” शब्द आफैँमा प्रिय लाग्दैन !
लागोस् पनि कसरी?, यसले त हामीलाई भौतिक रूपमा टाढा बनाउँछ।
शाखा अधिकृतको आधारभूत प्रशासनिक तालिम (BAT) को ४०औँ श्रृङ्खला #BAT40 अन्तर्गत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (#NASC) मा बिताएका हरेक पल, हामीलाई दिएको ज्ञान, अनुभव र अमूल्य सम्झनाहरू जीवनभर साथ रहनेछन्।
यी दिनहरू केवल सिकाइका लागि मात्र होइन, सामाजिकीकरण, आत्मविकास र सम्बन्ध विस्तारका दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण रहे।
यहाँ विकास भएका सम्बन्धहरू व्यक्तिगत र पेशागत जीवनमा सधैं मार्गदर्शक बन्नेछन् भन्ने विश्वास छ।
विदाइको यो क्षणलाई अझै यादगार बनाउन हामीले आफ्नो तर्फबाट सकेसम्म प्रयास गरेका छौँ।
Coordinator म्यामहरु, प्रशिक्षक/सहजकर्ता, र NASC परिवारप्रति विशेष आभार छ।
सामान्य प्रशासन, लेखा, राजस्व समूह, लेखापरीक्षण (र संसद) सेवाका साथीहरूसहितको यो सानो परिवार सधैं मनमा बसिरहनेछ।
मनको दूरी कहिल्यै नबढोस्। ❤️
#BAT40 #Koshi


0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.