PAGE TOP

नेपालमा सङ्घीयताका १४ ‘स’

संरचना नेपालको वर्तमान संविधानले सङ्घीय, प्रादेशिक र स्थानीय तह गरी ३ तहको सरकारको परिकल्पना गरेको छ। र समग्र राष्ट्र एउटा सङ्घीय सरकारको रू...

संरचना
नेपालको वर्तमान संविधानले सङ्घीय, प्रादेशिक र स्थानीय तह गरी ३ तहको सरकारको परिकल्पना गरेको छ। र समग्र राष्ट्र एउटा सङ्घीय सरकारको रूपमा रहेको छ भने ७ वटा प्रादेशिक सरकार र ७५३ वटा स्थानीय सरकार हरू अस्तित्वमा रहेका छन्। यसका लागि राजनैतिक, वित्तीय र प्रशासनिक अधिकारको विनियोजन हुने गर्दछ । संवैधानिक व्यवस्था अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ प्रदेश र स्थानीय गरी तिन तहको हुने र राज्य शक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुन बमोजिम गर्न सक्ने व्यवस्था गरेको छ। सङ्घ, प्रदेश र स्थानीय तहले नेपालको स्तन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित सर्वाङ्गीण विकास, वहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय शासन प्रणाली, मानव अधिकार तथा मौलिक हक कानुनी राज्य, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलन वहुलता र समानतामा आधारित समतामूलक समाज, समावेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने दायित्व पाएका छन्।
सरकारको कार्यक्षेत्र 
सङ्घीय संरचनामा तीन तहका सरकारको कार्यक्षेत्र लाई निम्नानुसार विनियोजन गरिएको छ।
१. एकल अधिकार
क. सङ्घको अधिकार – संविधानको अनुसूची ५
ख. प्रदेशको अधिकार -संविधानको अनुसूची ६
ग. स्थानीय तहको अधिकार – संविधानको अनुसूची ८
२. साझा अधिकार
क. सङ्घ र प्रदेशको साझा अधिकार – संविधानको अनुसूची ७
ख. सङ्घ प्रदेश र स्थानीय तहको अधिकार – संविधानको अनुसूची ९
३. अवशिष्ट अधिकार : तीन तहको सरकारको अधिकारमा उल्लेख नभएको वा साझा सूचिमा उल्लेख नभएको कार्य सङ्घको अधिकार हुने
सम्बन्धका सेतु  तीन ‘स’
सङ्घीय संरचनाको आदर्श पक्षको रूपमा तीन ‘स’ मा आधारित सङ्घ, प्रदेश र स्थानीय तह बिचको सम्बन्ध सेतु संविधानको धारा द्दघद्द ले व्यवस्था गरेको छ। सहकारिता, सह अस्तित्व र समन्वय को यी तीन “स” मा आधारित सिद्धान्तले संविधानको प्रस्तावनाले परिलक्षित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम द्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको प्राप्तिको दिगोपनाको सबल आधार स्तम्भको रूपमा रहेका छन्। यसले शासन सञ्चालन प्रक्रियालाई सुसंस्कृत, सहिष्णु र परिणाममुखी बनाउनमा सहयोग गर्दछ ।
स्व शासन र साझा शासनको अवधारणा
सङ्घीयता राज्यसत्ता को अधिकारको प्रयोग राज्यका बहु सरकारहरूबिच विनियोजन गरी शासकीय क्रियाकलापमा बढी भन्दा बढी जनतालाई संलग्न गराउने प्रजातान्त्रिक प्रणाली हो । यसर्थ सङ्घीय शासन प्रणाली बढी प्रजातान्त्रिक र सहभागितामूलक हुन्छ । सङ्घीय शासन प्रणाली बहु सरकारहरूबिचको एउटा साझा प्रतिज्ञापत्र हो जसमा राष्ट्रिय उद्देश्यका प्राप्ति र जनताको सर्वोपरि हितको लागि स्व शासन र साझा शासन को संयोजन गरिएको हुन्छ । यसै अवधारणा अनुरूप सङ्घीयता ले लोकतन्त्र र शासकीय अभ्यासमा सर्वसाधारण को सहभागिता र अवसरको सुनिश्चितता मात्र होइन, सामाजिक विविधता लाई पनि सम्बोधन गर्नु पर्दछ । सङ्घीयता बहु सरकारहरू बिच साझा र स्वशासनमा आधारित एउटा आदर्श शासन प्रणाली समेत हो । संविधानको अनुसूची ५ ले सङ्घको एकल अधिकार, अनुसूची ६ ले प्रदेशको एकल अधिकार र अनुसूची ८ले स्थानीय तहको एकल अधिकारको व्यवस्था गरेको छ यी अनुसूचीहरू तत् तत् तहका स्व शासनका क्षेत्रहरू हुन् ।त्यस्तै अनुसूची ७ ले सङ्घ र प्रदेशको साझा अधिकार र अनुसूची ९ले सङ्घ , प्रदेश र स्थानीय तहको साझा अधिकारहरूको व्यवस्था गरेको छ यी अनुसूचीहरू सङ्घ र प्रदेश तथा सङ्घ , प्रदेश र स्थानीय तहका साझा शासनका क्षेत्रहरू हुन् ।
सम्बन्धका आधारहरू 
• सङ्घीय संरचनाको आदर्श पक्षको रूपमा तीन ‘स’ सहकारिता, सह अस्तित्व र समन्वय मा आधारित सङ्घ, प्रदेश र स्थानीय तह बिचको सम्बन्ध सेतुले एक अर्काका परिपूरक,सहयोगी र राष्ट्यि नीति र लक्ष्य प्राप्तिमा सहकार्य गर्ने वातावरण तयार गरेको छ ।
• मूल कानुनको रूपमा संवैधानिक सर्वोच्चता ।
• सङ्घीय कानुन को मूल मर्म अनुरूप प्रादेशिक कानुन र सो अनुरूप स्थानीय कानुनको व्यवस्था ।
• तीन तहका सरकारको अन्तरसम्बन्ध सम्बन्धी कानुन ।
• वित्तीय तथा प्राकृतिक श्रोतको वांडफाड सम्बन्धी कानुन ।
• तिनै तहका सरकारका अङ्ग र निकायहरूको कार्य सञ्चालन परिपाटीमा सामन्जस्यता ।
• स्व शासन र साझा शासनको भावनाको सबै तहका सरकारबाट कदर ।
• हरेक तहका सरकारको कार्य शान्ति, समृद्धि, दिगो विकास र आर्थिक सामाजिक रूपान्तरणमा सहयोग पुग्ने हुनु पर्ने ।
समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना
वर्तमान संविधानले लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा निजी क्षेत्रको सहभागिता, प्रतिस्पर्धा जस्ता सामयिक अवधारणा को मूल संयन्त्र भित्र राज्य अझै पनि लोककल्याणकारी भूमिकामा रही सामाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा लाग्नु पर्ने व्यवस्था गरेको छ ।
• सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने
• आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने
• आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुने ।
• आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुने ।
• धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने
• सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुने ।
• सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने,
• अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्त्व दिँदै उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गरी आर्थिक समृद्धि हासिल गर्ने,
• सहकारी क्षेत्रलाई प्रवर्धन गर्दै राष्ट्रिय विकासमा अत्यधिक परिचालन गर्ने,
• आर्थिक क्षेत्रका सबै गतिविधिमा स्वच्छता, जवाफदेही र प्रतिस्पर्धा कायम गर्न नियमनको व्यवस्था गर्दै सर्वांगीण राष्ट्रिय विकासमा प्रोत्साहन र परिचालन गर्ने,
• उपलब्ध साधन, स्रोत तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने,
• राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने,
• राष्ट्रिय अर्थतन्त्रको विकासका लागि स्वदेशी लगानीलाई प्राथमिकता दिने,
• भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्ने,
• अनुपस्थित भू–स्वामित्वलाई निरुत्साहित गर्दै जग्गाको चक्लाबन्दी गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने,
• भूमिको व्यवस्थापन र कृषिको व्यवसायीकरण, औद्योगिकीकरण, विविधीकरण र आधुनिकीकरण गर्ने,
सरकारी वित्तहरूको हस्तान्तरण

संचित कोसहरू को व्यवस्था
संविधानले सङ्घीय, प्रदेश र स्थानीय संचितकोषको व्यवस्था गरेको छ । आ-आफ्नो संचित कोषको परिचालन गर्न दायित्व सङ्घ, प्रदेश र स्थानीय तह अधिकार सम्पन्न छन् ।
• प्रत्येक गाउँपालिका र नगरपालिकामा एक एक स्थानीय संचितकोष रहनेछ । त्यस्तो कोषमा गाउँपालिका वा नगरपालिका लाई प्राप्त हुने सबै प्रकारको राजश्व नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा गाउँपालिका वा नगरपालिकाले लिएको ऋण रकम र अन्य श्रोतबाट प्राप्त हुने रकम जम्मा हुनेछ । स्थानीय सञ्चितकोष वाट गर्र्ने सकिने सम्बन्धी व्यवस्था स्थानीय कानुन बमोजिम हुनेछ।
• त्यस्तै प्रदेश सरकारलाई प्राप्त हुने सबै प्रकारका राजश्व, राजश्वको धितोमा लिएका सबै कर्जा, प्रदेश ऐनको अधिकार अन्तरगत दिइएको जुनसुकै ऋण असुल द्वारा प्राप्त भएको सबै धन र नेपाल सरकार बाट प्राप्त हुने अनुदान एवं ऋण रकम प्रदेश ऐनद्वारा अर्को कुनै व्यवस्था नगरिएमा एक प्रदेश सरकारी कोषमा आम्दानी वाधिने ।
• नेपाल सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व, राजस्वको धितोमा लिइएका सबै कर्जा, ऐनको अधिकार अन्तर्गत दिइएको जुनसुकै ऋण असुल हुँदा प्राप्त भएको सबै धन र नेपाल सरकारलाई प्राप्त हुने अन्य जुनसुकै रकम सङ्घीय ऐनद्वारा अर्को कुनै व्यवस्था नगरिएमा सङ्घीय सञ्चित कोष नामक एक सरकारी कोषमा आम्दानी बाँधिने।
शासन प्रणाली प्रति जन अपनत्व जुटाउने संयन्त्र
सङ्घीयता राज्यसत्ता को अधिकारको प्रयोग राज्यका बहु सरकारहरूबिच विनियोजन गरी शासकिय क्रियाकलापमा बढी भन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रकिृया हो । यसैले पनि सङ्घीय शासन प्रणाली बढी प्रजातान्त्रिक र सहभागितामूलक हुन्छ । सङ्घीय शासन प्रणाली बहु सरकारहरूबिचको एउटा साझा प्रतिज्ञापत्र हो जसले राष्ट्रिय उद्देश्यको प्राप्ति, स्व शासन र साझा शासन को आदर्श परिकल्पना मार्फत जनताको निकटतम बिन्दुमा रहेर जनकल्याणको क्षेत्रमा दत्तचित्त रहने अभिलाषा राखेको हुन्छ । यसै पृष्ठभूमिमा सङ्घीयताले लोकतन्त्र र शासकीय अभ्यासमा सर्वसाधारण को सहभागिता र अवसरको सुनिश्चितता गर्ने संयन्त्र मात्र मात्र होइन समाजमा विद्यमान सामाजिक , आर्थिक, सांस्कृतिक विविधता लाई पनि सम्बोधन गरी शासन प्रणाली प्रति जन अपनत्व जुटाउने उद्देश्य राखेको हुन्छ ।
सानो आकारको अर्थतन्त्रलाई बढी संभावनायुक्त बनाउनु पर्ने दायित्वनेपालको विद्यमान सानो आकारको अर्थतन्त्रलाई बढी संभावनायुक्त बनाउनु पर्ने आवश्यकता सङ्घीयताको सन्दर्भमा सङ्घीय सरकारहरू सँग अवसर र चुनौती दुवै छन् । यसर्थ विद्यमान सानो आकारको अर्थतन्त्रलाई बढी संभावनायुक्त बनाउनु पर्ने दायित्व प्राथमिक आवश्यकता हो । सङ्घीय शासन प्रणाली तुलनात्मक रूपमा महँगो शासन प्रणाली हो । राम्रो र गुणस्तरयुक्त वस्तुको लागत मूल्य र संभार खर्च स्वाभाविकै रूपले बढी हुन्छ तर यस्ता वस्तु बढी टिकाउ पनि हुन्छ । सङ्घीयतामा खर्चको आयामलाई गुणात्मक उपलब्धिको सकारात्मक परिवेशमा हेरिनु पर्दछ । यसै कारणले पनि सङ्घीयतामा खर्चको यो आर्थिक मूल्यलाई जनताको निकटतम दुरीमा रहने शासकीय इकाइहरुको उपस्थितिले जन अपनत्व मार्फत सिर्जना हुनु पर्ने सामाजिक मूल्यले भरथेग गर्न सक्नै पर्दछ । शासकीय प्रणालीमा जन अपनत्व स्थापित गर्न सकिएमा राजनीतिक स्थिरता कायम भई विकास निर्माण र आर्थिक समृद्धिका प्रयासहरूले सहजीकरणको अनुभूतिगर्न सक्दछन् । यसका लागि जनअपनत्वयुक्त सामाजिक मूल्यको सवलीकरण गर्दै शासन प्रणालीलाई आर्थिकरुपले संभावनायुक्त बनाउनु पर्दछ । यसको अतिरिक्त बहु सरकारको अवधारणाले अर्थतन्त्रलाई थप चलायमान बनाउन सक्ने अवसर पनि रहेकै हुन्छन् ।यसका लागि क्षेत्र विशेषको तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमताको उपयोग र सहयोग आदान प्रदानमा सबै तहका सरकारहरूबिच उचित समन्वय आवश्यक पर्दछ । साथै उपलब्ध सीमित साधन श्रोतको विवेकपूर्ण प्रयोग, खर्चमा मितव्ययीता तथा उत्पादकत्व अभिवृध्दि गर्ने रणनीति, करको दायरामा विस्तार, राजस्व चुहावट नियन्त्रण आदि सबै तहका सरकारहरूको साझा एजेन्डा र आ आफ्नो तहमा प्राथमिकताको विषय बन्नु जरुरी छ ।
सुशासनका आयामहरू
• नीति निर्माणमा सहभागिता र पारदर्शिता
• संविधान, सङ्घीय कानुन, प्रादेशिक कानुन स्थानीय कानुन नीतिहरूमा सामन्जस्यता
• बस्तीरटोल स्तरबाट आयोजनारकार्यक्रम छनौटमा जोड दिने यसका लागि बालबालिका, महिला, आदिवासीरजनजाती, मधेसी, दलित, अपाङ्ग, सीमान्तकृत, पिछडावर्ग लगायत सबै समुदायको अर्थपूर्ण उपस्थिति हुने व्यवस्था मिलाउनु पर्ने । नागरिक समाजका संस्थाहरू, महिलारआमा समूहहरू, बालक्लवहरु, स्थानीय गैर सरकारी संस्थाहरू, सहकारी संस्थाहरू, निजी क्षेत्रका संस्थाहरू जस्ता स्थानीय सङ्घ संस्थाहरूको सक्रिय सहभागिता गराउनु पर्ने ।
• कानुनी शासनको पालनामा जोड
• राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनको लागि सबै तहबाट आधारशिला तयार गर्ने
• एकव्दार सेवा प्रवाह संयन्त्रको स्थापना
• गुनासो सुनुवाइ र समाधान संयन्त्रको स्थापना
• वित्तीय र प्रशासनिक अनुशासन
स्थानीय तहः सङ्घीय शासन प्रणालीको मूल आधार स्तम्भ
सरकारको सबै अंगहरुलाई जनताको नजिकमा उपस्थिति जनाइदिने सामर्थ्य सङ्घीय शासन प्रणालीमा रहेको हुन्छ । नेपालको सङ्घीय संरचनाले व्यवस्थापकीय, कार्यकारिणी र न्यायिक समितिको संरचना मार्फत सरकारको संरचनामा रहनु पर्ने सबै अंगहरुको व्यवस्था स्थानीय तहमा व्यवस्था गरिदिएको छ । सहकारिता, समन्वय र सह अस्तित्वको तीन प्रमुख सबल आधार स्तम्भ र सुशासन तथा स्वशासनको शासकीय मान्यताको अवलम्बनले स्थानीय शासन प्रणाली जनमुखी र परिणाममुखी बन्नमा सहयोग पुग्ने देखिन्छ । यसै पृष्ठभूमिमा स्थानीय तहबाट सुरु भएको स्थानीय सुशासनले स्थानीय आवश्यकता र जनजीविकाको सम्बोधन मात्र गर्दैन स्थानीय तहबाट भएका एकल प्रयासहरू लाई लोकतन्त्रको सुदृढीकरण, समग्र शासकीय प्रणाली प्रति जन अपनत्वको सिर्जना, राष्ट्यि लक्ष्यको पूर्तिको लागि साझा ऊर्जामा परिणत गर्नमा समेत योगदान दिन सक्दछ ।
सबल सार्वजनिक वित्त व्यवस्थापन र वित्तीय सुशासन
प्रभावकारी सार्वजनिक वित्त व्यवस्थापन अन्तर्राष्ट्रिय रूपमा सर्वाधिक चासो र सार्वजनिक सरोकार को विषय हो ।सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारिता अभिवृध्दिका लागि सुधार एउटा निरन्तर चलिरहने प्रक्रिया पनि हो । प्रभावकारी वित्त व्यवस्थापनले आम्दानीका स्रोतहरूको भरपूर उपयोग गर्ने, वितरणमा प्रभावकारिता ल्याउने र प्रभावकारी खर्च गर्न सक्ने क्षमतामा वृद्धि ल्याउनुको अतिरिक्त वित्तीय जोखिमहरूको पूर्वानुमान गरी जोखिमहरूबाट निम्तिन सक्ने नकारात्मक प्रभावहरूको न्यूनीकरण गर्नमा सहयोग पुर्याउदछ । सबल राजनैतिक इच्छाशक्ति र प्रतिबद्धता तथा प्रशासन संयन्त्रको सकारात्मक सक्रियता प्रभावकारी सार्वजनिक वित्तीय व्यवस्थापनका निम्न क्षेत्रहरुमाप्रभावकारिता आवश्यक देखिन्छ ।
• करारोपण तथा राजस्व व्यवस्थापन
• आम्दानीका अन्य स्रोतहरूको व्यवस्थापन
• प्रभावकारी न्यून वित्त परिचालन : सार्वजनिक ऋण व्यवस्थापन
• राजस्व, ऋण तथा वैदेशिक सहायता लगायतका स्रोतहरूको प्राप्ति र प्रयोगमा प्रभावकारिता वृद्धि ।
• प्राप्त श्रोतको मितव्ययी, दक्षतापूर्वक, प्रभावकारी एवम् पारदर्शी रूपमा खर्च गर्ने क्षमता।
• आन्तरिक र बाह्य निगरानीलाई सशक्त बनाउँदै पारदर्शिता र उत्तरदायित्वमा अभिवृध्दि गर्नु ।
सामर्थ्य वृध्दिः समस्या समाधानको उपाय
सङ्घीय संरचनाले तीन तहको सरकारको परिकल्पना गरेको र तीनै तहको सरकारका आआफ्ना अधिकार संविधानले सुनिश्चित गरिदिएको भए पनि अधिकारको प्रयोगमा प्रदेश र स्थानीय तहका कार्यालयको भौतिक पूर्वाधारको अभाव, जनशक्ति र दक्ष जनशक्ति दुवैको अभाव,प्रक्रिया र परिपाटी व्यवस्थित भइनसकेको, आयोगका पदाधिकारीहरूको पूर्ति भइनसकेको जस्ता समस्याहरू रहेका छन् । यसर्थ प्रदेश र स्थानीय तह अधिकारको विनियोजनले जति सुसज्जित छन् त्यति नै मात्रामा अधिकार प्रयोग गर्ने क्षमताका दृष्टिले सबल भैसकेका छैनन् किनकि शिशु अवस्थाका नयाँ संरचनाले केही उसको अधिकारको संरक्षण हुने गरी थप पालन पोषण , स्याहार सुसार र अभिभावकीय ममत्वको अपेक्षा गरेको छ । वैधानिक अधिकारले सुसज्जित प्रदेश र स्थानीय तहको कार्यान्वयन क्षमतालाई सबल बनाउनु प्राथमिक आवश्यकता हो । यसर्थ अहिलेको दायित्व भनेको प्रदेश र स्थानीय तहको सामथ्र्यता बढाउन सङ्घीय सरकारको भूमिका प्रभावकारी रहनु आवश्यक छ ।

COMMENTS

BLOGGER
contact for perofessional web development
Name

Administration,4,CSIT,2,Culture,3,Current Affair,20,Fiction,3,Formula,3,Freelance,10,Gorkhaptra,2,IQ,1,Local Level,19,Loksewa,10,Memory,2,More,2,Motivation,13,Newspaper Cuttings,3,Objective,71,Officer,1,Policy,5,Science,4,Social,3,Subjective,79,Tips,19,Travel,3,Video Class,9,
ltr
item
Chakra's Blog: नेपालमा सङ्घीयताका १४ ‘स’
नेपालमा सङ्घीयताका १४ ‘स’
https://3.bp.blogspot.com/-7TNlfgV5mDs/WwTLwk04kyI/AAAAAAAAG6g/FtTwmI_e2WM6GkPLEnnrGl8wKMaZW0uBwCLcBGAs/s640/prasashan.jpg
https://3.bp.blogspot.com/-7TNlfgV5mDs/WwTLwk04kyI/AAAAAAAAG6g/FtTwmI_e2WM6GkPLEnnrGl8wKMaZW0uBwCLcBGAs/s72-c/prasashan.jpg
Chakra's Blog
https://www.chakrapanibhandari.com.np/2018/05/blog-post_3.html
https://www.chakrapanibhandari.com.np/
https://www.chakrapanibhandari.com.np/
https://www.chakrapanibhandari.com.np/2018/05/blog-post_3.html
true
7911877034631758713
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy