Advertisement

सुशासनका विभिन्न पक्षहरु उल्लेख गर्दै नेपालको शासन ब्यवस्थालाई ती पक्षहरुको आधारमा विश्लेषण गर्नुहोस्

सुशासन 
सुशासनका पक्षहरु
सुशासन शासन प्रणालीसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले यसले वहुआयमिकता र बहुपक्षीयता अंगालेको हुन्छ । यसका प्रमुख पक्षहरु निम्न छन् :
–    राजनैतिक पक्ष : 
राजनैतिक रुपमा बैधानिक शासनप्रजातान्त्रिक मूल्य,मान्यताबहुलवादजनसहभागीता जस्ता पक्षहरु सुशासनका राजनैतिक पक्ष हुन् ।
–    सामाजिक पक्ष :
सामाजिक न्याय र समानतासमावेशीकरण सशक्तिकरणनागरिक अधिकार र मानव विकास जस्ता पक्षहरु सुशासनका सामाजिक पक्ष अन्र्तगत पर्दछन् ।    
–    कानूनी पक्ष :
कानुनको शासनन्यायिक सर्वोच्चतासरल र सक्षम न्यायप्रणालीजनमुखी कानूनी ब्यवस्था आदि सुशासनका कानूनी पक्ष हुन् ।  
–    आर्थिक पक्ष :– 
आर्थिक विकासस्रोतसाधनको वितरणात्मक न्यायवित्तीय अनुशासनसदाचारपारदर्शीता र जवाफदेहिता जस्ता विषयहरु सुशासनका आर्थिक पक्ष हुन् ।
–    ब्यवस्थापकीय पक्ष :– 
जनउत्तरदायी प्रशासनप्रभावकारी सार्वजनिक सेवा प्रवाहनिर्णय प्रक्रियामा सरोकारवालाहरुको सहभागीताप्रतिस्पर्धात्मक क्षमता आदि सुशासनका ब्यवस्थापकीय पक्ष अन्र्तगत पर्दछन् । सुशासनका पक्षहरु र नेपालको शासन ब्यवस्था
नेपालको शासन ब्यवस्था मूलतः लोकतान्त्रिकगणतन्त्रात्मकसंसदीय शासन प्रणाली हो । संबैधानिक रुपमा संघीय गणतन्त्रको रुपमा स्थापित हुनखोजेको र यसले मूर्तता पाइनसकेको संक्रमणकालिन स्थितिमा वर्तमान शासन प्रणाली संचालित छ । प्रस्तुत पृष्ठभूमीमा सुशासनका पक्षहरुका आधारमा नेपालको शासन ब्यवस्थालाई निम्नानुसार बँुदागत रुपमा विश्लेषण गर्न सकिन्छ :– 

क) राजनैतिक पक्ष :– 
नेपालको शासन ब्यवस्था राजनैतिक रुपमा बैधानिक शासनयुक्तलोकतान्त्रिक चरित्र बोकेको शासन ब्यवस्था हो । यद्यपी शासकीय प्रकृयामा जनसहभागीताबहुलवाद जस्ता मान्यताहरुलाई पूर्णतः आत्मसात गर्न र राजनैतिक स्थिरता प्राप्त गर्नसकेको छैन ।
ख) सामाजिक पक्ष : 
शासन ब्यवस्थाले सामाजिक रुपान्तरणका लागि सामाजिक न्यायसमावेशीतानागरिक हक अधिकारको प्रत्याभूतिसमन्याय जस्ता पक्षहरुलाई विभिन्न माध्ययमहरुद्वारा अख्तियार गरेको छ । तथापी नेपालको सामाजिक क्षेत्र अझसम्म रुपान्तरण कै पर्खाइमा रहेकोले सुशासनको सामाजिक पक्ष दह्रो बन्न सकेको छैन । ग) कानूनी पक्ष :– 
कानूनी शासन र स्वतन्त्र न्यायपालिका संवैधानिक एवं कानूनी प्रत्याभूति गरिएको छ  नेपालको शासन ब्यवस्था कानुनको परिपालना र सही कार्यान्वयनमा पूर्णतया सफल बन्नसकेको भने छैन ।
घ) आर्थिक पक्ष :– 
वित्तीय अनुशासनपारदर्शीता र जवाफदेहिताको सुनिश्चित्ताका लागि नेपालमा पर्याप्त नीतिगत,संस्थागत र कार्यगत ब्यवस्थाहरु गरिएको छ । यसमा केही सुधारहरु देखिएका पनि छन् । यद्यपी नेपालको आर्थिक शासन सुशासनयुक्त बन्नसकेको स्थिति भने छैन । 

ङ) व्यवस्थापकीय पक्ष: 
सार्वजनिक सेवा प्रवाहको स्थिति र सार्वजनिक सेवाप्रदायक सरकारी अंगको स्थिति सुशासनको कसीमा खरो उत्रिन सकेको छैन । ब्यवस्थापकिय पक्षमा नेपालको शासन ब्यवस्थाको सुधारका लागि विगत देखि नै विभिन्न प्रयासहरु हुँदै आएका छन् ।
यसप्रकार नेपालको शासन ब्यवस्थालाई सुशासनका विविध पक्षहरुको कसीमा राखेर विश्लेषण गर्दा यसको मिश्रित अवस्था पाउन सकिन्छ । सुशासन देशले अबलम्बन गरको शासन ब्यवस्थाको गन्तब्य समेत भएकोले यस दिशामा देशको पर्याप्त ध्यान जान जरुरी देखिन्छ ।
सरकारद्वारा राज्यको संचालन एवं ब्यवस्थापनका लागि गर्ने कार्य तथा अपनाउने कार्यशैली शासन हो । शासन संचालनको प्रकृयामा संलग्न शासकीय पात्रहरुमा निहित शक्तिअधिकार र दायित्वको प्रयोग नागरिक सन्तुष्टी सापेक्ष गर्ने शासन प्रणाली नै सुशासन हो । 

Post a Comment

0 Comments