Advertisement

एकीकृत डाटा व्यवस्थापन केन्द्र (IDMC)को फिल्ड भिजिट

एकीकृत डाटा व्यवस्थापन केन्द्र (IDMC)को फिल्ड भिजिट गरियो।

सरकारी विद्युतीय तथ्यांकको भण्डारका रूपमा रहेको यो केन्द्र नेपालका सम्पूर्ण सरकारी निकायहरूको ‘डिजिटल मस्तिष्क’ हो।

यहाँ सरकारी डाटाको सुरक्षा र निरन्तरताका लागि

❖ अत्याधुनिक सर्भर पूर्वाधार

❖ कुलिङ सिस्टम

❖ १ सेकेन्ड पनि विद्युत नकटिने डेडिकेटेड पावर सिस्टम

❖ २४/७ सिफ्टमा कार्यरत जनशक्ति

को प्रभावकारी व्यवस्था गरिएको छ।

नेपाल सरकारका अधिकांश वेबसाइट तथा वेब–आधारित सफ्टवेयरहरू यही केन्द्रबाट सञ्चालन हुने सर्भर पूर्वाधारमा आधारित छन्।

यस केन्द्रको Disaster Recovery Centre (DRC) हेटौडामा रहेको छ, जसले आकस्मिक अवस्थामा डाटा सुरक्षित राख्ने सुनिश्चितता गर्दछ।

यी दुई डाटा सेन्टरहरू कोरियाली सहयोग नियोग (KOICA) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएका हुन्।

यसका साथै कोहलपुरमा नेपाल सरकारको आफ्नै स्रोतबाट नयाँ डाटा सेन्टर निर्माण प्रक्रिया अगाडि बढ्दै रहेको जानकारी पनि प्राप्त भयो।

डिजिटल सुशासन र सुरक्षित ई–गभर्नेन्सतर्फ नेपालको महत्वपूर्ण आधारस्तम्भका रूपमा IDMC को भूमिका अत्यन्तै सराहनीय छ।

बन्दैछ नेपाल....






#IDMC #NITC #DigitalNepal #Egovernance #BAT40 #GIDC #NASC

Post a Comment

0 Comments