Advertisement

भूमि प्रशासन सम्बन्धी व्यवस्थाहरु

भूमि प्रशासन सम्बन्धी केहि शब्दावलीहरुः
  • दरपीठ: कानूनबमोजिम दर्ता गर्न नसकिने लिखत वा निवेदनमा सम्बन्धित अधिकृतले दर्ता गर्न नसक्नुको आधार र कारण खुलाई आफ्नो हस्ताक्षर गरी सोही लिखत वा निवेदनको पीठ, अन्य कुनै भाग वा छुट्टै कागजमा गरेको आदेश।
  • डाटा: मोठ, स्रेस्ता, लिखत, रोक्का-फुकुवा, फाँटवारी, अनुसूची फाराम, मिसिल आदिमा उल्लेख भएका विवरण।
  • दाखिल खारेज: कार्यालयबाट पारित लिखत तथा निर्णयबमोजिम साविक स्रेस्ता खारेज गरी नयाँ स्रेस्ता बनाउने कार्य।
  • नापी क्षेत्रीय किताब: नाप जाँच वा पुनः नाप जाँचको क्रममा नाप नक्सा गरी नक्सामा कायम भएको कित्ताको आधारमा जग्गावाला, मोही, क्षेत्रफल, किसिम, चौहद्दीसमेतको महल भएको जग्गा (नाप जाँच) नियमावली, २०५८ को अनुसूची -३ बमोजिमको फाराम।
  • भू-सेवा केन्द्र: मालपोत नियमवाली, २०३६ को नियम २३क. बमोजिम अनुमति प्राप्त सेवा केन्द्र।
  • मोठ: कार्यालयमा स्थानीय तह वा वडाका आधारमा वर्णानुक्रम अनुसार राखिएको जग्गाधनी दर्ता स्रेस्ताहरूको संगालोको मोठबन्दी (ठेली) सम्झनु पर्छ र सो शब्दले भू-सूचना प्रणाली (अनलाइन सेवा) लागू भएको कार्यालयमा भू-सूचना प्रणालीमा प्रविष्ट भएका वा अपलोड गरिएका विद्युतीय सामाग्रीको समूह।
  • हालसाविक: जग्गा (नाप जाँच) ऐन, २०१९ बमोजिम नापनक्सा भएको जग्गामा सोही ऐन बमोजिम पुनः नापजाँच भई साविक र हालको नापी नक्सा तथा हालको हक, भोग र स्वामित्वका आधारमा नयाँ दर्ता स्रेष्ता तयार गरी लागू गर्ने कार्य।
प्रमाणित पुर्जाको स्रेस्ता फेला नपरेमाः (दफा ९)
कुनै जग्गाधनीले पेश गरेको प्रमाणित पुर्जाको स्रेस्ता फेला नपरेमा देहाय बमोजिम गरी पेश भएको पुर्जालाई स्रेस्ता कायम गरी ब्यहोरा जनाई सम्बन्धित जग्गावालालाई त्यसको प्रमाणित प्रतिलिपि दिनुपर्नेछः-
(क) अन्य स्थानीय तहको ठेलीमा स्रेस्ता परे नपरेको हेर्ने,
(ख) नापी क्षेत्रीय किताबमा सो जग्गा दर्ता प्रमाणित छ वा छैन हेर्ने,
(ग) मालपोत रसीद, कार्यालयमा रहेको अभिलेखबाट जग्गा हस्तान्तरण भए नभएको हेर्ने र सो सम्बन्धी ब्यहोरा सम्बन्धित जग्गाधनीबाट खुलाउन लगाउने,
(घ) कित्ताकाट भए नभएको सम्बन्धमा सम्बन्धित नापी कार्यालय बुझ्ने,
प्रमाणित पुर्जाको स्रेस्ता फेला नपरेमाः कुनै जग्गाधनीले पेश गरेको प्रमाणित पुर्जाको स्रेस्ता फेला नपरेमा
(ङ) हकभोग सम्बन्धमा जग्गाधनीको स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिस पेश गर्न लगाउने,
(च) हकभोग सम्बन्धी स्थलगत सरजमिन गर्ने,
(छ) भू-सूचना प्रणालीको स्टोरेजमा रहेको अभिलेख भिडाइ यकीन गर्ने,
(ज) आवश्यकता अनुसार पैंतीस दिने सार्वजनिक सूचना प्रकाशित गर्ने,
(झ) कार्यालयले आवश्यक देखेका अन्य प्रमाण बुझ्ने।

 एउटै स्रेस्तामा एकै नाम भएका एकभन्दा बढी व्यक्तिको जग्गा समावेश भएकोमाः (दफा १०)
(१) साविक नापी गोश्वाराले स्रेस्ता तयार गर्दा नाम मिलेका एकभन्दा बढी व्यक्तिको एउटै स्रेस्ता बनेको पाइएमा देहायबमोजिम गरी स्रेस्ता अलग गरिदिनु पर्नेछः-
(क) नापी क्षेत्रीय किताबमा जग्गावालाको बाबु, बाजेको नाम, थर र ठेगाना हेर्ने,
(ख) नापी क्षेत्रीय किताबमा ल्याप्चे सहीछाप वा दस्तखत तथा सनाखत गरेको देखिएमा उक्त ल्याप्चे सहीछाप, दस्तखत तथा सनाखत एकै व्यक्तिको हो वा अलग अलग व्यक्तिको हो पहिचान गर्नेल सरकार
(ग) साविक लगत, तिरो रसिद र र प्रमाण सङ्केत
(घ) पुर्जा प्राप्त गर्ने व्यक्ति बुझ्ने,
(ङ) रोक्का भिडाउने,
(च) जग्गा रहेको स्थानीय तहबाट भोग सम्बन्धी सिफारिस पेश गर्न लगाउने,
(छ) स्थलगत सर्जमिन गर्ने,
(ज) कार्यालयले आवश्यक देखेको अन्य प्रमाण बुझ्ने।
(२) उपदफा (१) बमोजिमका प्रमाण बुझ्दा अलग अलग व्यक्तिको देखिएको जग्गा रोक्का नभएमा अलग गर्नुपर्ने कित्ताको स्रेस्ता पुर्जा छुट्टै तयार गर्नुपर्नेछ ।
(३) उपदफा (१) बमोजिमका प्रमाणबाट जग्गाधनी यकीन गर्न नसकिएमा वा सम्बन्धित पक्षहरू बीच मञ्जुरी नभएमा अदालतबाट हैक कायम गराई ल्याउन सुनाई दिनुपर्नेछ ।

जग्गाधनी दर्ता स्रेस्ता पुर्जामा प्रमाणित गर्न छुट भएकोमा (दफा ११)
साविक नापी गोश्वाराबाट स्रेस्तामा दर्ता बाँकी वा दाखिल खारेज बाँकी वा नामसारी बाँकी भनी उल्लेख भई छुट जग्गा दर्ता र रैकर परिणतको कारवाही गर्नुपर्ने अवस्थाको बाहेक निर्णय वा भारित लिखतको आधारमा स्रेस्ता पुर्जा तयार गर्दा प्रमाणित गर्नसम्म छुट भएको रहेछ भने मोठको कैफियत ब्यहोरा, निर्णय मिसिल, पारित लिखत, दाखिल खारेज टिपोट, भू-सूचना प्रणालीमा रहेको अभिलेखसमेतको आधारमा प्रमाणित गरी दिनुपर्नेछ ।

जग्गाधनी दर्ता स्रेस्तामा जग्गाधनीको नाम, थर वा कुनै ब्यहोरा स्पष्ट नभएमा (दफा १२)
 (१) जग्गाधनी दर्ता स्रेस्तामा जग्गाधनीको नाम वा कुनै ब्यहोरा स्पष्ट नभएमा साविक नापी गोश्वाराबाट तयार भएको स्रेस्ता भए नापी क्षेत्रीय किताबबाट स्पष्ट गर्ने र दर्ता, नामसारी, पारित लिखत, फैसला र मिलापत्रबाट दाखिल खारेज भएकोमा सम्बन्धित निर्णय मिसिल वा लिखत, प्लट रजिष्टर, भू-सूचना प्रणालीमा रहेको अभिलेखसमेतको आधारमा स्पष्ट गर्नुपर्नेछ।

(२) नापी गोश्वारा वा नापी कार्यालयबाट तयार भएको स्रेस्तामा नापी क्षेत्रीय किताबबाट मोहीको नाम स्पष्ट नभएमा भूमिसुधार कार्यालयबाट विवरण लिई सोही अनुसार गर्नुपर्नेछ।
१३. एउटै जग्गाको दोहोरो स्रेस्ता देखिएमाः (१) एउटा स्रेस्तामा दर्ता प्रमाणित र अर्को स्रेस्तामा दर्ता बाँकी देखिएमा आवश्यक प्रमाण बुझी दुवैमा ब्यहोरा जनाई एउटा स्रेस्ता कायम गरी अर्को स्रेस्ता खारेज गर्नुपर्नेछ।


१३. एउटै जग्गाको दोहोरो स्रेस्ता देखिएमाः 
(१) एउटा स्रेस्तामा दर्ता प्रमाणित र अर्को स्रेस्तामा दर्ता बाँकी देखिएमा आवश्यक प्रमाण बुझी दुवैमा ब्यहोरा जनाई एउटा स्रेस्ता कायम गरी अर्को स्रेस्ता खारेज गर्नुपर्नेछ ।

(२) एउटै जग्गाको एउटै व्यक्तिको नाममा दोहोरो स्रेस्ता कायम भएकोमा एउटा स्रेस्ता खारेज गरी खारेज भएको व्यहोरा स्रेस्तामा जनाउनु पर्नेछ ।

१४. साविकवालाको स्रेस्ता खारेज गर्नेः 
हक हस्तान्तरण भई सकेको जग्गाको स्रेस्ता खारेज नभई बाँकी रहेकोमा साविकवालाको नामको स्रेस्ता प्रमाणका आधारमा खारेज गर्नुपर्नेछ ।

१५. ऋणीको स्रेस्तामा धनीको नाम उल्लेख भएकोमाः 
सबै जग्गा हक हस्तान्तरण हुँदा ऋणीकै स्रेस्तामा ऋणीको नाम कट्टा गरी धनीको नाम लेखी दिएको तर तीनपुस्ते विवरण र ठेगाना ऋणीकै कायम रहेकोमा लिखत प्रमाणको आधारमा साविक स्रेस्ता खारेज गरी नयाँ कायम गरी दिनुपर्नेछ ।

१६. कित्ता घेरिएको वा केरिएकोमा सच्याउनेः 
स्रेस्तामा घेरिएको वा केरिएको कित्ता हस्तान्तरण भई सकेको छ वा छैन आवश्यकतानुसार देहायबमोजिमका प्रमाण बुझी खारेज वा कायम गरिदिनु पर्नेछः-
(क) स्रेस्तामा रहेको प्रमाणित कैफियत ब्यहोरा,
(ख) दाखिल खारेज टिपोट,
(ग) लिखत वा निर्णय मिसिल,
(घ) मालपोत रसिद,
(ङ) कित्ताकाट भएको हकमा प्लट रजिष्टर,
(च) रोक्का रहेको भए सोको विवरण,
(छ) भू-सूचना प्रणालीमा भएका अभिलेख र अन्य आवश्यक प्रमाण।

२१. नष्ट भएका जग्गाधनी दर्ता स्रेस्ता तयार गर्ने सम्बन्धमाः 
कुनै व्यहोराले नष्ट भएका स्रेस्ताहरूको स्रेस्ता कायम गर्दा आवश्यकतानुसार देहाय वमोजिमको प्रमाण बुझी जग्गाधनी दर्ता स्रेस्ता कायम गर्नुपर्नेछः
(क) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) जग्गा रहेको स्थानीय तहबाट भएको भोग सम्बन्धी र सम्बन्धित जग्गाधनी यकीन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको सिफारिस, I
(ग) जग्गाधनीसँग भएको सक्कल पुर्जा,
(घ) सम्भव भएसम्म कार्यालयमा रहेको लिखत, निर्णय मिसिल र राय किताब,
(ङ) सम्भव भएसम्म लिखत रजिष्ट्रेशन दर्ता किताव,
(च) सम्भव भएसम्म नापी कार्यालयमा रहेको नापी क्षेत्रीय किताब र प्लट रजिष्टर,
(ज) कार्यालयमा रहेको भू-सूचना प्रणालीमा रहेको अभिलेख र दाखिल खारेज टिपोट,
(झ) स्थलगत सरजमिन,
(ञ) जग्गा रोक्का देखिएमा रोक्का राख्ने निकाय,
(ट) आवश्यकता अनुसार पैंतीस दिने सार्वजनिक सूचना,
(ठ) कार्यालयले आवश्यक देखेका अन्य प्रमाणहरू।


Post a Comment

0 Comments