विद्रोह गरौं !!!

बाबुराम भट्टराईले उठाएको अर्बौं कमिसनका विषय मात्र होइन, अख्तियारले अब खेल्नुपर्ने भुमिकाको विषय, तिन वटै संघीय इकाईमा मौलाएको नीतिगत भ्रष्टाचार जस्ता विषयमा समेत गम्भीर वहसको खाँचो छ । 
लोकतान्त्रिक प्रणाली भन्दा आजको सन्दर्भमा उन्नत व्यवस्था अर्को के छ? 
राजनीतिक परिवर्तनको हामी चरम विन्दुमा छौं । यसलाई पनि असफल पारियो भने, अब हामीसँग एक मात्र विकल्प बाँकी रहन्छ, त्यो हो reverse gear मा‌ फर्किने । जुन प्रत्युत्पादक छ । 
"I hate dirty politics" भन्दै सफा गर्ने सोच सहित राजनीतिमा छिरेका युवा नेता होउन् वा परिवर्तनको सोच सहित कर्मचारीतन्त्रमा छिरेका युवा कर्मचारी साथीहरु; त्यहिँ धुमिल पानीमा पौडिदै आफ्नो आदर्शलाई बली दिने कि, पुरानो सोच र शैली विरुद्ध बिद्रोह गर्ने?? 
आफु मात्र बन्ने कि, समाज र देशप्रतिको जिम्मेदारी पनि वोध गर्ने??? होइन भने आउने पुस्ताले हामी प्रति पनि धारेहात लगाउने निश्चित छ । 
गम्भीर बनौं।
Anti-corruption


Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am a Section Officer at Nepal Govt. and a student of Microbiology, Social Science and Law. If you have any queries relevant to the topic, drop a comment below. facebook twitter instagram youtube external-link

Post a Comment

Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.

Previous Post Next Post