Advertisement

आभार र कृतज्ञता

शाखा अधिकृतको रुपमा नेपाल सरकारका श्रीमान् सचिव चन्द्रकला पौडेलको हातबाट नियुक्तिपत्र ग्रहण गरेसँगै पुन: संघीय कर्मचारी बनेको छु। 

यस अवस्थामा आउन मलाई सधै पछाडीबाट धकेलिरहने सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु। यो सफलता तपाईहरु कै देन हो।

म सर्वप्रथम मेरो सम्पूर्ण परिवार, ससुराली परिवार प्रति धन्यवाद दिन चाहन्छु। मेरो जीवनसाथी, सहकर्मी र सहपाठी सुस्मिता पौडेल प्रति विशेष धन्यवाद छ। मलाई सधै उत्प्रेरणा दिनुहुने उपसचिव विष्णु प्रसाद पनेरु मामा, शाखा अधिकृत गोमा पौडेल माइजु प्रति नतमस्तक छु। मलाई निजामती सेवामा प्रवेश गराउन शुरु देखि नै हौसला दिएर अघि बढाउने मेरो आदरणीय सर उपसचिव रुक्मांगत अर्यालज्यूलाई आभार व्यक्त गर्न शब्दकोष नै अपूरो छ।

मेरो कार्यालयमा मलाई सधै साथ र सहयोग गर्ने आदरणीय प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलज्यू प्रति सधै ऋणी छु। मलाई सधै अघि बढ्न हौसला दिने र सहयोग गर्ने सहकर्मी मित्र खेमराज ढकालप्रति विशेष आभारी छु। रमा न्यौपाने म्याडम र सन्तोष यादव सरको सहयोग बिर्सिने छैन। यस सफलतामा आफ्नै सफलता जत्तिकै उत्साहित विमल पाण्डे सर र समिर हजाम सर प्रति म नतमस्तक छु। मलाई पढाईमा सधै हौसला दिनुहुने आर्थिक प्रशासन प्रमुख वृहस्पति घिमिरे दाइ, गणेश न्यौपाने दाइ, सहायक लेखा अधिकृत मेरो सहपाठी शन्तोष पन्थी सर, प्रशासन शाखा प्रमुख राधा गौतम दिदी, स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपाने सर, रेशम प्रसाद शर्माज्यू, पुरुषोत्तम ढकाल सर, लेखनाथ गौतम सर, केशरी गैरे म्याडम, सरिता शर्मा दिदी, कृषि अधिकृत पुष्प अर्याल सर, टंक कुवर सर, सर्वेक्षक दल बहादुर ओली सर, अनुप घिमिरे सर, वन प्राविधिक अनुस्का सुवेदी मिस, जमुना अधिकारी म्याडम, गंगा पाण्डे म्याडम, मेरा पूराना मित्र सागर अर्याल सर, विष्णु गोतामे सर, पशुपति भट्टराई सर, मोहनराज ज्ञवाली सर, राजेन्द्र सापकोटा सर, उदयराज पाठक सर, बिभोर सिंह सर, मिश्री खड्का सर लगायत नगरपालिका र वडा कार्यालयमा कार्यरत सबै तह र तप्काका सहकर्मी साथीहरुमा सँगै काम गर्ने अवसर पाएकोमा अत्यन्तै खुसी छु। 

नगर प्रमुख बिमला अर्यालज्यू, उपप्रमुख सूर्य प्रसाद दुबेज्यू, वन वातावरण समिति संयोजक जुठीमाया पुनज्यू लगायत सम्पूर्ण वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरुलाई मलाई सधै सहज वातावरण बनाइदिनुभएकोमा हार्दिक धन्यवाद छ।

कामको शिलशिलामा म प्राविधिक शाखासँग नजिक रहें। मलाई सधै सहयोग गर्नुहुने शाखा प्रमुख सन्तोष गैरे सर, तोमनाथ ढकाल सर, बुद्ध अर्याल सर, सन्दिप खनाल सर, सागर राना सर लगायत सबैप्रति धन्यवाद भन्न चाहन्छु। उहाँहरुको सहयोग र सहकार्यले कार्य वातावरणलाई सहज र संस्थागत बनायो। भक्तपुर जिल्ला अदालत र प्रतापपुर गाउँपालिकाका पूर्व सहकर्मी साथीहरुको हौसला प्रति म कृतज्ञ छु। मेरो पूर्व हाकिमसाप भेषराज खनालज्यू प्रति म सधै आभारी छु। 

म सुनवल नगरपालिकामा २०७८ पुष २ गते हाजिर भएँ। २०७८ फागुन ११ गते मैले राजस्व शाखाको जिम्मेवारी पाएसँगै हामीले रोकिएका आय ठेक्काहरुलाई बाँकी अवधिका लागि तत्काल सञ्चालनमा ल्यायौं। आर्थिक विकास शाखा, आर्थिक प्रशासन शाखा र पूर्वाधार विकास शाखाको निरन्तर सहकार्यमा हामी सुनवल नगरपालिकाको राजस्वलाई निरन्तर वृद्धि गर्दै जिल्ला मै उत्कृष्ट बनायौं। आय ठेक्कामा हामीले स्थानीय तहको अधिकार क्षेत्रका सबै दायरालाई समेट्ने सफल भयौं। विज्ञापन कर देखि कवाडीकरसम्म हामीले व्यवस्थित गर्‍यौं। व्यवसाय करलाई धेरै हदसम्म व्यवस्थित गर्‍यौं। उद्योग/वाणिज्यलाई व्यवस्थित गर्न खेमराज ढकाल सरको पहलकदमीलाई सन्तोष यादव सरले निरन्तरता दिनुभएको छ। यस कार्यमा शाखाका विमल पाण्डे सर र रमा न्यौपाने म्याडमको लगाव सम्मानयोग्य छ। कामको शिलशिलामा नगरपालिकामा सहकार्यको वातावरण बनाउन हामीलाई सहयोग गर्नुहुने सबै प्रति म मेरो व्यक्तिगत तर्फबाट आभार व्यक्त गर्दछु।

संस्थागत कामको शिलशिलामा ज्ञानअज्ञानले कसैप्रति तितो पिरो भएको भएमा म हृदयदेखि नै माफी चाहन्छु। नेपाल सानो छ, फेरी पनि हाम्रो भेट हुने नै छ। आत्मियताका लागि सबैप्रति आभारी छु।

नियुक्तिपत्र बुझेपछि मैले लेखेको फेसबुक स्टाटस

धन्यवाद 24NewsFire

धन्यवाद सुनवल नगरपालिका परिवार

धन्यवाद सहकर्मी साथीहरूः

Post a Comment

0 Comments